घर जल्दा बारीको वास
०३ वैशाख २०७८
•
४ मिनेट पाठ
घर जल्दा बारीको वास
सिस्नेरीकी पशुपति गन्द्रमा जलेकाे घरबाट सामान उठाउँदै। तस्बिर: नगेन्द्र/नागरिक
बराहताल गाउँपालिका–२ सिस्नेरीकी पशुपति गन्द्रमा शुक्रबार दिउँसो प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित सडक निर्माणमा मजदुरी गर्न गएकी थिइन्। घरमा ६ दिनकी सुत्केरी बुहारी र दुई नातिनी थिए। दुई दिनदेखि बस्तीनजिकैको जंगलमा आगलागी भइरहेको थियो। जंगलको आगो पशुपतिको घरको छानोमा आइपुग्यो। ‘धन्न सुत्केरी बुहारीले नातिनी समातेर बाहिर ल्याइछिन्,’ पशुपतिले भनिन्, ‘ज्यान त बच्यो, बाँकी सबै आगोको झिल्कोले खरानी बनायो।’ अहिले यो गाउँका सबै परिवारको बारीमा बास छ।




आगलागी भएको खबर सुनेर कामबाट फर्कंदासम्म पशुमतिसहित ९ जनाको घर जलेर खरानी भइसकेको थियो। पशुपतिका पति भीमबहादुरलाई ३ वर्षअघि भेरीले बगायो। एक मात्र छोरा कमाउन कालापहाड (भारत) गएका छन्। पशुपतिले छोराको कमाइबाट यो वर्ष खरको छानो हटाएर टिनको छानो हाल्ने सोच बनाएकी थिइन्। घर जल्नुको अघिल्लो दिन पनि पशुपतिले छोरासँग टिनको छानो हाल्नेबारे फोनमा कुरा गरेकी थिइन्। ‘गाउँमा आगलागीको डर छ, ऋण सापट गरेर भए पनि टिनको छानो हालौं भनेकी थिएँ,’ उनले भनिन्, ‘अब त जग पनि बाँकी रहेन।’

गीता गन्द्रामा १८ दिनकी छोरीलाई दूध खुवाएर सुताउँदै थिइन्। घरभित्रै धुवाँको मुस्लो आइपुग्यो। ‘सुरुमा केटाकेटीले खर जलाएजस्तो लाग्यो, केही वास्ता गरिनँ,’ उनले भनिन्, ‘बाहिर निस्कँदा धुरीमा आगो लागिरहेको थियो।’ उनले हत्तपत्त सुतेकी छोरीलाई काखीमा च्यापेर बाहिर ल्याइन्। भखर गहुँ भित्र्याएका थियौं, दसैंका लागि चामल र अरू खाद्यान्नको जोहो गरेर राखेका थियौं।’ उनले थपिन्, ‘शरीरमा लगाएको एकसरो कपडाबाहेक केही पनि बचाउन सकेनौं।’

भेरी नदीनजिकको बस्ती भए पनि यहाँ खानेपानी र सिँचाइ अभाव छ। सिस्नेरीका १४ वटै घरका पुरुष कमाउन कालापहाड गएका छन्। गाउँनजिकै प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ। आगलागी हुने दिन काम गर्न सक्ने महिला मजदुरी गर्न गएका थिए। स्कुले नानीबाबु फर्केका थिएनन्। आगलागी हुँदाको समयमा सिंगो गाउँमा दुईजना सुत्केरीसहित साना बालबालिका मात्रै थिए। ‘हामी बस्तीमा पुग्दा घर जलिरहेका थिए,’ छिमेकी गाउँका खिमबहादुर गन्द्रमाले भने, ‘टिनको छाना भइदिएको भए सिंगो गाउँ खरानी हुने थिएन।’ सिस्नेरी यातायातको पहुँचमा छैन। भेरीमा डुंगा तरेर एक घण्टा पैदल हिँडेपछि सडक भेटिन्छ।  

आगलागीलगत्तै गाउँपालिकाको पहलमा रेडक्रसले एकसरो प्लास्टिकको पाल दिएको छ। आगलागीपीडित ९ परिवार पालमा आश्रय लिएर बारीमा बसिरहेका छन्। बस्तीमा खाद्यान्न अभाव छ। गर्मीमा प्लास्टिकको पालभित्रको बासका कारण सुत्केरी र बालबालिका समस्यामा परेका छन्।  

डाक्टरहरूको सहयोग

आगलागीबाट खरानी भएका सिस्नेरीका ९ वटा घर ठड्याउन तीन जना चिकित्सकले जस्तापाता सहयोग गरेका छन्। कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसी, डा. रूपक कँडेल र डा. सुशील समदर्शीले एक सय थान जस्तापाता आगलागीपीडितका घर निर्माणका लागि सहयोग गरेका हुन्। ‘खरको छानाका कारण सिस्नेरीका ९ घर जलेको खबर पायौं,’ डा. कँडेलले भने, ‘फेरि त्यस्तो घटना दोहोरिन नदिनका लागि एक सय थान जस्तापाता किनेर पठाएका छौं।’ चिकित्सकले बस्तीका लागि आवश्यक औषधि र सुत्केरीका लागि पोषण प्याकेज पनि पठाएका छन्।  

लायन्सको राहत

सिस्नेरीका आगलागीपीडितलाई लायन्स क्लबले राहत सामग्री वितरण गरेको छ। कर्णाली एरियाका लायन्स क्लबले आगलागीपीडितका लागि बस्तीमै पुगेर ओड्ने–ओछ्याउने र लगाउने लत्ताकपडा वितरण गरेका छन्। ‘नयाँ वर्षको अवसर पारेर दुःखमा रहेका आगलागीपीडितलाई दुई–दुई थान सिरक, डसना, तन्ना र सुत्केरीका लागि पोषण प्याकेज वितरण गरेका हौं,’ कार्यक्रम संयोजक तथा एरिया चिफ हरिहर बस्नेतले भने, ‘आवश्यकताअनुसार आगामी दिनमा पनि पीडित परिवारलाई सहयोग गर्नेछौं।’  

डिस्ट्रिक कोअर्डिनेटर टीकाराम चपाईले पीडितलाई थप सहयोगको खाँचो रहेको बताए। यातायात नपुगेको सिस्नेरीमा राहत पुर्‍याउन पनि सकस छ। ‘आगलागीपीडितसँग खानलाई अन्न छैन, लगाउन र ओड्न ओछ्याउन कपडा छैन,’ उनले भने, ‘कष्टपूर्ण दैनिकी बिताइरहेका पीडितलाई सबैको सहयोगको खाँचो छ।’ आगलागीका कारण घरबारविहीन हुँदा सुत्केरी र बालबालिका थप समस्यामा रहेको उनले बताए। ‘स्कुले बालबालिकाका पाठ्यपुस्तक र पोसाक पनि आगोले खरानी भएको पाइयो,’ उनले भने, ‘बस्तीका सुत्केरीको पीडा पनि उस्तै छ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले संघकातर्फबाट पनि आगलागीपीडितलाई सहयोग गर्ने बताए। ‘आगलागी भएको बस्तीका पुरुष कमाउन कालापहाड हुनुहुन्छ, घरमा महिला र बालबालिका मात्रै पायौं,’ उनले भने, ‘उहाँहरूलाई खाद्यान्नलगायत सहयोग संघकोतर्फबाट गर्छौं।’ उनले सिस्नेरीका आगलागीपीडितलाई सबैको साथ र सहयोगको खाँचो रहेको बताए। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस