बार बर्दिया नगरपालिकामा असुली धन्धा
१० साउन २०८०
•
४ मिनेट पाठ
बार बर्दिया नगरपालिकामा असुली धन्धा
बार बर्दिया नगरपालिका सर्वसाधारण डुंगामा जोखिम मोलेर यात्रा गर्दे।
२०७१ सालमा जब्दी घाटको पुल उद्घाटन नहुँदै भासियो । केही वर्ष भासिएको  पुल माथिबाट जनता हिँडे ।अघिल्लो वर्षको बाढीले पुल बगाएपछि जनता पुरानै नियतिमा फर्कन बाध्य छन् । तर,गाउँमा सिंह दरबार आउने आशामा निर्माण भएको तीन तहको सरकार मध्यमा स्थानीय सरकारमा जनप्रतिनिधि चुनिए पनि सर्वसाधारणलाई सुविधा दिन भन्दा असुली गरिरहेको आरोप छ।




सर्वसाधारणको  चाहनाले बनेको बार बर्दिया स्थानीय सरकारले सर्वसाधारणसँग नगरपालिका भित्र आवागमनमा रकम असुली गर्दा आलोचित बनिरहेको छ।पूरा नै परम्परालाई टेकेर बार बर्दिया नगरपालिकाले जनतासँग राजश्वको नाममा असुली धन्धा चलाई रहेको आरोप छ । बार बर्दियाका हरेक नागरिकले सवारी साधन लिएर आवागमन गर्दा एक पटकमा २५ रुपैयाँ तिर्न बाध्य छन् ।प्रति व्यक्ति दश रुपैया र मोटर साइकलको १५ रुपैया तिर्न बाध्यकारी नियम बार बर्दिया नगर सरकारले अख्तियार गरेको छ।व्यवस्थित डुगा नहुँदा ज्यान जोखिममा मोलेर यात्रा गर्न पर्ने अर्को जोखिम सर्वसाधारणले उठाउन परिरहेको छ।

बार बर्दिया नगरपालिकाका भूगोललाई उत्तरमा बबई  नदीले घरेको छ ।नदीले घेरिएको टापु जस्तै नगरपालिकाले यति बेला सर्वसाधारणसँग असुली धन्धा चलाउँदा किसान जनता प्रस्रव पीडामा छन् । नगरपालिका बाहिर वा भित्र आवागमन गर्न पर्‍यो कि सर्वसाधारणले पैसा तिर्नको विकल्प छैन । राम्रो अस्पताल,कर्भड हल जस्ता सर्वसाधारणको आवश्यकता परिपूर्ति गर्ने बार बर्दिया नगरपालिकामा संरचना नबन्दा स्थानीयले दुःख पाएका छन। 

खेल अभ्यास,औषधि उपचार,जग्गा पास ,पासपोर्ट लगायतका सेवा लिन सदरमुकाम गुलरिया आउन पर्ने बाध्यता सर्वसाधारणलाई छ । सर्वसाधारणको  आवात जावत गर्ने बाध्यतामा स्थानीय सरकारले सर्वसाधारणसँग असुली धन्धा चलाई रहेको हो।विकासको नाममा कच्चो विकासमा अर्बो बजेट खर्च गरिसकेको स्थानीय सरकार सर्वसाधारणको विपक्षमा काम गर्दे आएको स्थानीय गुनासो गर्छन । जनतालाई प्रत्यक्ष रुपमा सुविधाको प्रत्याभूति गर्ने काममा सर्वसाधारणलाई जनप्रतिनिधिले उल्टै ठगिरहेको गुनासो छ । कर्मचारीले चलाई रहेको बार बर्दिया नगरपालिकामा जनप्रतिनिधि निरीह बनिरहेको आरोप जनप्रतिनिधिलाई छ।

प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला जनप्रतिनिधिलाई नियम कानुन पढाएर  राजश्व उठाउने नाममा जनतासँग असुली धन्धाको मतियार बनिरहेको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई आरोपको बिषयमा प्रतिक्रिया लिन खोज्दा र ठेक्का बन्दोबस्तीको बारेमा पटक पटक जानकारी लिन सम्पर्क गर्न खोज्दा समेत फोन उठेन ।

एक ठाउँमा मात्र ठेक्का बन्दोवस्तीले काम नचल्ने भएपछि नगरपालिकाले ठेक्का लगाएको नगर प्रमुख छबिलाल थारुले बताए ।‘हाम्रो नगरपालिका अरु नगरपालिका जस्तो आवागमन गर्न सजिलो छैन,’उनले भने,‘नदीले घरेको नगरपालिका भएकाले बाहिर जाँदा नदी बाटै आवागमन गर्न पर्छ ।’जब्दी घाटमा मात्र नभई अन्य चार घाट उत्राहि टेन्डर प्रक्रिया मार्फत प्रतिस्पर्धामा दिएको नगर प्रमुख थारुले जानकारी दिए।

राजापुरमा नगरपालिकाको अनियमित कामको विरोध

राजापुर नगरपालिकामा नगर प्रशासनले गरिरहेको अनियमित गतिविधिको सामाजिक सञ्जालमा विरोध भएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाही र लेखा अधिकृत वसन्त मल्लको त्रिपक्षीय मिलेमतोमा नगर प्रशासनको काम कारबाही अनियमित तरिकाले अघि बढेको खुलासा भएको छ ।

असारमा मसान्तमा ठेकेदारले काम नसक्दै   भुक्तानी दिई सकेको सामाजिक सञ्जालमा समरपन शाहले उल्लेख गरेका छन् । शाहले उपभोक्ता समितिलाई भुक्तानी नदिएर सास्ती दिएको आरोप लगाएका छन् । उनले राजापुर नगरपालिका वडानं. २ मा चैनपुरमा मिलेमतोमा ठेकेदारले निर्माण गरेको पक्की सडकको काम झरिमा गर्दा गुणस्तरमा  प्रश्न चिन्ह उठाएका छन् ।उक्त सडकखन्डको नगर प्रमुख र कर्मचारी प्रलोभनमा परेर भुक्तानी दिएको विषयको चर्को विरोध भएको छ । शाहले सामाजिक सञ्जालमा लेख्ने प्रतिनिधि पात्र मात्र हुन। 

नगर प्रमुख दिपेशले पहुँचको भरमा असारमा मसान्तलाई लक्षित गरी अघिल्लो प्रमुख प्रशासकीय अधिकृत दिल्ली भट्टराईलाई मन्त्रालयले सरुवा गरेको ३४ औ दिनमा हटाएर वर्तमान प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाही मार्फत  असार अन्तिममा सम्झौता गरेर काठमाडौका बिभिन्न पाटीबाट कार्यालयमा  खरिद गरेको देखाएर भागबन्डामा भुक्तानी दिएको समेत तथ्य बाहिर सार्वजनिक भएको छ ।

निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीसँगको मिलेमतोमा राज्य कोषको ढुकुटी धमाधम भुक्तानी दिएको राज्य संयत्रले छानबिन गर्न पर्ने नगरवासीले माग गरेका छन् । कार्यालयको खर्चमा असार मसान्त लगत्तै  काम देखाएर काठमाडौं पुगेका नगर प्रमुख थारु र प्रमुख प्रशासकीय अधिकृत शाही फर्केका छन् ।लेखा अधिकृत मल्ल बिदामा छन्।  

आर्थिक वर्षको अन्तिममा कार्यकर्तालाई रिझाउन डाईभिङ लगायत बिभिन्न क्षेत्रमा गरिएको खर्च कागजी प्रक्रिया मिलाएर ६० लाख भुक्तानी दिएको नगर प्रशासनलाई अर्को आरोप छ । असार मसान्तमा सम्झौता गरेर कार्यालयको लागि सामान खरिद नगरिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाहीले बताए ।

‘हामीले उपभोक्ताको बिल रोकेका छौ,’उनले भने,‘काम र कागजी प्रक्रिया बाँकी रहँदा भुक्तानी दिन सकिएन,अरु सबैको भुक्तानी बिल दिई सकेका छौ ।’पाडाको कार्यक्रमको केही खरिद गर्न पर्ने भएकाले खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत शाहीले स्वीकारे।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस