बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा
१४ असार २०७८
•
३ मिनेट पाठ
बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा
अघिल्लो वर्ष साउनमा रोल्पा नगरपालिकाकी एक किशोरी तारा ‐नाम परिवर्तन) १३ वर्षको उमेरमा छिमेकी आफन्तबाटै बलात्कृत भइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले गत साता १४ वर्षको उमेरमा छोरा जन्माइन्। आफू यौन शोषणमा परेको कुरा परिवारमा भन्न नसकेकी उनको पेट बढ्दै गएपछि आमाले सोधखोज गरिन्। बच्चा जन्मिनुभन्दा ४ हप्ताअगाडि मात्र उनी गर्भवती भएको थाहा भयो। तारा बलात्कारपछि गर्भवती भएको थाहा भएपछि बलात्कार गर्ने १८ वर्षे किशोरलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रियामा लगेको छ।




बलात्कारपछि १४ वर्षको उमेरमा छोरा जन्माएकी ताराको छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ। कानुनी प्रक्रियापछि मिलाउँदै गर्ने गरी तारालाई ‘कसैले २ हजार र एक जोर कुर्तासुरुवाल दिएर नवजात शिशु छोरा बनाउन लगेको थाहा छ। १० महिना गर्भमा राखेर जन्माएको छोराको यादले तारालाई बेलाबेला झस्काउने गर्दछ। बच्चालाई दूध खुवाउन नपाएपछि शारीरिक समस्या पनि झेलिरहेकी उनलाई मानसिक रूपमा थप पीडा सुरु भएको छ।

भर्खरै एकदुई पटक महिनावारी सुरु भएकी ताराले यौन र यौवनबारे बुझ्न नपाउँदै आमा बन्नु परेको पीडा कल्पनासमेत गर्न सकिँदैन। सानो उमेरकी उनी यतिबेला शारीरिक तथा मानसिक रूपले जोखिममा छिन्। ताराले पढाइसँगै जीवनका हरेक घुम्ती अपूरा देख्न थालेकी छिन्। पढ्ने रहर छ तर विद्यालय जानसक्ने अवस्था छैन। ‘मेरो छोरा अरूले लगे। 

दुई हजार र एकजोर कुर्तासुरुवाल दिएका छन्,’ बच्चा सम्झिँदै तारा भन्छिन्, ‘आफूले जन्माएको छोरा हो, माया त लाग्छ नि तर के गर्नु आफूसँग राख्न सक्ने अवस्था भएन।’ अवसर पाए पढ्ने चाहना रहेको बताउने उनी भन्छिन्, ‘गाउँघर चारैतिर मेरोबारे हल्ला चलिसकेको छ। स्कुल जानसक्ने अवस्था छैन। टाढा गएर पढ्न सक्ने हैसियत छैन।’ ताराकी आमाका अनुसार गाउँ गए उनकी छोरीलाई गाउँ निकाला गर्नेबारे छलफलसमेत भइरहेको छ।

सुरक्षा आवासमा दैनिकी कटाइरहेकी उनलाई अगाडिको जीवन अँध्यारो रहेको अनुभूति हुन थालेको छ। ‘तारा यतिबेला मानसिक तनावमा छिन्। घर गाउँतिर त जाने अवस्था छैन। वरपरका विद्यालयमा पनि लाजका कारण उनी जान रुचाउँदिनन्।’ तारालाई मनोविमर्श सेवा दिइरहेकी एक मनोविमर्शकर्ता भन्छिन्, ‘यतिबेला उनलाई सहयोग, माया र आफ्नोपनको खाँचो छ। पढाइ निरन्तरता वा अन्य स्वरोजगारमूलक तालिमका लागि जिल्लाबाहिर लान सकियो भने अलि सहज हुने देखिन्छ।’

जिल्लामा बलत्कारका घटना बढ्दै गए जस्तै बालविवाहका घटना पनि बढ्दो क्रममा छन्। गएको ११ महिनामा रोल्पा अस्पताल आएका ३ सय ८ सुत्केरीमध्ये ४६ जना २० वर्षभन्दा कम उमेरका थिए। तीमध्ये ९ जनामा जटिलता देखिएपछि अप्रेसन गर्नुपरेको थियो। त्यस्तै ३ सय ९४ जना गर्भ जाचका लागि आएकामा ५५ जना २० वर्षभन्दा कम उमेरका थिए। एक सय ३४ जनाले गर्भपतन सेवा लिएकामा १७ जना २० वर्षभन्दा मुनिका बालिका रहेको तथ्यांक छ। गत आवमा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका ४ सय ३१ मध्ये एक सय ७ जना २० वर्षमुनिका छन्। तीमध्ये १४ किशोरीको सुत्केरीको समयमा जटिलता देखिएपछि अप्रेसन गर्नु परेको थियो।

सामाजिक तथा मानवीय विकासका सवालमा केन्द्र र प्रदेश सरकार निकम्मा भए जस्तै स्थानीय सरकार पनि सकारात्मक नभइदिँदा विकृति घट्नुका साटो बढ्दै गइरहेको छ। हरेक वर्ष बढ्दै गएको बालविवाह, बलात्कारजस्ता घटना घट्नुको साटो बढ्दै गएको तथ्यांक देखिन्छ। विकास भनेको सडक हो भन्ने बुझाइका कारण सामाजिक तथा मानवीय विकासले गति लिन नसकेको हो। जिल्लामा वर्षेनि हुने दर्जनौं बालविवाहबारे सबैलाई जानकारी हुने गरेको भए पनि उजुरी नपरेका कारण प्रहरीले कारबाहीको प्रक्रियामा लैजाने गर्दैन।

ढिलो विवाह गरेपछिको बेफाइदाबारे जानकारी नै नपाएका रोल्पाली सानोमा बिहे गर्ने र बच्चा जन्माउनेलाई सहज मान्छन्। परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत् छ। बालविवाहपछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्रवाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस