पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु
०९ असार २०७८
•
१ मिनेट पाठ
पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु
पहिरोमा परि घर भत्किएको स्थान। तस्बिर: नागरिक
रोल्पामा घर माथि पहिरो जादा तिन जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका ९ होमाको गर्पामा गत राती साढे ११ बजे घर माथि पहिरोजाँदा ८६ वर्षीया कर्मिता बुढा निजको नातिनि १६ वर्षीया स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिला बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 




घटनामा परि ४० वर्षीय टिका सिंहबुढा, ४५ वर्षीया सुनमाया बुढा र ९ वर्षीय सक्तीमान बुढा घाईते भएका छन्। घटना स्थलमा सडक अबरुद्व भएकाले घाईतेको उद्धारमा कठिनाई भएको छ। राति नै घटनास्थल पुगेका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले घाईतेको उद्धार गर्न हेलिकप्टरका लागि अनुरोध गरिएको बताए। 

‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धार गरिसकेको छ।’
अर्को समाचार
जाजरकोट पहिरो : एकको मृत्यु, तीन बेपत्ता, ९ घाइते
३१ साउन २०८३
•
३ मिनेट पाठ
जाजरकोट पहिरो : एकको मृत्यु, तीन बेपत्ता, ९ घाइते
जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भने तीन जना सम्पर्कविहीन भएका छन्। भने, ९ जना घाइते भएका छन्।




मृत्यु हुनेमा भेरी नगरपालिका-२ बस्ने करिब ५२ वर्षीय केदार कार्की रहेका छन्। उनको हातखुट्टा तथा शरीरमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २२:५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङस्थित विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको हो।

पहिरोका कारण भेरी नगरपालिका-३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा-माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने जनाइएको छ।

घाइतेको विवरण:

१. भेरी नगरपालिका-२ रिसाङ बस्ने ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो आउँदा छाती, टाउको र हातमा चोट लागेको छ। अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि साउन ३० गते राति २०:३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

२. आरन सञ्चालक भेरी नगरपालिका-२ रिसाङ बस्ने ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ।

३. भेरी नगरपालिका-२ चिसापानी बस्ने ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था गम्भीर रहेका उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति २१:१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

४. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। अवस्था मध्यम रहेका उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

५. भेरी नगरपालिका-१ डौरीकाँडा बस्ने १६ वर्षीया मनिषा विक शरीरमा चोट लागेर घाइते भएकी छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

६. सोही स्थानकी ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

७. सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

८. भेरी नगरपालिका-२ रिसाङ बस्ने लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

९. सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

तीन जना सम्पर्कविहीन

पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका-२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका-२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका-२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरोका कारण घटनास्थलको अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस