ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। प्रदेश ३–०१–०५ख९२७१ नम्बरको ट्रिपर दुर्घटनामा हुँदा लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ घर भएका अन्दाजी १९/२० वर्षीय कृष्ण विकको मृत्यु भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए। काबेली खोलाबाट बालुवा लिएर फावाखोलामा निमार्णाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा जाने क्रममा ट्रिपर दुर्घटनामा परेको निरौलाले जानकारी दिए।
दुर्घटनामा परी चालक यामबहादुर बिक र मन्दिप लिम्बू घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि झापातर्फ पठाइएको छ। हाइड्रो पावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी माछापुच्छ्र्रे ईञ्जिनियरिङ प्रालिका कादार रहेको बताइएको छ। ट्रिपर सडकबाट करिव ५० मिटर तल झरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले घटनाको पुष्टी गर्दै घटनाका बारेमा प्रहरी अनुसन्धान र कानुनी कारबाही जारी रहेको जानकारी दिए।