म्याग्दीको विकट धवलागिरी गाउँपालिका–२ लुलाङकी ३७ वर्षीया सुकमाया विक विवाह गर्दा १६ वर्षकी थिइन्। परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा माइतीले २७ वर्षीय पूर्णबहादुर विकसँग विवाह गरिदिए। १७ वर्षको उमेरमा आमा बनिन्। सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित सुकमायाका पतिले पहिलो सन्तान नै छोराको कामना गरेका थिए।
पहिलो सन्तान छोरी जन्मिएपछि निकै निराश भएका पतिको खुसीका लागि सुकमायाले छोरा जन्माउने आसमा ६ छोरी जन्माइन्। तापनि छोरा जन्मिएन। निरोगीजस्तो देखिए पनि शारीरिक रूपमा कमजोर भएकाले सुकमायालाई दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन। तर लगातार पाँच छोरी मात्रै जन्मिएपछि छोराकै पर्खाइमा ६ सन्तानलाई जन्म दिँदा अहिले उनी रोगबाट ग्रसित छिन्। घरमा छोरा नभए लखेट्ने धम्की दिँदै आएका पूर्णबहादुरले कान्छी छोरीको अनुहारसमेत हेरेनन्। पूर्णबहादुरले छोरी र पत्नीलाई छोडेर अर्को विवाह गरी भागेको करिब दुई वर्ष भइसक्यो।
पाठेघरको समस्याले सामान्य घरायसी कामबाहेक गर्न नसक्ने अवस्थामा पुगेकी सुकमायाका पति छिमेकी मालिका गाउँपालिका–३ रुमकी एक युवतीलाई लिएर बागलुङमा बस्छन्। छोरीलाई सन्तानको रूपमा स्वीकार नै नगर्ने पूर्णबहादुरले चटक्कै छोडेर भागेपछि जेठी छोरी सर्मिलाले आफ्नो पढाइसमेत छोडेर नियमित घरायसी काम र ज्यालामजदुरी गरी हातमुख जोड्न र बहिनीको पढाइखर्च जुटाइरहेकी छन्।
लुलाङ गाउँभन्दा माथि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोगमा बनाइएको टहरामा बस्दै आएकी सुकमायालाई ६ जना छोरीको पालनपोषण गर्न कठिन भइरहेको छ। लगातार छोरी जन्मिएकै कारण पति बेपत्ता भएपछि पालनपोषणमा समस्या भएको उनले बताइन्। ‘पतिको चाहनाअनुसार धमाधम सन्तानलाई जन्म दिएँ, ‘समाजले पनि एउटा छोरा नै खोज्ने रहेछ,’ सुकमायाले भनिन्। छोराको लोभमा छोरी बढी भए पनि अहिले छोरीको सहयोगबाट घरायसी खर्च चल्ने गरेको बताइन्।
‘जेठी छोरीलाई पढाउने चाहना छ, ‘कतैबाट सहयोग जुटेमा छोरीहरूलाई पढाउन चाहन्छु,’ सुकमायाले भनिन्। दुई/तीनवटी छोरी जन्मेपछि परिवार नियोजनका लागि पतिलाई सम्झाउँदा छोराबिनाको घर अशुभ हुन्छ भन्दै धम्की दिएका थिए। हरेक पटक सुत्केरी हुँदा पटकपटक मृत्युको मुखबाट बचेको बताएकी सुकमायाले पतिको बाटो हेर्दाहेर्दै आँखा थाकिसकेको बताइन्। ‘पतिको इच्छाअनुसार सन्तान जन्माउने मेसिनको रूपमा मात्रै प्रयोग भएँ, ‘कान्छी छोरी जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत पाइनँ,’ गहभरि आँसु झार्दै सुकमायाले भनिन्। उनले छोरीलाई राम्रो शिक्षा दिएर पतिलाई देखाउने धोको भए पनि आर्थिक अवस्था कमजोर भएकै कारण सम्भव नभएको बताइन्।
धेरै सन्तान जन्माउँदा रगत बग्ने, जिउ दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन्। छोराको पर्खाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने सुकमायाको समस्या निकै कमजोर रहेको स्थानीय युवा रेशमबहादुर विकले बताए। ‘गाउँमा सबैभन्दा कमजोर परिवार हो, ‘छोरी पढाइसमेत छोडेर ज्यालामजदुरी गर्न जान्छिन्, उनले खर्च जुटाउन नसके भोकभोकै बस्नुपर्छ,’ विकले भने।
अधिकांश महिला छोरा नजन्माएकै आरोपमा विभिन्न घरेलु हिंसा भोग्न बाध्य भएको धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए। ‘लुलाङमा कलिलै उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन, पछिल्लो समय सुधार आए पनि कमी हुन सकेको छैन, कलिलै उमेरमा विवाह गरेका अधिकतरका छोराछोरी धेरै छन्,’ उपाध्यक्ष छन्त्यालले भने। आफ्नो सन्तान राख्ने र मरेको दिन दागबत्ती बाल्न छोरा मात्रै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित समाज, घर र पतिको दबाबमा आमाहरू अहिले पनि इच्छाविपरीत छोरीको जन्मदिन बाध्य हुने गरेको अवस्थामा व्यावहारिक रूपमा छोरा र छोरी एकै हौं भन्ने कुरा स्थापित नभएसम्म महिलाले पाउने दुःख नहट्ने महिला अधिकारकर्मी ज्योती लामिछानेको भनाइ छ ।
जनचेतनाको अभाव र गरिबीकै कारण पत्नीमाथि पतिले कुटपिट गर्ने र दोस्रो विवाह गर्ने गरेको बताउँदै कानुन अनुसार कारबाहीले समेत घटना न्यूनीकरणमा केही सहज हुने अधिकारकर्मी लाछिमानेले बताइन्। छोराको मात्रै गणना गर्ने समाजले महिलाको स्वास्थ्य बिग्रेकोभन्दा छोरा नजन्माएकोमा बढी चिन्ता गर्ने ग्रसित मानसिकतालाई तोड्नुपर्ने उनले बताइन्।