युवकको हत्या
१५ फागुन २०७७
•
१ मिनेट पाठ
युवकको हत्या
कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा एक युवकको हत्या गरिएको छ । गेटा आँखा अस्पताल नजिकै पसल संचालन गर्दै आएका अन्दाजी ३६ बर्षिय शिव चरण रानाको शनिवार बिहान हत्या भएको प्रहरीले जनाएको छ । पसलवाट बिहान ४ बजेतिर साईकिलमा भैसिको ‘दुध दुहुन’घर जान गएका राना गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा मृत फेला परेका थिए । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले प्रारम्भीक अनुसन्धान अनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए । टाउँकोको दुई ठाउँमा ठूलो चोट लागेको छ । पसल बन्द गरेर घर खाना जाने राना शुक्रवार साँझ घर नगएर पसलमै सुतेको उनकी श्रीमती सुगुनी रानाले बताइन् । रानाको हत्याको अनुसन्धानका क्रममा १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरी उपरिक्षक जवराले बताए । ‘कुनै न कुनै रुपमा राना सँग जोडिएका १४ जना सँग सोधपुछ भैरहेको छ’उनले भने । तर अहिले सम्म हत्या गर्ने व्यक्ती पत्ता लाग्न सकेको छैन ।  तालिम प्राप्त कुृकूर पनि घटनास्थल लगिएको थियो।  


अर्को समाचार
अवैध सम्बन्धले व्यापारीको हत्या
२० फागुन २०७७
•
३ मिनेट पाठ
अवैध सम्बन्धले व्यापारीको हत्या
गत शनिबार मृत अवस्थामा भेटिएका गोदावरी नगरपालिका—५, का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाले हत्या गराएको खुलासा भएको छ । गाउँकै एक विवाहित महिलासँग वर्षौदेखि उनको अबैध सम्बन्ध थियो । रानालाई उनकै सम्बन्धमा रहेकी प्रमिकाले दुई जना युवक लगाएर हत्या गर्न लगाएको खुलासा भएको हो ।  चासोको साथ हेरिएको गेटा आँखा अस्पताल नजिक पसल संचालन गरिरहेका रानाको हत्या उनकै सम्वन्धमा रहेकी युवतीले योजनाबद्ध ढंगले गरेको प्रहरीले बताएको छ । प्रहरीले बिहिवार हत्याको मुख्य योजनाकार गोदावरी नगरपालिका ५ कि ३७ बर्षिया जयन्ती चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । युवतीको योजनामा दुईजना युवकले व्यापारी रानाको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक अनुपशमशेर जवराले बताए । हत्यामा संलग्न दुई जना युवक भने अझै फरार रहेका छन । युवतीले आफ्नै भाइ नाता पर्नेलाई ४० हजार रुपैयाँ सुपारी दिएर हत्या गराएको बुझिएको छ । ‘युवतीले भाइ नाता पर्ने युवकलाई हत्या गर्न जिम्मा दिइन् र ती युवकले अर्को एक युवकको पनि सहयोग लिएर हत्या गरेको देखिन्छ,’उनले भने ।




अर्की युवतीसँग लागेपछि हत्या

पसल संचालन गर्न नजिकै ती युवतीको पनि पसल भएकाले करिव १५ बर्ष अघि युवतीको व्यापारी रानासँग चिनजान भएको थियो । विस्तारै दुवैबीचको सम्वन्ध प्रेममा परिणत भयो । दुवै जनाबीच शारीरिक सम्बन्ध हुन थाल्यो । पाँच वर्षअघि युवतीका श्रीमानले व्यापारीसँग रंगेहात फेला पारे ।  रानाले दुई लाख रुपैयाँ दिएर अबदेखि सम्बन्ध टुटाउने भन्दै घटना मिलाइएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक जवराले बताए । ‘युवती रानालाई धेरै माया गर्थिन, उनी बिहे गर्न नै चाहान्थिन्, तर रानाले बिहे गर्न नचाहेर पैसा दिई घटना मिलाए,’ उनले भने,‘रानाले बिहे नगरेपनि युवतीले माया गरेर सम्बन्धमा रहेकी थिइन् ।’ रानाले अर्को युवतीसँग पनि सम्बन्ध जोडे । अर्को युवतीसँग रानाले सम्बन्ध बनाएपछि जयन्तीले रानाको हत्या गर्ने सोच बनाइन् । सुरुमा आफै हत्या गर्ने उनले योजना बनाइन् । घरमा बोलाएर रक्सी खुवाएर हत्या गर्ने प्रयास गरेपनि त्यो नसकेपछि भाइ नाता पर्नेलाई लगाएर हत्या गर्ने योजना बनाएको वयान दिएको प्रहरी उपरीक्षक जवराले बताए ।

शिवचरणको एक अर्की युवतीसँग पनि प्रेम सम्बन्ध रहेको थाहा पाएपछि युवतीले  त्यसो नगर्न आग्रह गरिन् । शिवचरणले उल्टै युवतीलाई धम्की दिएपछि उनमा बदलाको भावना जाग्यो । शिवचरणले भेट्नका लागि सताइरहने र युवतीमा बदलाको भावना जागेपछि एक महिनाअघि एक नातेदारलाई घटना बताइन् र त्यही दिन बन्यो शिवचरणको हत्या योजना बनेको उधृत गर्दै प्रहरीले  भन्यो ।  हत्याको योजना बनेपछि ती युवतीका नातेदारले गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका शिवचरणको दैनिकीलाई नजिकबाट नियाल्दै आए । शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए । शिवचरण रातिको समयमा पसलमा बस्ने र बिहानै घरमा भैँसी दुहुन जाने गरेको युवकले चियो गरे । ती युवकले बिहान भैँसी दुहुन जाने समयमा हत्या गर्ने योजना बनाए । त्यही अनुसार दुई पटकको हत्याको योजना विफल बनेको थियो । दुईपटकको विफल योजना गत शनिबार (फागुन १५ गते) बिहानै उनीहरुले सफल पारे ।  

प्रहरीले शिवचरण र युवतीको सम्बन्ध जानकारीसँगै दुई लाखको सम्झौता थाहा पायो । त्यही विषयलाई खोतल्दै जाँदा अन्ततः घटना बाहिर आएको प्रहरी बताउँछ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । युवतीले प्रहरी समक्ष अपराध अस्वीकार गर्दै आइन् । पटक पटक प्रहरीले नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले कुरा नखोलेपछि  युवतीले प्रयोग गर्दै आएको सीमकार्डका आधारमा ‘कलडिटेल’ भेटायो । कलडिटेलकै आधारमा अन्ततः युवतीले अपराध स्वीकारेको प्रहरी बताउँछ । घटनामा संलग्न युवतीका नातेदार भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरी बताउँछ ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस