एस एस वीले तुईन फुकाल्दा जयधामी वेपत्ता प्रकरणः छानबिन प्रतिबेदन ल्याउन ढिलाई गर्दा पिडित आफन्त आशंकित
१५ भदौ २०७८
•
६ मिनेट पाठ
एस एस वीले तुईन फुकाल्दा जयधामी वेपत्ता प्रकरणः
छानबिन प्रतिबेदन ल्याउन ढिलाई गर्दा पिडित आफन्त आशंकित
दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ बर्षिय जय सिंह धामी तुईन तरेर नदी पार गर्ने क्रममा एस एस वीले रुखमा वाँधेको तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएको एक महिना पुगेको छ । एस एस वी ले तुईन फुकालेर नदीमा युवक वेपत्ता भएको घटनाको बारेमा एक महिना सम्म सरकारले औपचारिक रुपमा कुनै अभिव्यक्ती समेत दिएको छैन । न त दोषीलाई कारवाही गर्न र पिडितलाई न्याय दिलाउन भारत सरकार सँग यस बारेमा कुनै सम्वाद र पहल गरेको छ । गृह मन्त्रालय द्वारा गठित उच्च स्तरिय छानबिन समितीले समेत घटनाको प्रतिबेदन बुझाउन एक महिना ढिलाई गरेको छ । एस एस वीले तुईन फुकालेर जय सिंह नदीमा बगेको छताछुल्ल भैसकेको घटनाको छानबिन गर्न केहि दिनमै सकिने भएपनि एक महिना सम्म ढिलाई गरिनुमा पिडित परिवार र स्थानियले शंका व्यक्त गरेका छन । ‘एक महिना सम्म पनि छानबिन समितीले प्रतिबेदन नबुझाउनुमा हामी सवैलाई शंका उत्पन्न भएको छ’जयसिंहका भाई नरेन्द्र सिंह धामीले भने,‘भारतको दवावमा सरकारले सत्यतथ्य कुरा बाहिर ल्याउन नसकेको जस्तो लागेको छ ।’छानबिन समिती समक्ष आफूले एस एस वी ले तुईन फुकालेर दाजु जय सिहलाई नदीमा बगाएर बेपत्ता पारेको घटनाको सत्यतथ्य कुरा बाहिर ल्याईदिन र सरकार सम्म पुगाईदिन अनुरोध गरेको उनले बताए ।‘सत्य तथ्य कुरा बाहिर ल्याएर दोषीलाई कारवाही गनुपर्ने माग छानबिन समिती समक्ष राखेका थियौं’उनले भने,‘सवै कुरा त हाम्रो हातमा छैन, हामीले सकेसम्म गर्छु भनेर त्यतीवेला छानबिन समितीका संयोजकले आश्वासन दिएपनि प्रतिबेदन ढिलाई गरिदाँ न्याय पाईदैन कि भनेर शंका उत्पन्न भएको छ ।’ दोषीलाई बचाउन सरकारले यो घटनाको सत्यतथ्य बाहिर ल्याउन नचाहेको उनको भनाई छ ।‘एक महिना भैसक्यो, सरकार यस्तो किन गरिरहेको छ ? सरकारले अहिले सम्म एक्सन लिनु पर्ने होईन र ? सरकारले नै नवोलेमा हामी सिमाका नागरिक कसरी सुरक्षित महसुस गर्ने ?नरेन्द्रले भने ।




सिमाका वासिन्दाका मार्का र समस्यामा कुनै सरकारले कहिले ध्यान नदिएको उल्लेख गर्दै आफ्नो दाजु नदीमा बगाइएको घटनाको पिडामा पनि सरकारले मलम लगाउन कन्जुस्याई गरेको उनी बताउछन । ‘भारतको दवावमा दोषीलाई बचाउन खोजिरहेको हामीलाई भान भएको छ’उनले भने,‘ सत्य तथ्य कुरा बाहिर ल्याएर दोषीलाई कारवाही गरिनुपर्छ ।’

सरकारले घटनाको बारेमा भारत सरकारलाई कुटनितिक नोट लेखेर पठाउनुको सट्टा एक महिना सम्म चुप लागेर वसेको भन्दै स्थानियले गुनासो गरेका छन ।

दोषीलाई कारवाही नहुन्जेल न्याय मिल्दैन–पिडित पत्नी

आफ्नो परिवारको शुखद भविश्यको सपना वोकेर बैदेशिक रोजगारीको खोजीमा काठमाण्डौ जान घरवाट हिडेका श्रीमान एस एस वी ले तुईन फुकालेर नदीमा बगेको सुनेपछि २४ बर्षिय पत्नी  राजन्ती धामी अर्ध बेहोश र बिक्षिप्त बनिन् । कयौ दिन सम्म होश बेहोश भएर वोल्न नै नसक्ने अवस्थामा पुगेकी उनको आशु अझै ओभाएको छैन । श्रीमानको बियोगको पिडा सँगै आफ्ना श्रीमानलाई बगाउने दोषीले उन्मुक्ती पाउन्छ कि भन्ने कुराले पनि उनलाई पिरोलेको छ ।‘मेरो श्रीमानलाई नदीमा बगाएर मेरा नवालक छोराछोरी र मेरो बिचल्ली बनाउने दोषीलाई कारवाही हुनुपर्छ’उनले नागरिकलाई भनिन्,–‘दोषीलाई कारवाही नगरेसम्म न्याय मिलेको महसुस हुदैन ।’

आश्रित श्रीमान् गुमाएपछि आफ्नो दुई नवालक छोरा छोरीको शिक्षा, श्वास्थ्य र जिविकोपार्जनको समस्या भएको उनले बताइन् । छोरा छोरीको शिक्षा, स्वास्थ्य  र आफ्नो रोजगारको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरिन् ।  

महाकाली नदीमा २१ बर्ष देखि तुईन तराउदै आएका कल्याण सिंह धामी र जय सिंह सँगै काठमाण्डौ जान हिडेका दुई जना गरि ३ जना प्रत्यक्ष दर्शीले एस एस वी ले तुईन फुकालेकाले जयसिंह धामी महाकाली नदीमा बगेको छानबिन समिती समक्ष बयान दिएका छन । जय सिंह धामी एस एस वी ले तुईन फुकालेका कारण नदीमा खसेर वेपत्ता भएका हुन वा होइनन् ? भनेर मात्र छानबिन गर्न एक महिना समय लगाउनु नपर्ने स्थानिय बताउछन ।‘हामी प्रत्यक्षदर्शीले एस एस वी ले तुईन फुकालिदिएकाले नदीको छेउमा पुग्न एक मिटर वाँकी रहेका वेला जयसिंह नदीमा खसेर बगेको बयान दिएका हौं’कल्याण सिंहले भने,‘अहिले सम्म सरकारले सत्य कुरा किन बाहिर ल्याउन सकेको छैन ?।’

जय सिंह अझै फेला परेका छैनन् । प्रहरी प्रधान कार्यालय नक्साल वाट आएको प्राविधिकद्वय प्रहरी नायव निरिक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोलीले ड्रोन उडाएर समेत जय सिंह धामीको खोजी गरेको थियो । भारत पक्षले ड्रोन उडाउन सहमती नदीएकाले ड्रोन नेपाल तर्फको भुमीमा मात्र उडाएर खोजी गरिएको थियो । दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ डिएम प्रशासनलाई जय सिंह को खोजीका लागी ड्रोन उडाउने सहमतीका लागी पत्राचार गरेको थियो तर डिएम प्रशासनले जवाफ नदिएपछि नेपाल तर्फको भुभागमा ड्रोन उडाएर खोजी गरिएको थियो ।

भारत पक्षले तुईन फुकालेर जय सिंह बगाउने एस एस वी लाई कारवाही गरेर पिडितलाई न्याय दिनुको सट्टा जय सिंहको खोजी गर्न ड्रोन समेत उडाउन सहमती नदिएर असहयोग गरेको थियो । उनी फेला नपरेपछि आफन्तले कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्तेष्टी गरिसकेका छन । साउन २९ गते शुक्रवार उनका आफन्तले हिन्दूसंस्कार अनुसार उनको पन्ध्रौ पुण्यतिथी मनाएका छन ।

छानबिन समितीको म्याद पटक पटक थपियो

एस एस वी ले तुईन फुकालेर जय सिंह महाकाली नदीमा बगेको घटनाको छानबिन गर्न साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कंडेल,राष्ट्रिय अनुसन्धान बिभागका निर्देशक हुतराज थापा,शसस्त्र प्रहरी वलका वरिष्ठ प्रहरी उपरिक्षक शुरेस कुमार श्रेष्ठ, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेको ५ सदस्यिय छानबिन समिती गठन गरिएको थियो । १० दिनको म्याद दिइएको समितीको तीन पटक ७, ७  दिन गरेर म्याद थप गरिएको छ । तीन पटकको थप गरिएको म्याद पनि मंगलवार सकिएको छ । मंगलवार साँझ ६ बजे सम्म छानबिन समितीले प्रतिबेदन नुबझाएको गृहमन्त्रालयका प्रवक्ता फणेन्द्र मणी पोखरेलले बताएका छन ।  शुरुमा भौगोलिक बिकटता भएको भनेर र पछि प्रतिबेदन लेख्न भनेर म्याद थपको माग गरेकोले ३ पटक म्याद थप गरिएको बताए । ‘ साझ ६ बजेसम्म प्रतिबेदन पनि बुझाएको छैन’उनले भने ।

सरकार र गृह मन्त्रालयले छानबिन समितीको प्रतिबेदनकै आधारमा धारणा बाहिर ल्याउने बताउदै आएका छन । छानबिन समितीले प्रधानमन्त्री र गृहमन्त्रीको समेत राय लिएर घटनाको प्रतिबेदन तयार गर्ने छानबिन समितीका एक सदस्यले बताए ।

प्रवक्ता पोखरेले छानबिन समितीको प्रतिबेदन नआई गृह मन्त्रालयले घटनाको बारेमा वोल्न नसक्ने बताएका छन ।

घटना यस्तो थियो

घरमा वसेर परिवार पाल्न समस्या भएपछि जयसिंह राम्रो दाम र काम पाईने देशको बारेमा बुझ्न गाउँका दुई जना संगै काठमाण्डौ जान साउन १५ गते बिहानै घरवाट हिडे ।  

सदरमुकाम पुग्न महाकाली तरेर भारतको बाटो भएर जानुपर्ने वाध्यता थियो । गाउँवाट करिव २० मिनेट जती ओरालो हिडेर । काठमाण्डौ जान हिडेका उनी, बिक्रम रंगोली र अमिता धामी तीन जना महाकाली छेउमा पुगे ।

उनी महाकाली किनारमा पुग्नै पहिले नै गाउँका गौर सिंह धामी,अमर सिंह धामी,बहादुर सिंह धामी र मनिराम धामी ४ जना तुईन तरेर पहिले नदी पार गरीसकेका थिए । जयसिंह धामी तुईन तर्न थाले । उनी तुईनमा झुण्डिएर तरिरहेका वेला पारीपट्टी दुई जना एस एस वी जवान आए । नेपालतिर वारी ठूलो ढुंगाको सर्पोट लिएर गाडीको एउटा काठको खम्वामा तुईनको तार वाधिएको थियो । भने पारी पट्टी टुडीको रुख थियो, त्यहि रुखमा तार वाँधिएको थियो । जयसिंह धामी पारि पुग्न करिव एक मिटर मात्रै वाँकी थियो । पोशाखमा रहेका एस एस वि को जवानले रुखमा वाँधेको तार फुकाल्न थाले, तार फुकाल्न लागेको देखेपछि नफुकाल्न भनेर वारीपट्टीका प्रत्यक्षदर्शीले चिच्याएपनि एस एस वीले वेवाश्था गरेर फुकालेको स्थानिय बताउछन । फुकालेपछि तुईनको तार बिच नदीमा पर्यो, पारी किनारमा पुग्नै लागेको जयसिहं धामी पनि तार सँगै हुत्तिएर उर्लदो नदीको भेलमा खसेर बगेको प्रत्यक्षदर्शीले बताएका छन  ।
अर्को समाचार
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३७ सेकेन्ड अघि
•
१ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
दशौँ राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस