भक्तपुरका एकजना वडा अध्यक्षको कुटपिटबाट एकजना स्थानीय घाइते भएका छन्। जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खड्कासहितको तीन जनाको टोलीको कुटपिटबाट स्थानीय ३२ वर्षीय लक्ष्मण खिचाजू अस्पताल भर्ना भएका छन्।
वडाध्यक्ष खड्कासहित पूर्व सैनिकसमेत रहेका विश्व खड्का र प्रकास लामिछानेले सामान्य विवादमा खिजाजूमाथि कुटपिट गरेका हुन्। घाइते खिचाजू हाल अस्पतालमा उपचाररत छन्। उनको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ। घाइते खिचाजू हार्डवेयर व्यवसायी हुन्।
घटना विवरण अनुसार वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजूलाई उनकै घर अगाडि पसलमा पार्किङ गरेको गाडी हटाउन भनेका थिए। तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेको पीडितका दाजु राम खिचाजूले बताए। केही साताअघि पनि वडाध्यक्ष खड्काले स्थानीयलाई कुटेको बताइएको छ। पछि प्रहरीमा मिलापत्र गरेका उनले पुनः खिइजूलाई कुटेका हुन्।