एउटै पुल तीन पटक उद्घाटन
०६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
एउटै पुल तीन पटक उद्घाटन
उत्तरी धादिङलाई धादिङबेसीसँग जोड्ने खनियाबास गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको डुन्डुरेखोलाको पुल । तस्बिर : सरिता/नागरिक
धादिङ जिल्लाको सदरमुकामलाई उत्तरी भेगमा जोड्ने डुण्डुरे खोलामाथिको पुल तीन पटक उद्घाटन गरिएको छ । निर्माण सुरु गरिएको लामो समयपछि निर्माण सम्पन्न भएको खनियाबास गाउँपालिका वडा नं ३ मा पर्ने डुन्डुरेखोला पुल विभिन्न समयमा गरेर तीन पटक उद्घाटन गरिएको हो । विभिन्न मितिमा पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिन, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् ।  




पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिनले गत माघ २७ गते नेपाली काँग्रेसको कार्यक्रममा जाने शिलशिलामा पुलको उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दै सोही पुल पार गर्दै कार्यक्रममा पुगेका थिए । त्यस्तै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले गत फागुन २५ गते उद्घाटन गरे । पूर्वाधार विकास कार्यालय नुवाकोटले औपचारिक कार्यक्रमको आयोजना गरेर पुलको उद्घाटन गरेका थिए । सोही पुल बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भर्चुअल माध्यमबाट जेठ ३ गते उद्घाटन गरेका छन् ।  

राजनीतिक कारण एउटै पुल तीन पटक उद्घाटन भएको देखिन्छ । जिल्ला सदरमुकामदेखि तिप्लिङ जोड्ने धादिङवेशी–साँङकोष–तिप्लिङ सडक निर्माण सुरु भएको ३५ वर्षभन्दा बढी नाघिसक्दा पनि पुल निर्माण हुन सकेको थिएन । भौगोलिक विकटता, कोरोना कहर जस्ता कारण निर्माण सामग्री ढुवानीमा समस्या, डिजाइन गलत पर्न जादाँ पुल निर्माणमा ढिलाई भएको थियो । स्थानीयहरुको पटक पटक दबाबपछि निर्माण सम्पन्न भएको पुलले उत्तरी धादिङबासीलाई ठूलो राहत मिलेको छ । डुन्डुरेखोलामा पुल बन्न ढिलाई हुदाँ सवारी साधन खोला वारी नै रोकिने पर्ने अवस्था थियो भने पल्टि गरेर खाद्यन्न सामग्री ओसारपसार गरिन्थ्यो ।  

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)ले डुन्डुरे खोलामा पाई आकारको स्ट्रिल ट्रस्ट ब्रिज बनाएको हो । आरजे कन्स्ट्रक्सन जेभी हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का पाएको पक्की पुल ५ करोड २३ लाख लागतमा निर्माण गरिएको साइड इन्चार्ज रुपेश श्रेष्ठले बताए । ‘दुई पहाडको खोँचमा गहिरो खोला रहेको र त्यही खोँचको बीचमा पुल बनाउनु पर्दा भौगोलिक रुपमा कठिनाइ भएपनि तीन वर्ष नौ महिनामा पुल निर्माण गरिएको हो’, श्रेष्ठले भने, ‘विकट भौगोलिक अवस्था, कोरोना कहर जस्ता कारण निर्माण सामग्री ढुवानीमा समस्या, डिजाइनमा सुधार लगायतका कारण पुल निर्माणमा केही समय ढिलाइ भएको थियो ।’  

विकास र अवसरबाट टाढा पारिएको धादिङको उत्तरी भेगका लापा, तिप्लिङ, सेर्तुङका गाउँबस्तीसम्म सडक सञ्जाल विस्तार गर्ने कार्य भइरहेको छ । जिल्ला सदरमुकाम देखि तिप्लिङको लब्दुङ गाउँसम्मको यो बाटो ६९ किलोमिटर लामो छ । हिउँदमा सेर्तुङको बोराङसम्म मोटर पुग्ने गर्छ । बर्खायाममा भने सडक भासिने समस्याले बाटो बन्द हुने गरेको छ । सेर्तुङको बोराङसम्म सडक खनिए पनि डुन्डुरे खोलामा पुल नहुँदा सवारीसाधन खोलावारी नै रोकिने गरेका थिए । यात्रुवाहक जीप र बसले यात्रुलाई डुन्डुरेसम्म मात्रै पुर्‍याउने गरेकोमा पुल निर्माणसँगै अहिले सेर्तुङसम्म मोटर चल्ने गरेको छ ।  

मोटर चलेपछि गाउँबासीलाई चाहिने खानेकुरा, निर्माण सामग्री तथा दैनिक उपभोग्य अन्य सामान ढुवानीमा सहज भएको छ । खच्चड र मानिस आफैले बोकेर सामान पुर्‍याउनु पर्ने बाध्यता विस्तारै हट्दै गएको रुविभ्यालीका स्थानीयले बताएका छन् । धादिङबेसीबाट सांकोष तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङको बोराङसम्म सडक पुगेको छ भने अर्कोतर्फ धादिङबेसीबाट नुवाकोट, रसुवाको स्याफ्रुवेशी हुँदै रसुवा र धादिङको सीमाना सोमदाङ हुँदै तिप्लिङको ३८ सय मिटर उचाइको पहाडीभेग पाङसाङ हुदै तिप्लिङको लब्दुङसम्म सडक पुगेको छ । बोराङदेखि तिप्लिङसम्म पनि सडक पु¥याउने लक्ष्य राखिएको छ ।  

मानिस र खच्चड वारपार गर्न बनाइएको झोलुङगे पुल नजिकै डुन्डुरेखोला माथि पक्की पुल निर्माण गरिएको छ । डुन्डुरेखोलामा पुल बनेसँगै उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका अन्तर्गत पर्ने तिप्लिङ, सेर्तुङ, लापा र खनियावास गाउँपालिका अन्तर्गत पर्ने झार्लाङ सदरमुकामसँग जोडिएको छ ।
अर्को समाचार
भाँसिएको पुल मुनि सांसद गौतमको अनशन
०२ जेष्ठ २०८०
•
३ मिनेट पाठ
भाँसिएको पुल मुनि सांसद गौतमको अनशन
तस्बिर: नागरिक
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।




जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो। यो त जिल्लाको एउटा मुद्दा मात्र हो। बर्दिया जिल्लाका यस्ता थुप्रै मुद्दा र समस्याहरू वर्षौँदेखि समाधान नभएपछि एक जना सङ्घीय सांसद त्यही भत्किएको पुल मुनि अनशन बसिरहेका छन्।

दुई कार्यकाल लगातार चुनाव जित्ने मध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुनासो छ।

गौतमको चुनावी एजेन्डामा मुख्य गरी तीन वटा विकासे काम प्राथमिकतामा पर्दथे, ‘भत्किएको जब्दी घाटको पुल निर्माण, गुलरिया मूर्तिहा नाका खोल्ने र तेलपानी सुर्खेत सडक खन्डमा सडक निर्माण पूर्णता।’ पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्किँदासमेत पुनर्निर्माण हुन सकेन र तेलपानी सडक पनि अलपत्र अवस्थामा छ।

२००९ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा भारतसँग सम्झौता भएको गुलरिया–मूर्तिहा नाका अझै खुल्न सकेको छैन।

सिँचाई मन्त्रीसमेत भइसकेका सांसद गौतमले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाले पूर्णता पाउन नसक्दा जिल्ला विकासको हिसाबले पछि परेको बताए।

गौतमले आफ्नै पार्टी सरकार रहँदासमेत सिन्को भाँच्न नसकेको अनुभूति गरेपछि सरकारलाई दबाब दिन आमरण अनशन सुरु गरेका बताएका छन्। गौतमको आमरण अनसनको साथसाथै प्रदेश सांसद भुवनेश्वर थारू, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाकामा नगर प्रमुख छविलाल थारूले पनि रिले अनशन सुरु गरेका छन्।

गुलरिया वडा नं २ का एमालेका जनप्रतिनिधि टंक पौडेलले अनशन स्वागत योग्य भएको भन्दै समर्थन जनाए। ७ वर्षअघि भत्किएको पुलको पुनः निर्माण नहुँदा जब्दी घाटको पुलमुनि गौतमको आमरण अनशन चलिरहेको छ।

शनिबारदेखि गौतमले अनसन सुरु गरेका हुन। उनी १५ बुँदे मागसहित अनसन बसेका हुन्। ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔं,’ भन्ने अनशनको मूल नारा छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाटस्थित भासिएको पुल मुनि अनशन सुरु गरेका हुन्।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिमपूर्ण आवागमन गरिरहेका छन्। तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवतजावत ठप्प भएको छ।

बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउँदा सरकारको बेवास्ता गरेको सांसद सञ्जय कुमार गौतमले बताए। 

‘भत्किएको जब्दीघाटको पुलले बाँधको काम गरेको छ,’ सांसद गौतमले भने, ‘यसले गर्दा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका बाढीको उच्च जोखिममा छ।’
आउँदो बर्खामा हजारौं जनता डुबानमा पर्ने उनले बताए। बबई सिँचाइ आयोजना पनि अलपत्र परेको छ। बजेट अभावमा तटबन्धका काम अलपत्र परेका छन्। जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भीर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले दाबी गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस