कोरोनाको दोस्रो लहर सुरु भएयता ताप्लेजुङका ७ जनाले ज्यान गुमाएका छन्। बुधबार फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका अन्दाजी ५०–५१ वर्षीय एक पुरुषको मृत्यु भएको छ। फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिम घर भइ फुङ्लिङ नगरपालिका वडा नं ६ टुक्रे बस्दै आएका मृतक ति पुरुषको जेठ १ गते गरिएको एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।
जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले मृतक पुरुषको मृत्युअघि नै एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आइसकेको पुष्टी गरिन्। ती पुरुष केही समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित थिए। कोरोनाको दोस्रो लहर सुरु भएपछि ताप्लेजुङमा पहिलो पटक फुङ्लिङ वडा नं ६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी भएको थियो। कोरोना संक्रमणबाट फुङ्लिङ नगरपालिका वडा नं ४ की ८५ वर्षीया महिला, सोही ठाउँका अन्दाजी ६० वर्षीय पुरुष, मैवाखोला गाउँपालिकी अन्दाजी २२ वर्षीया महिला, फुङ्लिङ नगरपालिका वडा नं ६ सुकेटारकी अन्दाजी ४६ वर्षीया महिला र फुङ्लिङ नगरपालिका वडा नं ४ निवासी ९३ वर्षीया महिलाको निधन भइसकेको छ।
मेरिङ्देन गाउँपालिका घर भइ फुङ्लिङ नगरपालिका वडा नं ४ मा पसल व्यवसाय गर्दै आएका ३१ वर्षीय पुरुषमा देखिएका लक्षण कोरोनासँग मिल्दो जुल्दो प्रकृतिको भएपनि उनमा कोरोना परीक्षण गरिएको थिएन। बुधबार विहान मात्रै ज्यान गुमाएका फुङ्लिङ वडा नं ७ का एक युवकको पनि कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएपनि मृत्युको कारण पुष्टि हुन बाँकी रहेको छ।