म्यानमारमा सैनिक दमन, नेपाल मौन
१६ चैत्र २०७७
•
३ मिनेट पाठ
म्यानमारमा सैनिक दमन, नेपाल मौन
भौगोलिक हिसाबले नजिक र नेपालीभाषीको समेत बसोबास रहेको म्यानमारमा सेनाले नागरिकमाथि बर्बर दमन र हत्या शृंखला दोहोर्‍याइरहँदा नेपालले भने आश्चर्यजनक मौनता साँधिरहेको छ। गत फरवरी १ मा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र जननिर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको विरोधमा नागरिकहरूले गर्दै आएको प्रदर्शनमा सेनाले बर्बर दमन गर्दै आएको छ।




शनिबार त्यहाँको सेनाले ‘नेसनल आम्र्ड फोर्सेज डे’ मनाइरहेका बेला प्रदर्शनकारीले सैनिक कुको विरोध गर्दा हालसम्मकै ठूलो संख्यामा प्रदर्शनकारीले ज्यान गुमाएका छन्। सेनाको गोली प्रहारबाट त्यसदिन मात्रै झन्डै एक सय प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने घाइते हुने र गिरफ्तारमा पर्नेको संख्याको लेखाजोखै छैन।

मृत्यु हुनेमा बालबालिकासमेत छन्। सेनाले सत्ता हातमा लिएपछि भएका प्रदर्शनमा सेनाले गोली प्रहार गर्दा अहिलेसम्म मृत्यु हुने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ। शनिबार सेनाको गोली प्रहारबाट सबैभन्दा धेरै नागरिकको ज्यान गुमाइरहँदा सैनिक प्रमुख मिङ आङ लिआङ भने बिनासंकोच आफ्ना जनरलहरूसँग भव्य पार्टी गरिरहेका थिए।  

म्यानमारमा सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको र छिट्टै प्रजातान्त्रिक व्यवस्था पुनर्बहाली हुने विश्वास व्यक्त गरेको नेपालले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। अनौपचारिक रूपमा भने नेपालले बर्मामा भइरहेको घटनाक्रमलाई गैरप्रजातान्त्रिक गतिविधि भन्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियासँगको अन्तर्वार्ताका क्रममा त्यहाँ भइरहेका हिंसात्मक घटनालाई गैरप्रजातान्त्रिक र निन्दनीय भएको बताउने गरेका छन् तर औपचारिक रूपमा भने मुख खोलेका छैनन्।  

‘सामान्यतया नेपाल कसैको आन्तरिक विषयमा टिप्पणी गर्दैन। हाम्रो तटस्थ परराष्ट्र नीति हो तर म्यानमार घटनाप्रति हाम्रो असहमति छ। त्यहाँ सेनाले सत्ता हातमा लिइसकेपछि हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौं,’ परराष्ट्र मन्त्रायलयका एक उच्च अधिकारीले भने। त्यहाँ भइरहेका पछिल्ला हिंसात्मक घटनाबारे पनि सरकारले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्न सक्ने ती अधिकारीको भनाइ छ।  

परराष्ट्र मामिलाका जानकार पनि हाल म्यानमारमा भइरहेको हिंसात्मक घटनाबारे नेपालले मुख खोल्नुपर्ने बताउँछन्। ‘नेपालले त्यहाँ भइरहेका हिंसात्मक गतिविधिबारे आवाज उठाउनुपर्छ,’ पूर्वपरराष्ट्र सचिव एवं परराष्ट्र मामिलाका जानकार मधुरमण आचार्यले भने। म्यानमारमा भइरहेका हिंसात्मक गतिविधिको नागरिक समाजका अगुवाहरूले विरोध गर्दै प्रजातान्त्रिक मूल्य र त्यहाँका नागरिकले गरिरहेको प्रजातान्त्रिक आन्दोलनका पक्षमा अडान लिन नेपाल सरकारलाई आग्रह गरेका छन्।

उनीहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै त्यहाँ शनिबार सेनाले आयोजना गरेको आम्र्ड फोर्स डेका अवसरमा आयोजना गरिएको कार्यक्रममा कैयौं मुलुकका कूटनीतिक प्रतिनिधिहरूले सहभागिता जनाएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। उनीहरूले त्यहाँ संवैधानिक व्यवस्था पुनस्र्थापनाका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन्।  

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ। कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेत्री आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको बताएका छन्।  

म्यानमारमा भएको सैनिक दमन र त्यसबाट भएको मानवीय क्षतिको अमेरिका, बेलायत र युरोपियन युनियनले भत्र्सना गर्दै त्यहाँ भइरहेको हिंसात्मक गतिविधि रोक्न आग्रह गर्दै आएका छन्। विभिन्न अन्तर्राष्ट्रिय समुदायहरूले समेत म्यानमारमा भइरहेको सैन्य दमनलाई भयानक, बर्बर र अस्वीकार्य भनेका छन्। लामो समय बेलायती उपनिवेशमा रहेको म्यानमार सन् १९४८ मा स्वतन्त्र भएको थियो। त्यसयता अधिकांश समय त्यहाँ सेनाले सत्ता सञ्चालन गर्दै आएको छ।
अर्को समाचार
म्यानमारमा थप ८२ मारिए
३० चैत्र २०७७
•
१ मिनेट पाठ
म्यानमारमा थप ८२ मारिए
जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको म्यानमारको सेनाले शुक्रबार एकै दिन ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा उक्त संख्यामा हताहती भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ।  




म्यानमारका स्थानीय मिडिया र घटनाका प्रत्यक्षदर्शीका अनुसार सुरुमा उक्त आक्रमणमा केकति प्रदर्शनकारीको मृत्यु भयो भन्ने यकिन भएको थिएन । सेनाले हत्या गरिएका प्रदर्शनकारीको शव एकमाथि अर्काे राख्दै वरिपरिबाट घेरेको थियो । स्थानीय समाचार संस्था ‘म्यानमार नाओ’ ले पनि उक्त हमलामा ८२ जनाले ज्यान गुमाएको जनाएको छ। उक्त समाचार संस्थाका अनुसार सेनाले शुक्रबार बिहानैदेखि गोली चलाउन सुरु गरेको र यो क्रम दिउँसोसम्म पनि जारी थियो।  

म्यानमारका सामाजिक सञ्जालहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा सेनाले हालसम्म ६ सय १८ जनाको हत्या गरेको छ । सेनाले भने यसलाई अस्वीकार गर्दै आएको छ। सेनाका प्रवक्ता मेजर जनरल मिन टुनले शुक्रबार एक पत्रकार सम्मेलनमा दुई सय ४८ जना प्रदर्शनकारी र १६ जना सुरक्षाकर्मीको मृत्यु भएको दाबी गरेका थिए। उनले सुरक्षा फौजले प्रदर्शनकारीमाथि कुनै पनि किसिमका स्वचालित हतियार प्रयोग नगरेको दाबी गरे । म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि गोली चलाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका घटनाले भने सेनाको दाबीलाई गलत साबित गरिदिएको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस