विदेश जानेको पीडा: युएई पुगेका १९ नेपाली अलपत्र
०२ चैत्र २०८०
•
३ मिनेट पाठ
विदेश जानेको पीडा: युएई पुगेका १९ नेपाली अलपत्र
जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुगेका हुन्।




प्रतिव्यक्ति एक लाख ९९ हजार रूपैयाँका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्।

कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरूसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारू चार महिनादेखि अलपत्र परेका हुन्।

वैदेशिक रोजगारीका नाममा ठगीमा परेका १९ नेपाली युवाले म्यानपावरबाट साँवा-ब्याज फिर्ता हुने गरी उद्धारको पहल गरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरिरहेका छन्। सरसफाइ कर्मचारीका काममा लगाउने भन्दै ती युवालाई फरकफरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नुर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो। सम्झौतापत्रमा उल्लेख भएको कम्पनीमा नलगी अन्यत्र राखेर फरकफरक काममा लगाउने गरेको उनीहरूले बताएका छन्।

अलपत्र परेका १९ नेपाली युवामध्ये १२ जनालाई सार्जा सेफजोन भन्ने ठाउँमा गोदामजस्तो घरमा राखेको बताइएको छ। अन्य सात युवा अन्यत्र राखिएका छन्। म्यानपावर व्यवसायी राजकुमार चौधरी, श्याम विश्वकर्मा, निराजन पाण्डे, सन्दीप वाग्ले, शम्भुदास ताती र कुमार तामाङलाई एक लाख ३५ हजारदेखि दुई लाख २० हजार रूपैयाँ तिरेर युएई पुगेको उनीहरू बताउँछन्।

ऋण काढेर युएई पुगेका युवालाई कहिले स्कूलमा, कहिले मस्जिदमा, कहिले सडक, कहिले सोफा कम्पनीमा ७०/८० किलोको भारी उचाल्ने काम गर्न पठाउने गरिएको छ। नियास नाम गरेका भारतीय र नेपालका सञ्जय थापाले अरू कम्पनीमा काम खोजेर केही दिन काम लगाउने तथा काम नभेटेसम्म कोठामै राख्ने गरेका छन्।

काम नगरेको दिन आफ्नै खर्चमा खाँदै बस्नुपरेको पर्शुरामले भिडियोमार्फत बताएका छन्। पर्शुराम र धादिङका तिलकबहादुर सुनार फागुन ११ गते तथा अन्य युवा चार महिना युएई पुगेका हुन्।

“यहाँ हामीलाई गोदामजस्तो ठाउँमा राखेको छ, अनि जताजता काम पाउँछ, त्यतै सम्पर्क गरेर पठाउँछ, कहिले १० दिन काम गर्न लगाएर बाँकी कोठामै राख्छ”, पर्शुरामले भने, “अहिलेसम्म कम्पनी हेर्न पाएको छैन, गुगलमा खोजी गर्दा पनि भेटिन्न, त्यही कम्पनीमा लैजाउभन्दा तिमीहरूलाई पैसा खर्च गरेर ल्याएको हो, जे भन्छु त्यही गर भन्छ, धेरै बोलिस् भने एकान्त बाटोमा लगेर छाडिदिन्छु भन्दै धम्क्याउँछ, नेपालतिर कसैलाई सुनाइस् भने पैसा काटिदिन्छु भन्ने गरेको छ, अलपत्र अवस्थामा रहेको हामीलाई तत्काल उद्धारका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्‍यो।”

काम र दाम नपाउँदा केही दिनअघि मात्रै तीन दिनसम्म भोकै बस्न बाध्य बनेको उनीहरूले बताएका छन्। “खर्च माग्दा नेपालबाट मगाएर खाउ भन्ने गरेका छन्, घरमा सम्पर्क गरेको थाहा पायो भने अर्कै ठाउँ लैजान्छ, उनीहरू जीवित छन् या मरिसके अत्तोपत्तो छैन”, पर्शुरामले भने, “प्रहरीसँगको सहयोगमा दूतावास जाने तयारी गरिरहेका छौं, कतिपय युवाले तीन महिनाको तलब पाएका छैनन्, बिरामी परेको समयमा आराम गर्न समेत नदिई काममा पठाउने गरेका छन्, राहदानी फिर्ता माग्दा पनि दिंदैन।”

नेपालस्थित म्यानपावरलाई सम्पर्क गर्दा बेवास्ता गर्ने गरेको पीडित युवाको गुनासो छ। पर्शुराम र राजकुमारको धरौटी रकम बुझेका सन्दीप वाग्लेको र समन्वय गर्ने निराजन पाण्डेको मोबाइल बन्द रहेको छ। उनीहरूले फरकफरक नम्बर प्रयोग गर्दै भाइबरमार्फत आफूहरूलाई धम्क्याउने गरेको पीडित युवाले बताएका छन्।  
अर्को समाचार
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
०६ वैशाख २०८१
•
४ मिनेट पाठ
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ। कामको सिलसिलामा वा अन्य देश पुग्ने उद्देश्यले कुवेत ट्रान्जिट परी अलपत्रमा भएका युवा, त्यहाँको भिसा नियम उल्लघंन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीका लागि कुवेतले आममाफी कार्यक्रम सुरु गरेको हो।




अलपत्रमा परेका तथा अवैध रूपमा बसेका आप्रवासी श्रमिकका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो। विभिन्न देशबाट कुवेत पुगेका युवा जरिवानाका कारण आफ्नो देश फर्कन पाएका थिएनन्।

अवैध रूपमा कुवेत पुगेका युवा आफ्नो देश फर्कन अत्याधिक जरिवाना तिर्नुपर्दा उनीहरू लुकेर बस्न बाध्य थिए। कुवेतसरकारले शून्य जरिवानामा आफ्नो देश फर्कन पाउने व्यवस्था मिलाएको हो।

विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारलाई हरेक जरिवाना थियो। कुवेत सरकारले १० जनवरी २०१६ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेत बस्न पाउने विभिन्न व्यवस्था थियो।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको, आपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रूपमा कुवेतमा बसोबास गरिरहेका कामदारहरूले आआफ्नो पासपोर्ट वा राजदूतावासबाट जारी गरिएका (ट्राभल डकुमेन्ट) साथमा लिई कुवेतका गभर्नोरेटअन्तर्गतका भिसा कार्यालय/विभागमा गएर जरिवाना तिरेर नेपाल फर्कन पाउने व्यवस्था थियो। त्यतिबेला जरिवाना तिर्दाको समयमै कुवेत छाडेर स्वदेश फर्कने मिति तोकिने र सोही समयभित्र उक्त कामदारले नेपाल फर्किसक्नुपर्ने नियम थियो।

कुवेतको भिसा नियम उल्लघंन गरेको अवस्थामा कुवेतमा विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ। तर, यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहेमा विनाजरिवाना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुनः कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

१६ देखि ४० वर्ष उमेरका युवा नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक कुवेत पनि एक हो। कुवेतमा एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउनेगरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ। त्यस्तै, गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांकअनुसार ६२ हजार सात सय आठ पुरूष र ४४ हजार सात सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजारभन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४३ हजार पाँच सय सातजना नेपाली युवा श्रम स्वीकृति लिएर कुवेत पुगेका छन्। आवासीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका नेपालीहरू भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कुवेती कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका विदेशी कामदारहरू घोषित आममाफीभित्र सिधैं आफ्नो देश फर्कन मिल्ने दूतावासले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार कुवेतमा गैरकानुनी रूपमा रहेका विदेशी कामदारलाई तीन महिनाको आममाफीको घोषणा गरिएको हो।

‘आममाफीको सर्त भनेको गैरकानुनी रूपमा बसिरहेका तथा काम गरिरहेका विदेशी नागरिकको हकमा मात्रै हो,’ उनले भने, ‘यसमा कुनै अपराध, मुद्दा मामिलामा तथा अन्य किसिमबाट आएका कुनै जरिवानामा परेका व्यक्तिका लागि होइन। त्यस्ता मुद्दा मामिलामा परेका विदेशी कामदार कुवेतको नियमकानुन पूरा गरेरै आआफ्नो देश फर्कन पाइन्छ।’

उनका अनुसार भिषा नियम उल्लघंन गरेर बसेका वा भिषाको म्याद सकिएका कामदारको हकमा कुवेतमै काम गर्न चाहेमा नयाँ स्पोन्सर खोज्नुपर्छ। ‘विदेशी कामदारले कुवेती ६ सय केडी भिसाको जरिवाना तिरेपछि पुरानो स्पोन्सरको स्वीकृतिमा नयाँ स्पोन्सर खोजेर कुवेतमै बसेर काम गर्न सकिन्छ,’ उनले भने।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने दूतावासले जनाएको छ। आपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न र बैंकबाट ऋण लिएका जस्ता हिसाब फर्स्याेट नभएसम्म जान नसक्ने उनले बताए।

गैरकानुनी रूपमा कुवेतमा अवस्थित नेपाली यो सुविधाको प्रयोग गरेर नेपाल समयमै फर्किन दूतावासले अनुरोध गरेको छ। विनाजरिवाना नेपाल फर्कन आममाफी पाएका नेपाली युवा अन्तिम समयमा भीडभाड, विभिन्न कारणले अप्ठेरो पर्ने र आफूले पाउनुपर्ने सुविधाबाट वञ्चित नभई चाँडै नै स्वदेश फर्कदा सहज हुने दूतावासले जनाएको छ।

‘समयअगावै करिब एक महिनापहिले नै यात्रा अनुमतिपत्र दूतावासबाट बनाएर समयमै कामको प्रक्रिया चालेर नेपाल फर्कन अनुरोध गर्न चाहन्छु। गैरकानुनी रूपमा जुन अवस्थामा कुवेत बसिरहनु भएको छ। उहाँहरूलाई विनाजरिवाना स्वदेश फर्कन आममाफीको सुनौलो अवसर हो। यो अवसर नगुमाउँन हार्दिक अनुरोध छ,’ आचार्यले भने।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस