रोल्पामा गाड्ने ठाउँ नभएको भन्दै एक कोरोना संक्रमितको अन्त्यष्टी गर्न ढिलाई भएको छ। रोल्पा अस्पतालमा शुक्रवार मृत्यु भएका एक संक्रमितको ठाउँ नभएको भन्दै २५ घण्टा सम्म अन्त्यस्टी गएिको छैन। प्रमुख जिल्ला अधिकारी नबराज सिलवालले सेना तयार भए पनि गाड्ने ठाउँ नभेटिए पछि ढिलाई भएको बताए। ‘पानी परिरहेकाले जलाउन सकिएन। गाड्ने ठाउँ खोज्दा खोज्दै ढिला भएको हो। अब एकै छिनमा अन्त्येष्टी गर्छौ।’
रोल्पामा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ३८ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार २ सय ४७ रहेको छ।
पहिल्लो २४ घण्टामा यहाँ कोरोनाका कारण एक जनाको ज्यान गएको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १२ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ।
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ३ सय ९७ जनाले कोरोना जितेका छन्। पिसिआर र एन्टीजेन किट अभावमा जिल्लामा चाहेजति परिक्षण हुन सकेको छैन।