कास्कीको मादी गाउँपालिकाको केन्द्र वेत्यानीमा सार्न प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मादी गाउँपालिकाको गाउँसभाले पहिलो विकल्पका रूपमा अघि सारेको वेत्यानीलाई केन्द्र बनाउन सिफारिस गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रमुख सचिव हरि पोखरेलले जानकारी दिए । यो प्रदेश सरकारको निर्णय नभई गाउँपालिकाको निर्णय अनुसार सिफारिस मात्रै गरेको उनले बताए ।
उक्त गाउँपालिकाको गत वर्ष पुसमा भएको गाउँसभाले वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने वेत्यानीलाई केन्द्रका लागि पहिलो विकल्पका रूपमा अघि सारेको थियो । सुरुमा गाउँपालिकाले वेत्यानीलाई नै केन्द्र बनाउने एकमात्र विकल्पका रूपमा अघि सार्ने तयारी गरेको थियो । गाउँसभाले दोस्रो विकल्पका रूपमा वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, तेस्रो विकल्पका रूपमा वडा नम्बर ४ को तारकाङस्थित माजडी र चौथो विकल्पका रूपमा साविक कार्यालय रहेको वडा नम्बर ३ स्थित याञ्जाकोटलाई गाउँपालिकाको केन्द्र बनाउन प्रदेश र संघी सरकारमा सिफारिस गरेको थियो ।
गाउँसभाको सिफारिस प्रदेश र त्यसपछि संघी सरकारले स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान छ । प्रदेशले निर्णय गरेपनि संघले अझै निर्णय गर्न बाँकी छ । संघले पनि चाँडै निर्णय गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।‘पहिले नै निर्णय हुनुपर्ने हो,’ उनले भने, ‘अब संघीय सरकारले पनि छिट्टै निर्णय गर्छ भन्ने आशा छ ।’ गाउँपालिका कार्यालयको टुंगो नलाग्दा गाउँपालिका कार्यालयका लागि नयाँ भवन, प्रहरी भवन, बहुउद्धेश्यीय भवनलगायत भौतिक पूर्वाधार निर्माणमा ढिलाई भएको उनको भनाइ छ ।