वादी समुदायको न्यायिक माग पूरा गर्न सरकारसँग माग
२७ फागुन २०७७
•
१ मिनेट पाठ
वादी समुदायको न्यायिक माग पूरा गर्न सरकारसँग माग
राष्ट्रिय दलित नेटवर्क नेपालले वादी समुदायको विशिष्ट समस्यालाई पहिचान गरी समाधान गर्न सरकारसँग माग गरेको छ। 




नेटवर्कले पुस्तौँदेखि आफू बसेको जमीनसहित कृषियोग्य भूमिलगायत शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्नलगायत माग राखी यही फागुन १० गतेदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सुर्खेत, दैलेख, कालीकोट, अछामलगायतका जिल्लाका वादी समुदायको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ।  

सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ। 'दिनभरी आफ्ना कला र व्यवसायबाट काम गरी खानुपर्ने अवस्थाका समुदायले यतिका दिनसम्म धर्नामा बस्दा पनि सरकारको कुनै निकायबाट पनि कुनै पहलकदमी नगरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ।

साथै वादी समुदायको आन्दोलनले उठाएका न्यायिक मागको सम्वोधन हुने गरी आवश्यक भूमिका निर्वाह गर्न मुख्यमन्त्री, प्रदेश सरकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा अपिल गरिएको छ। रासस
अर्को समाचार
सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा
०८ पौष २०८०
•
२ मिनेट पाठ
सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा
फाइल तस्बिर
सुर्खेत वीरेन्द्रनगर ३ का मानकुमारी विकले ३० वसन्त पार गरेकी छिन्। उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन्। उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।




छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन्। उनी भन्छिन्, ‘मैले होटेल सञ्चालन गर्न ‘कुक’ को काम जानेकी छु तर लगानी गर्ने ल्याकत नहुँदा बिदेसिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ।’

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन्। ‘म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु। त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्‍यो’, उनले भनिन्।

मानकुमारीजस्तै वडा नं.३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेकी छिन्। उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन्। धनाको पारिवारिक आर्थिक अवस्था कमजोर छ। रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन्। घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ। स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छिन्। चार छोराछोरी र रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन।

‘मैले सिलाइबुनाइको काम जानेकी छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु। एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्‍यो’, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन्।

धना मात्रै होइन, अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन्। उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन्।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए। पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्। वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो। –रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस