घस्रिँदै चलिरहेको होममायाको जीवन
२७ माघ २०७७
•
२ मिनेट पाठ
घस्रिँदै चलिरहेको होममायाको जीवन
गण्डकी गाउँपालिका-२ सादीखोलाकी होममाया थापा । तस्बिर : नरहरि/नागरिक
गाउँमा सबै ढुंगा माटोको घर, त्यही गाउँमा केही पक्की पनि । त्यसैको बीचमा एउटा कटेरो (छाप्रो) छ । बाँसले बारिएको छाप्रो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् । गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षीया होममाया थापाले अहिलेको चिसो छेक्न टाँगेको थोत्रो बोराले त्यही छाप्रो बारेकी छिन् । त्यसले पानी, चिसो छेक्ने त परको कुरा प्वाल समेत राम्रोसँग टालिएको छैन । कयौं रात चिसोमै बसेर बिताएको अनुभव गोरखाको होममायाको छ ।




होममाया जन्मजात आपांग छिन् । उनको खुट्टा र हातमा समस्या छ । खुट्टा छोटो छ, भने हात राम्रोसँग चल्दैनन् । उनी हातखुट्टा टेकेर घर भित्र बाहिर गर्छिन् । ‘घर भित्रै खानेकुरा भयो भने जसो तसो घस्रिएर पकाउँछु,’ उनले भनिन् ‘अहिलेसम्म मागेर गुजारा चलाउँदै आएकी छु ।’ कसैको मनमा दया माया पालायो भने उनको पेट भोको हुँदैन नत्र उनी भोकै दिन काट्छिन् ।  

उनी १६ वर्ष हुँदा बुबाको मृत्यु भयो । आमासँगै हुर्किंदै आएकी उनले गतवर्ष आमालाई समेत गुमाइन् । त्यसपछि उनलाई थप समस्या हुने गरेको छ । आमा नभएपछि निकै समस्या हुने गरेको उनको भनाइ छ । अहिले उनी बस्दै आएको छाप्रो रहेको जग्गा पनि उनको होइन । अपांग भतिजीलाई काका (कान्छा बुबा) हुकबहादुर थापाले छाप्रो बनाउनका लागि उक्त ठाउँ दिएका हुन् । त्यहीँ ठाउँमा गाउँले छाप्रो बनाइदिएका छन् । ‘अपांग छ, काम केही गर्न सक्दैन, दैलो उक्लिन पनि समस्या हुन्छ,’ हुकबहादुरले भने ‘नजिकै बसेकी छ, बेला बेला खान त दिनै पर्‍यो, माया लाग्छ, दिने गरेको छु ।’

‘आफ्नो काम आफै नगरेपछि म सँधै भोकै हुन्छु,’ होममायाले भनिन्, ‘घस्रिँदै खाना, पानी आफैँ गर्छु ।’ सधैं वरपरका घरसँग मागेर खाएर कसरी गुजारा चलाउने भन्ने चिन्ताले होममायालाई पिरोलेको छ । उनलाई अहिले खाद्यन्न, न्यानो कपडा तथा बास बस्नका लागि सानो भएपनि राम्रो घरको अत्यन्तै अवश्यक रहेको हुकबहादुरले बताए । २०७२ सालको भूकम्पमा घरबार विहीन भएका करिब ७० हजार परिवारको नयाँ घर बनेको गोरखामा होममाया त्यो सुविधाबाट पनि छुटिन् ।
अर्को समाचार
सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग
२८ माघ २०७७
•
१ मिनेट पाठ
सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग
होममायालाई सहयोग हस्तान्तरण गर्दै गोरखाका प्रजिअ । तस्बिर : नागरिक
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ सादीखोलाकी ४५ वर्षीया होममाया थापालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) तिर्थराज भट्टराईसहितको टोलीले घरमै पुगेर सहयोग गरेको छ। शारीरिक रुपमा अशक्त होममायाको दुःखबारे समाचार प्रकाशित भएपछि रेडक्रस र प्रशासनको टोली मंगलबार उनलाई राहत लिएर भेट्न पुगेको हो।




जिल्ला विपद् ब्यवस्थापन समितिको कोषबाट होममायालाई चामल, दाल, डसना, तेल, सिरक लगायत १२ हजार मूल्यको सामग्री र पाँच हजार नगद प्रदान गरिएको प्रजिअ भट्टराईले बताए। ‘होममायाको बारेमा संचार माध्यमबाट थाहा पाएपछि जिल्ला विपद् ब्यवस्थापन समितिको तर्फबाट राहत लिएर पुगेका हौँ’ उनले भने ‘उनको घर निर्माण गर्न बिभिन्न ब्यक्ति, संघ संस्थासँग पनि पहल गरिनेछ।’  

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले ब्ल्याङकेट, कम्बल, त्रिपाल पनि हस्तान्तरण गरेको छ। ४५ वर्षीया होममाया परिवारविहीन भएपछि अहिले आफन्तले दिएको र छिमेकीले बनाइदिएको टहरामा गुजारा चलाउँदै आएकी छिन्। उनलाई दैनिकी चलाउन समस्या भएको, हिँड्डुल गर्न नसकने हुँदा मागेर खानुपर्ने, चिसो समयमा कटेरोमा गुजारा गर्नुपर्ने बाध्यता छ।  

उनको खुट्टा चल्दैन। हातपनि एउटा मात्रै चल्छ। घिस्रिएर हिँड्छिन्। परिवारमा उनी एक्लो छिन्। उनलाई निकै शकस छ। गत वर्ष आमाको मृत्यु भएपछि निकै शकस झेल्दै आएकी उनलाई बिभिन्न क्षेत्रमा सहयोग जुट्ने क्रम चलिरहेको छ। स्थानीय शिक्षक मदन पन्तले उनको घर बनाउने अभियान सुरु भएको बताए। ‘उहाँलाई अपाङ्गमैत्री घर आवश्यक छ’ उनले भने। बिभिन्न ब्यक्ति, संघ संस्थासँगको सहयोगमा घर बनाईदिने योजना रहेको उनले बताए।  

सहयोग हस्तान्तरण गर्न सहायक प्रजिअ देवी पाण्डे खत्री, गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, लगायतपनि पुगेका थिए। गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने उपाध्यक्ष अधिकारीले बताईन्।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस