उदयपुरुमा संक्रमित घट्दै, निषेधाज्ञा खुकुलाे पार्दै एक साता थपियाे
२९ जेष्ठ २०७८
•
२ मिनेट पाठ
उदयपुरुमा संक्रमित घट्दै, निषेधाज्ञा खुकुलाे पार्दै एक साता थपियाे
उदयपुर कोभिड अस्पतालमा निको भएकाहरुलाई विदाई गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई । तस्बिरः महेश्वर
उदयपुरमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै र निको हुने क्रम बढ्दै गएसँगै निषेधाज्ञा पनि खुकुलो पारिँदैछ। शुक्रबार राति १२ः०० बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधि सकिँदै गर्दा जिल्ला बिपत व्यवस्थापन समिति (डिएमसी) काे बैठकले केही खुकुलो पार्दै आउँदो सातासम्म जारी राख्ने निर्णय गरेको छ।  




बैठकले यसअघि विहान ७ः०० देखि ९ः०० बजेसम्म मात्र तरकारी, फलफूल, माछामासुलगायत खाद्यान्न र निर्माण सामग्रीका पसलहरु खोल्न दिइएकोमा अव १२ः०० बजेसम्म खुल्ला गर्न पाइनेछ। तर, सुरक्षा सतर्कता अनिवार्य अपनाउनुपर्नेछ। त्यस्तै यसअघि पूर्णरुपमा बन्द रहेको विकास निर्माणका कार्य सुरक्षा मापदण्डको पालना गर्दै सुचारु गर्न दिइने छ। अत्यावश्यकबाहेक बजार हिँड्डुलमा कडाई भने यथावत राखिएको छ।  

अस्पताल, एम्बुलेन्स, कुरुवा, मृत्यु संस्कार, खानेपानी, स्वास्थ्य, पेट्रोलियम पदार्थ, दूध, फलफूल, खाद्यान्नको ढुवानीमा रोक लगाइने छैन। बैंक तथा बित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकले तोके अनुसार सञ्चालन हुने बैठक निर्णय भएको छ। बैठकले बिना मास्क हिँड्नेलाई पटकैपिछ्यै १ सय रुपैयाँ जरिवानासहित गस्तीमा रहेका सुरक्षाकर्मीले तत्काल सजाय गर्न सक्ने निर्णय भएको छ। त्यस्तै बिना काम निस्कने दुईपाङ्ग्रे सवारी साधनलाई पटकैपिछ्यै २ हजार र संस्थाको हकमा पटकैपिछ्यै ५ हजार जरिवाना लिनसक्ने प्रावधान राखिएको छ।  

त्यसैगरी, विनाकाम बजार निस्केको पाइए दुईपाङ्ग्रे सवारी साधनलाई पटकैपिछ्यै २ हजार र चारपाङ्ग्रेलाई ५ हजार जरिवाना तोकिएको छ। जबर्जस्ती गरेमा ‘कोभिड १९ शंकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई १ लाखसम्म र संस्थाको हकमा ५ लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान लागू गरिने छ। 

जिल्लाबाहिरबाट आउने आगन्तुकहरुले स्थानीय तहले तोकेको क्वारेन्टीन तथा आइसोलेसन सेन्टरमा अनिवार्य बस्नुपर्नेछ। त्यसैगरी अन्य सुरक्षा मापदण्ड पालना गरेर बिस्तारै निषेधाज्ञा खुकुलो पार्दै लैजाने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेँढाईले बताएका छन्।  

७० संक्रमित थपिँदा, ४ सय १६ निको  

पछिल्लो २४ घण्टामा ७० नयाँ संक्रमित देखिएका छन्। बेलका नगरपालिकाका १० महिलासहित ३६, चौदण्डीगढीका १० महिलासहित २७ र त्रियुगाका ३ महिलासहित ७ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

स्वास्थ्यका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमितहरु निको भएका छन्। शुक्रबार निको हुनेको संख्या ४ सय ७९ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। हालसम्म निको हुनेको संख्या ४ सय १६ महिलासहित ९ सय ७५ पुगेको छ। अघिल्लो दिन ९१ जना निको भएका थिए भने कुल निको हुनेको संख्या ४ सय ९६ थियो।  

अब जिल्लामा सक्रिय संक्रमतिको संख्या ३ सय १२ महिलासहित ६ सय ६६ रहेको छ। उनीहरु उदयपुर कोभिड अस्पताल, सदरमुकामस्थित आँखा अस्पताल र होमआइसोलेसन तथा केही बिराटनगर र धरानका अस्पतालमा उपचाररत रहेको सुबेदीले बताएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस