वैदेशिक रोजगारीले सम्बन्धविच्छेद बढ्दो
१३ चैत्र २०७७
•
३ मिनेट पाठ
वैदेशिक रोजगारीले सम्बन्धविच्छेद बढ्दो
महिलाले परिवारकै सदस्यबाट हुनेगरेको अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदकै छन् ।  




गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आर्थिक वर्षबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्धविच्छेदका छन् । यीमध्ये १ सय ९५ मुद्दा फस्र्याेट भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्नामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्धविच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए । ‘घर–परिवारमा बेमेल भएपनि अन्याय सहेर बस्ने चलन बिस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपुर्‍याएको हो ।’ सम्बन्धविच्छेदका लागि निवेदन गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।  

वैदेशिक रोजगारीमा गएर फर्केका युवामा सम्बन्धविच्छेद गर्नेक्रम सबैभन्दा बढी छ । वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषले महिलासँग र महिलाले पुरुषसँग सम्बन्धविच्छेद गर्न चाहेको देखिएको उनले जनाए । ‘धेरैजसो त सम्बन्धविच्छेद गर्ने तर अंश नलिने भन्दै आउँछन्,’ उनले भने, ‘सम्पत्तिको कारणले भन्दा पति वा पत्नीप्रतिको अविश्वास र स्वतन्त्र भएर बाँच्न चाहने कारणले सम्बन्धविच्छेद गर्न आएको देखिन्छ ।’ उनले कतिपय पति–पत्नी दुवैले सम्बन्धविच्छेद गर्ने सहमति गरेर अदालत आउने गरेको पनि बताए ।

सम्बन्धविच्छेदको अर्काे कारण बालविवाह हो । १४–१५ वर्षको भएपछि बिहे गर्ने, सन्तान जन्माउने र २० वर्ष पूरा भएपछि सम्बन्धविच्छेद गर्नेहरू पनि छन् । अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराई उमेर नपुगी बिहे गर्ने दम्पतीले उमेर पुगेपछिमात्र जीवन भोगाइ अनुभूत गर्ने र आफूले गरेको बिहे असहज मान्ने गरेको बताउँछन् । ‘कानुनविपरीत बालविवाह भएको तर उमेर पुगेपछि सम्बन्धविच्छेद गर्न अदालत आउनेको संख्या पनि धेरै छ,’ भट्टराईले भने, ‘अपरिपक्व उमेरमा बिहे गरेर परिपक्व भएपछि दम्पतीले सँगै बस्न नचाहने गरेको देखिन्छ ।’ अन्य कारणले सम्बन्धविच्छेद गर्नेको संख्या थोरै छ ।  

साउनयता अदालतमा ७५ अंश मुद्दा रहेकामा २९ फर्छ्योट भएका छन् । जबर्जस्ती करणीका ४८ मुद्दा रहेकामा २८, कर्तव्य ज्यानका १९ मुद्दा रहेकामा ७, लागूऔषधका १८ मुद्दा रहेकामा ८ र अन्य मुद्दा २ सय ३६ रहेकामा ६९ मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ । तथ्यांकअनुसार चालू वर्ष सरकार वादी रहेका २ सय ३० र दुनिया वादी रहेका ४ सय ७६ मुद्दा छन् । अब सबैगरी ३ सय ७० मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अदालतले जनाएको छ । ‘चालू वर्ष ३ सय ६७ मुद्दा फर्छ्योटको लक्ष्य रहेकामा ९१.५५ प्रतिशत प्रगति भएको छ,’ स्रेस्तेदार भट्टराईले भने, ‘३ सय ३६ मुद्दा फर्छ्योट भएका छन् ।’  

अदालतले मुद्दाको कारबाहीका लागि कार्ययोजना नै बनाएको छ । न्यायाधीश इङ्नामले मुद्दालाई सरल, सामान्य र विशेष गरी ३ प्रकारमा वर्गीकरण गरेको बताए । उनले मुद्दाको प्रकारअनुसार सफ्टवेयर निर्माण भएको र मुद्दा सफ्टवेयरमा दर्ता हुनेबित्तिकै मुद्दाको बकपत्र, सुनुवाई, फैसलालगायत कहिले गर्ने भन्ने सामान्य तालिका कम्प्युटरले आफैं देखाउने गरेको बताए । ‘सरल मुद्दा ६ महिना, सामान्य १ वर्ष र विशेष मुद्दा डेढ वर्षभित्र फर्छ्योट भइरहेका छन्,’ उनले भने, ‘अदालतमा अब बढीमा २ वर्षभित्रका मुद्दा मात्र फैसला हुन बाँकी छन् ।’  

विभिन्न मुद्दामा फैसला भएपनि प्रतिवादी फरार रहेको र उनीहरूले १ हजार ९ सय ५३ वर्ष ८ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ । फैसला भएका प्रतिवादीबाट ६ करोड २६ लाख २६ हजार ५ सय ५४ रुपैयाँ जरिमाना असुल गर्न बाँकी छ ।  

आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ७८ मुद्दा लगत रहेकामा २ सय २४ र आव ०७६/०७७ मा ५ सय ७६ मुद्दा लगत रहेकामा २ सय ६४ मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ।
अर्को समाचार
सम्बन्धविच्छेदका घटना बढ्दै
१९ वैशाख २०८१
•
१ मिनेट पाठ
सम्बन्धविच्छेदका घटना बढ्दै
गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन्। गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन्।




जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन्। वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन्।

यसैबीच, रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन्। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ। राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ। रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस