गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्याक्टरबाट खस्दा शनिबार एक जनाको मृत्यु भएको छ।
बाह«किलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरको पछाडी सवार गोरखा नगरपालिका वडा नम्बर १० अमलपानीका ३१ वर्षीय डिलबहादुर नेपालीको मृत्यु भएको हो। ट्याक्टरबाट खसेका नेपालीलाई ट्याक्टरको पछाडी भागको टायरले च्यापेको र घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए। ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन्।