म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन
२२ फागुन २०७७
•
२ मिनेट पाठ
म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन
म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन । तस्बिर : नागरिक
म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।




शान्तिपूर्ण विरोध प्रदर्शनका सहभागीले म्यानमारमा जारी नरसंहार बन्द गर्नुपर्ने बताउँदै आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताएका छन्। उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग राखेका छन्। प्रदर्शनमा बोल्दै लेखक खगेन्द्र संग्रौलाले म्यानमारका जनताप्रति ऐक्यबद्धता जनाउन सडकमा आएको तर्क गरे। ‘हामी स्वतन्त्र नागरिक म्यानमारका जनताप्रति ऐक्यबद्धता जनाउन सडकमा उभिएका छौं,’ उनले भने, ‘यो लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय हो। बर्मामा अहिले जारी परिस्थिति लामो समय चल्नेवाला छैन।’ 

उनले म्यानमारमा तानाशाही शासकको क्रूर इतिहास अत्यन्त लामो भएको बताए। ‘बर्मामा तानाशाहीको क्रूर इतिहास अत्यन्त लामो छ,’ उनले भने, ‘त्यहाँका शासकका निम्ति मान्छे मार्नु भनेको कुकुर मार्नुभन्दा सजिलो छ। अहिले सबै देखिएको छ। मानिसलाई जथाभावी कुटिएको छ। बुटदेखि बन्दुकको कुन्दाले हिर्काइएको छ। एकै दिन ३८ जना नागरिकको सडकमा आमहत्या हुँदासमेत त्यहाँका नागरिक नडराई छाती थापेर ‘कि जीवन कि स्वतन्त्रता’ भन्ने संकल्पका साथ सडकमा उत्रिएका छन्। त्यसैले म्यानमारका नागरिकले जित्नेछन्। उनीहरूको महान् संघर्षप्रति ऐक्यबद्धता जनाउँदै हामी यहाँ उपस्थित भएका छौं।’  

विरोध प्रदर्शनमा कलाकारहरूले म्यानमारमा जारी सैन्य दमनविरुद्ध नाटक प्रस्तुत गरेका थिए। त्यस्तै नागरिक अभियन्ता डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठक र खगेन्द्र संग्रौलालगायत सहभागीले तीनऔंला देखाएर शान्तिपूर्ण विरोध गरेका थिए। गत माघ १९ मा सेनाले सत्ता हातमा लिएयता म्यानमारमा विरोध भइरहेको छ। शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा ५९ जनाको मृत्यु भएको छ। त्यहाँ सैनिक ‘कु’विरुद्ध बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि कम्तीमा ३८ जना मारिएको पुष्टि गर्दै संयुक्त राष्ट्रसंघले रक्तपातपूर्ण दिन भनेको थियो। अहिले म्यान्मारभर विरोध प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। 

सेनाले सत्ता कब्जा गरेसँगै नेत्री आङ सान सुकीसहित नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेतालाई बन्दी बनाएको छ। प्रदर्शनकारीले उनीहरूको रिहाइ र सैनिक शासन अन्त्यको माग गरिरहेका छन्। सैन्य सरकारले विभिन्न चारवटा अभियोग लगाएपछि सुकीलाई आगामी चैत २ मा अदालत पेस गरिने जनाइएको छ। चुनावमा सुकीको दल एनएलडी विजयी भएलगत्तै सेनाले चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको थियो।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ। अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन्। अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन्।
अर्को समाचार
मेयरको घर अगाडि फोहोर फाल्दै कालोमाेसो दल्ने चेतावनी
१४ कार्तिक २०७८
•
१ मिनेट पाठ
मेयरको घर अगाडि फोहोर फाल्दै कालोमाेसो दल्ने चेतावनी
जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन्।




चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर विरोध गरेका हुन्। उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन्। शुभ दीपावली नजिकिँदै फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरुले नगरप्रमुख साहलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन्।

वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई कालोमाेसो दल्ने चेतावनी दिए। वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन्।

प्रहरीले नगरप्रमुख साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए। वडाध्यक्षहरुले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन्।

जनकपुरधाम उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगर प्रमुख साहप्रति जनप्रतिनिधिहरु पनि आक्रोशित बनेका छन्।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस