दाउरा बाल्न प्रयोग हुने रुख काटी ढाल्ने क्रममा रुखले किचेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बेसीगाउँका २९ वर्षीय मनकुमार तामाङको मृत्यु भएको छ। साविक खोक्लिङ गाविस वडा नं ४ बस्ने डम्बरबहादुर तामाङका छोरा मनकुमारलाई कात्तिके सातपाखे वनक्षेत्रको जंगलमा रुख काटी ढाल्ने क्रममा रुखसंगै भीरबाट झर्दा त्यहिँ रुखले किचेको थियो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार घाइते अवस्थाका उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा उपचारका क्रममा निजको मृत्यु भएको हो। पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख राणाले जानकारी दिए।