केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी
२१ माघ २०७७
•
३ मिनेट पाठ
केन्द्र विवादमा गाउँपालिका कार्यालयमा तालाबन्दी
मादी गाउँपालिका । मादी गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै असन्तुष्ट पक्ष ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र षणयन्त्रपूर्वक बेतेनीमा सार्ने निर्णय भएको भन्दै असन्तुष्ट पक्षले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट बेतेनीमा सार्ने निर्णय गरेको भन्दै स्थानिय कांग्रेस नेता तथा स्थानिय संघर्ष समितिका संयोजक नारायण गुरुङको नेतृत्वको एक समूहले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।




मादी गाउँपालिकाको छैटौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा वेत्याहनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अप्नाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक नारायण गुरुङले बताए । गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ ।

स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कित सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ यात दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा वेत्याहनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत १ मतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघीको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।

संयोजक गुरुङले गण्डकी प्रदेश सरकारले पालिकाको सिफारिस अनुसार भन्दै बेतेनीलाई केन्द्र बनाउन संघीय सरकारलाई सिफारिस गरेकोप्रति आपत्ति जनाए । साथै प्रदेश सरकारको निर्णयबारे जानकारी माग्दासमेत निर्णय दिन अस्वीकार गरेको उनको भनाई छ ।

तालाबन्दी गर्ने समूह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफूहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफूहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता नारायण गुरुङ बताउँछन् । केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,उनले भने,‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।

यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।

गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) भने गाउँसभाको निर्णय अनुसारै प्रदेश र संघीय सरकारमा सिफारिस गरेको दाबी गर्छन् । प्राथमिकता तोकेर ४ वटा विकल्प तोकिएको थियो,उनले भने,‘प्राथमिकताको पहिलो नम्बरमा बेतेनी नै भन्ने छ । ४ विकल्प मध्ये कुनै १ बनाउने विषयमा सबैको सहमति थियो । त्यसबेला ताली ठोक्ने अनि अहिले प्रदेश सरकारको निर्णय आएपछि विरोध गर्ने ? यो गलत हो ।’ उनले गाउँसभाको निर्णय भन्दा तलमाथि नहुने र नगर्ने अडान राखे । उनले संघीय सरकारको निर्णय नआइसकेको अवस्थामा तालाबन्दी गर्नु हतास मानसिकताको उपज भएको टिप्पणी गरे । 

‘बिना जानकारी एक हुल आएर तालाबन्दी गरे, म नभएको बेला बिना सूचना, बिना ज्ञापनपत्र अनधिकृत रुपमा तालाबन्दी गरियो’–उनले भने । प्रमुख गुरुङले बिना कारण ताला लगाउँदैमा जनताको काम नरोकिने बताए । जनताको मतबाट निर्वाचित हामीले जनताको काम रोक्न मिल्दैन,उनले भने,‘ताला लगायो भन्दैमा जनताको काम ठप्प पार्ने कुरा हुँदैन ।’ उनले असन्तुष्ट पक्षसँग छलफल गर्ने नभए अन्य विकल्प अप्नाएर भएपनि ताला खोल्ने बताए ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस