हराए लालसेना, बिलाए सपना
२२ फागुन २०७७
•
४ मिनेट पाठ
हराए लालसेना, बिलाए सपना
तत्कालिन माओवादीको माइतीगाउँ पोखरी । तस्बिर : डिबी/नागरिक
जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो,“अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।”




नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनि गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउने देखि कम्युन स्थापना गरेर साझा सम्पतिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए । तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, त बति सपना साकार हुन सकेनन्  । बेकार बने । स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् ।

उनले भने,“तत्कालिन लालसेना भनिएका जनमुक्ति सेना नेपाली सेनामा समायोजन भए । कोही घर फर्किएर कृषि क्षेत्र, व्यापार व्यवसायमा लागेका छन् । सर्वहारा वर्गको हितको लागि भुमिगत जीवन विताइरहेका अहिले व्यक्तिगत स्वार्थमा लागेका छन् । ”

अहिले तिला गाउँपालिका ७ मा पर्ने पोखरी गाउँ नेकपा माओवादीको जिल्ला हेडक्वाटर थियो । तत्कालिन जिल्लाका इन्चार्ज,सह इन्चार्र्ज, सेक्रेटरी बस्थे । हप्तै पिच्छे भेला प्रशिक्षण, साँस्कृतिक कार्यक्रम भइरहन्थे । प्रशिक्षण दिन देव गुरुङ, खड्कबहादुर विश्वकर्मा, जनार्दन शर्मा,बर्षमान पुन पुग्थे ।  

उनी भन्छन,“त्यतिबेलाका क्रियाकलाप हेर्दा त जनसत्ता स्थापित भएर सबै सपना पुरा हुन्छन भन्ने लाग्थ्यो । तर अहिले न नेता भेटिन्छन् । नत कार्यकर्ता नै । सेना त भेटिने कुरै छैन । ” गाउँमा जनसरकार थियो । हरेक व्यक्त एक गाउँ देखि अर्को गाउँ जान जनसत्ताको सिफारिस अनिवार्य थियो ।  

गाउँमा नयाँ मान्छे प्रवेश गर्दा उच्च निगरानी गरिन्थ्यो । मदिरा निषेध गरिएको थियो । छुईप्रथा, जारीप्रथा,वालविवाह, वहुविवाह हुदैनथ्यो । धुमधामले पाटीभोज गर्न पाइदैनथ्यो । समाजमा मान्दै आएका हरेक चाडपर्व लगायतका सामाजिक कार्य जनवादी तरिकाले हुन्थे ।

स्थानीय हर्कबहादुर बोहोराले भने,“पहिले मदिरा बन्द गर्ने माओवादी कार्यकर्ता जड्याह भएका छन । जुवातास, वेश्यावृत्ति देखि आर्थिक अनियमितता र बालविवाह, वहुविवाहमा सहभागि छन । देउताका थान भत्काउथे । अहिले आफै धामी बनेर नाच्दछन् । ”

माओवादी नेता सर्वहारा शैलीमा प्रस्तुत हुन्थे । नेपाललाई स्वीटजर ल्याण्ड बनाउने सपना सुनाउथेँ । जन एकताका भाषण सुनाउँथे । उनीहरुका सञ्चार पोष्ट,जनअदालत, वित्तिय बैंक,एफएम रेडियो, थिए । केन्द्र देखि गाउँ सम्म सबै संरचना निर्माण भइसकेका थिए । गाउँमा बंकर थिए । सेन्ट्रिपोष्ट थिए । ती सबै संरचना नामेट भइसकेका छन् ।  

जनयुद्धका कुनै पनि अवशेष गाउँमा भेटिँदैन । देशलाई एक ढिक्का बनाएर सभ्य समाज निर्माण गर्ने परिकल्पना बोकेको तत्कालिन नेकपा माओवादी अहिले चिराचिरा भएको छ । न नेकपा माओवादी पार्टीको यथावत छ । नत माओबादी बिचार धारा । केबल स्वार्थ बोकेका नेता तथा कार्यकता मात्र बाँकी छन् ।  

माओबादी कार्यकर्ता बीचको माया स्नेह वर्णन जति वर्णन गरेपनि पुग्दैन । भेटिदा अंकमाल हुन्थ्यो । हर्षको आशु बगाइन्थ्यो ।  छुटिदा रोइकराई हुन्थ्यो । अहिले माओवादी कार्यकर्ता बीच चर्को विभेद छ । एक आपसमा कहिल्यै मिल्दैनन । जनयुद्धका घाइते पुस्कार भन्छन,“सपना निकै ठुलो बोकेर लडियो । अहिले समाजमा अपमानित भएर बस्न बाध्य छौँ । पुरानै सामाजिक संस्कार संग जुधिरहनु परेको छ ।” उनी कैलालीको पाण्डौन भिडन्तमा घाइते भए । उनको शरीरमा गोली अझै छ ।  

देश र जनताको मुक्तिको सपना देखेका माओवादी ठेकेदार बनेका छन । महंगो खाना खान्छन । विलासी जीवन विताउँछन् । माओवादी जनयुद्धमा लागेर मृत्यवरण गरेका मृतकको सपना पूरा गर्न सकेका छैनन् । बेपत्ताको खोजविन हुन सकेको छैन । घाइतेको उपचार हुन सकेको छैन ।  

जनयुद्धकालमा वर्तमान शिक्षा प्रर्णालीलाई बुर्जुवा शिक्षा भनिन्थ्यो । जनवादी शिक्षा लागु गरेर शिक्षामा समानता कायम गर्ने गुलिया भाषण हुन्थे । अहिले त्यही बुर्जुवा शिक्षाको खोस्टो नभइँ काम चल्दैन । माओ विचारधारा र प्रचण्डपथ छैन । जनयुद्ध दिवस पनि कन्ज्युस्याइँ गरेर मनाउँछन । शिक्षा,स्वास्थ्य, रोजगार, गासबास र कपासको ग्यारेण्टी गर्ने भन्ने माओबादी नेता कैयन पटक सत्तामा पुगिसके । तर जनताका दुख व्यथा ज्युँकात्युँ छन् ।  

जनताका आधारभुत आवश्यकता पूरा गर्ने निकायमा अहिले पनि पावर पहुँचकै हालीमुहाली छ । गाउँमा पुल, पुलेसा र सडक पुगेको छैन । नेताले घरघडेरी जोडिसके ।  

अहिले लाग्न थालेको छ,'गाउँमा जनयुद्ध चलेको थिएन । माओवादी कार्यकर्ता आएर जनताको घरदैलोमा बसेका थिएनन । त्यहि भएर अहिले माओवादी छिन्नभिन्न छन् । स्वार्थी र लोभी पापी माओवादी नै बनेका छन् ।'
अर्को समाचार
समृद्धि सपनामै सीमित
०३ फागुन २०७७
•
८ मिनेट पाठ
समृद्धि सपनामै सीमित
कर्णाली प्रदेश सरकारले आयोजना गरेको तीन वर्षे उपलब्धी सार्वजनिक कार्यक्रममा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सभामुख राजबहादुर शाही । नगेन्द्र उपाध्याय/नागरिक
२०७४ माघमा कर्णाली प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले भनेका थिए, सबैभन्दा गरिव प्रदेशलाई पाँच वर्षभित्र देशकै धनी प्रदेश बनाउन विकासको डोजर चलाउनु आवश्यक छ । गफ गर्ने होइन्, हातहातमा फरुवा बोकेर श्रममा जुट्न आवश्यक छ ।  




तिनै शाही तीन वर्षदेखि मुख्यमन्त्रीका रुपमा विकासरुपी डोजरको ड्राइभिङ सिटमा छन् । तिनै ड्राइभरको हातमा सबैभन्दाबढी विकास बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय पनि छ । तर, प्रदेश सरकारको काम जनतालाई सपना देखाउनमै सीमित छ । सपना पूरा गराउनेतर्फ भने चासो दिएको देखिदैन् । समग्रमा भन्दा कर्णाली सरकार तीन वर्षे अवधिमा यहाँको १७ लाख ७० हजार जनसंख्यालाई सपना देखाउनमै केन्द्रीत भयो । देखाएका सपना पूरा गर्नेतर्फ उदासिन रह्यो ।

मुख्यमन्त्री बने लगत्तै शाहीले पाँच वर्षे कार्यकालका पाँच प्रतिवद्धता सार्वजनिक गरेका थिए । यो अवधिसम्म उनका एउटै प्रतिवद्धता पूरा भएका छैनन् । २०७४ फागुन ३ गते मुख्यमन्त्रीको कार्यभार सम्हालेका शाहीको पहिलो प्राथमिकता थियो, सबै स्थानीय तहमा सडक पु¥याउने ।  

कर्णालीमा ७९ वटा स्थानीय तह छन् । अझै पनि ३८ स्थानीय तहका केन्द्रसम्म यातायातको पहुँच छैन् । हुम्ला जिल्ला राष्ट्रिय सडकको पहुँच बाहिरै छ । दक्षिणको छिमेकी भारतसँग कर्णाली जोडिएको छैन् । उत्तरको छिमेकी चीनसँग जोडिनका लागि अझै केही वर्ष कुर्नुपर्ने बाध्यता कर्णालीबासीसँग छ । विकासरुपी डोजरको स्टेयरिङ समातेदेखिनै मुख्यमन्त्री शाहीले चीनसँगका सीमासम्म सडक सञ्जाल पु¥याउन पहल नगरेका होइनन् । यसमा उनले संघीय सरकारको साथ पाएका छैनन् ।  

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका लागि रारा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा २०७५ बैशाख १ गते रारा तालको किनारमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जमुनाह–हिल्सा सडकलाई प्रधानमन्त्री द्रूतमार्ग घोषणा ग¥यो । यसको एउटै कारण संघीय सरकारको प्राथमिकतामा परोस् भन्ने थियो । तर, नाम अनुसार यो सडक संघीय सरकारको प्राथमिकता परेन् । 

प्रदेश सरकारले २०७५ असोजमा मन्त्रिपरिषद् बैठकबाटै संघीय सरकारलाई जमुनाह–हिल्सा सडक निर्माण र स्तरोन्नति गरिदिन पत्राचार ग¥यो । संघीय सरकारले आर्थिक वर्ष २०७६–०७७ को नीति, कार्यक्रम र बजेटमा प्रधानमन्त्री द्रूतमार्गलाई राष्ट्रिय गौरवको योजनाका रुपमा समावेश गर्ने मौखिक आश्वासन दिएपनि त्यो पूरा भएन् ।  

सोही वर्ष कर्णालीसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तको भ्रमण गरेर फर्केपछि मुख्यमन्त्री शाहीले कर्णालीलाई दुई ठूला छिमेकी (भारत–चीन) लाई जोड्ने पुलको रुपमा विकास गर्ने घोषणा गरे । सोही अनुरुप चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले सडकको डिपिआर ग¥यो ।  

प्रदेश सरकारले चीनीयाँ कम्पनीले बुझाएको विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन, सडक निर्माणको आसयपत्रसहितको प्रतिवेदन २०७६ भदौ १५ गते संघीय सरकारलाई बुझायो । ‘सुर्खेतदेखि हिल्सासम्मको हालको पाँच सय किलोमिटर दूरीको यो सडक सीआरइइसीले ४०३ किलोमिटरमा छोट्याउने गरेर डीपीआर तयार गरेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘निर्माण अनुमतिका लागि सबै प्रक्रिया पु¥याएर संघीय सरकारलाई बुझाउँदा पनि यसको कुनै सुनुवाई भएन् ।’ मुख्यमन्त्री शाही कर्णाली मात्रैै नभएर समग्र नेपालकै विकास र समृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने द्रूतमार्ग निर्माणमा संघीय सरकार अनिच्छुक देखिएको बताउँछन् ।  

‘चीन सरकारको प्रस्ताव अनुसार सडक बनेमा छदेखि आठ घण्टामा वीरेन्द्रनगरबाट हिल्सासम्म पुग्न सकिन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको तिब्र विकास र समृद्धिका लागि प्रदेशले बनाएको योजनामा संघको साथ पाइराखेका छैनौं ।’

अर्को त्रिदेशीय सडक जमुनाह–कोहलपुर–दैलेख–मुगु हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणको गति पनि सुस्त छ । २०७५ जेठ ७ गते मुख्यमन्त्री शाहीले दैलेखको माथिल्लो डुङ्गेश्वरमा डोजर चलाएर यो सडकको शिलान्यास गरेका थिए । ‘भारतसँग सीमा नजोडिएकाले उत्तरतर्फ सडक विस्तार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता हो,’ मुख्यमन्त्री शाहीले भने, ‘हामीले जमुनाह–हिल्सा सडकसहित उत्तरतर्फ जोड्ने सबै सडकलाई उच्च महत्व दिएर काम गरिरहेका छौं ।’ भौतिक पूर्वाधार विकास मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री शाही कर्णालीमा चार सयबढी सडक निर्माणका क्रममा रहेको जानकारी दिए ।  

प्रदेश सरकारले आफ्नो तीन वर्षे कार्यकालमा ८८७.८७ किलोमिटर सडकको नयाँ ट्याक खोलेको दावी गरेको छ । सरकारले एक सय ६७ किलोमिटर सडक ग्राभेल गर्नुका साथै यो अवधिमा आठ किलोमिटर सडक कालेपत्रे गरिएको जनाएको छ । यस्तै यो अवधिमा पाँचवटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण गरिएको कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धीमा उल्लेख छ ।  

मुख्यमन्त्री शाहीले दोस्रो प्राथमिकतामा एक स्थानीय तह, एक प्राविधिक शिक्षालयलाई राखेका थिए । ७९ स्थानीय तह मध्ये अहिलेसम्म एउटै प्राविधिक शिक्षालय स्थापना भएका छैनन् । प्रत्येक जिल्लामा सुविधा–सम्पन्न अस्पताल बनाउने लक्ष्यमा भने केही सफलता मिलेको छ । प्रदेश सरकारको प्रगति विवरणमा कर्णालीवासीको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र स्तर कायम गर्नका लागि कर्णाली प्रदेश अस्पताललाई ३०० शय्या र जिल्ला अस्पतालहरुलाई ५० शय्यामा विकास गर्नेगरी पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गरिएको उल्लेख छ ।  

प्रदेश सरकारले कर्णालीलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएपनि सो अनुसार भौतिक पूर्वाधार निर्माणमा ध्यान दिएको छैन् । प्रदेश सरकार गठन लगत्तै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले २०७५ साललाई कर्णाली पर्यटन वर्षका रुपमा मनाउने निर्णय ग¥यो । बैशाख १ गते प्रधानमन्त्री ओलीले मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ गरे । पाँच लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्ष उपलब्धी भन्दा विवादमा बढी केन्द्रीत भयो । प्रदेश सरकार पहिलो कार्यक्रमबाटै भ्रष्टाचारमा मुछियो ।  

यस्तै सबै स्थानीय तहमा विद्युत पु¥याउने प्रदेश सरकारको लक्ष्य पनि पूरा भएको छैन् । प्रदेश राजधानीमै विद्युतको समस्या छ । साविकका कर्णालीका पाँच जिल्ला अझै राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएका छैनन् ।

घोषणामै सीमित

कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई आर्गानिक कृषिको ‘हव’ बनाउने निर्णय गरेको तीन वर्ष पुग्न लाग्यो । मन्त्रालयले आर्गानिक कृषि उत्पादन तथा अन्य देशबाट प्रदेशमा आयात हुने कृषिजन्य वस्तुलाई क्रमशः निरुत्साहित गर्नेगरि ल्याएको योजना कार्यान्वयनमै आएको छैन् । मन्त्रालयले प्रदेशलाई विषादीरहित बनाउनका लागि प्रदेशका दुई मुख्य नाका बबई र कपुरकोटमा स्थापना गर्ने भनिएको विषादी प्रयोगशाला पनि स्थापना गर्न सकेको छैन् ।

‘समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ भन्ने मूल नारासहित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुरु गरेको ‘समृद्धिका लागि सुरक्षा अभियान’ ट्रायलमै ‘फेल’ भयो । २०७४ फागुन १० गते शुभारम्भ गरिएको यो अभियान अन्तर्गत सुरक्षा साईरन जडान गर्ने, सार्वजनिक सवारी साधनहरुमा जिपिएस ट्र्याकर जडान, मदिरा नियन्त्रणजस्ता कामहरु गर्ने लक्ष्य थियो । प्रदेश राजधानी वीरेन्द्रनगरको एउटा टोलमा कम्युनिटी साइरन जोड्नेमै यो कार्यक्रम सीमित रह्यो । मन्त्रालयले प्रहरी कारबाहीलाई दुरुस्त बनाउने, प्रदेशको राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक प्रविधियुक्त कन्ट्रोल रुमको स्थापना गर्ने, प्रदेशका दशवटै जिल्लाहरुका सदरमुकाम तथा महत्वपूर्ण स्थानहरुमा सिसी क्यामराको जडान गरेर उक्त कन्ट्रोल रुमबाट नै अनुगमन गर्ने व्यवस्था मिलाइने योजना सार्वजनिक गरेको थियो ।

केही महत्वपूर्ण काम

सात वटा प्रदेश मध्ये सुरुमै प्रदेशको नाम ‘कर्णाली’ र राजधानी ‘वीरेन्द्रनगर’ तय गरेर यसले देशैभर चर्चा कमायो । प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनको रुपमा बनाउँदै आएको छ । पछिल्लो समय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यविधि बनाएरै सबै स्थानीय तहमा श्रमदिनलाई अनिवार्य गरेको छ । सरकारले कर्णालीका १७ लाख ७० हजार कर्णालीबासीको सामुहिक विमा गरेको छ । प्राकृतिक प्रकोपबाट मृत्यु भएका नागरिकलाई दुई लाख रुपैयाँ दिने गरेर गरिएको दुर्घटना विना कर्णाली सरकारको महत्वपूर्ण उपलब्धी हो । यसका साथै जोखिममा रहेका ५० हजार घरको पनि प्रदेश सरकारले निःशुल्क विमा गरिदिएको छ ।

यसका साथै कर्णालीमा जन्मने छोरीहरुका लागि प्रदेश सरकारले ‘बंैक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका ६ हजार ५०० छोरीहरुको बंैक खाता खोलिएको छ । यस कार्यक्रमअन्तर्गत २०७६ साउन १ गते यता जन्मिएको छोरीहरुको स्थानीय तहमा रहेका बंैकहरुमा खाता खोलिन्छ । उक्त खातामा सरकारले मासिक ५०० रुपैयाँ रकम जम्मा गर्छ । २० बर्ष पुगेपछि उनीहरुले ब्याजसहित उक्त रकम निकाल्न पाउँछन् ।

यस्तै छोरीबुहारी, दलित जेहनदार, द्वन्द्वपीडित तथा सहिद परिवारका लागि उच्च प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम पनि कर्णाली प्रदेश सरकारको तीन बर्षे उपलब्धीमा समावेश गरिएको छ । यस अन्र्तगत नर्सिङ, एचए, फार्मेसी, कविराज, ल्याव टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, पन विज्ञान, इन्जिनियरिङ, कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि छोरी–बुहारी छात्रवृत्ति दिइरहेको छ । ‘प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउनका लागि यो कार्यक्रम लागू गरेका हौं,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘कार्यक्रम निकै प्रभावकारी बनेको छ ।’

यस्तै कृषितर्फ १० वटै जिल्लामा एक÷एक स्थानीय तहमा सहकारी नमूना गाउँ स्थापना, ४४८.१५ किलोमिटर नयाँ कृषि सडक निर्माण, ५१.३७ किलोमिटर कृषि सडक मर्मतलगायत उपलब्धी भएको प्रदेश सरकारले उल्लेख गरेको छ ।

कर्णालीका विभिन्न जिल्लाबाट बार्षिक १२ करोड रुपैयाँ बराबरको दुध निर्यात पनि गर्न थालिएको छ । कृषि कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत हालसम्म ३२ जना कृषकले कुल ५ करोड ५० लाख रुपैयाँ कर्जा पाएका छन् ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस