सूचना माग्दा कार्यपालिका सदस्यलाई गाली
१८ माघ २०७७
•
२ मिनेट पाठ
सूचना माग्दा कार्यपालिका सदस्यलाई गाली
पुस १८ गते बसेको भेरीगंगा नगरपालिकाको कार्यपालिका बैठकमा अनुपस्थित भएकी रमना परियारले कार्यपालिकाबाट पारित निर्णयको प्रतिलिपी माग गरिन् । आफू सहभागी नहुँदा भएका निर्णयको जानकारी लिन र जनतासम्म पु¥याउन माग गर्दा उनले निर्णय पाउन सकिनन् । अर्की कार्यपालिका सदस्य प्रतीक्षा परियारले बैठक पुस्तिकामा हस्ताक्षर मात्र गरिन् तर उक्त बैठकमा के कस्ता निर्णय भए जानकारी पाउनबाट वञ्चित भइन् । निर्णय नभएको बैठक पुस्तिकामा हस्ताक्षर गराउँदा प्रतीक्षा निर्णयको प्रतिलिपी मागिन् तर विडम्बना निर्णय माग्न गएकी प्रतीक्षा र रमनालाई प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जातीय अपशब्द निर्णय नदिएर हकारे ।




‘म बैठकमा सहभागी नहुँदा बैठकमा के कस्ता निर्णय भए जान्न खोजेको थिए,’ रजनाले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हकारेर पठाउनु भयो ।’ उक्त बैठकका निर्णय जनताले आफूसँग सोध्ने गरेको भन्दै उनले भनिन्, ‘आफूले जानकारी लिन र जनतासम्म पु¥याउन उक्त निर्णय माग गरेको हुँ ।’ साउनयता कार्यपालिका बैठकले गरेका निर्णयहरु माग्ने क्रममा आफूहरुमाथि प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जातीय विभेद हुनेखालका अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको कार्यकालिका सदस्य विकले आरोप लगाइन् । ‘माघ १२ गते दिउँसो उहाँ (प्रमुख प्रशासकीय अधिकृत) को कार्यकक्षमा चालू आर्थिक वर्षको साउनयता कार्यपालिका बैठकले गरेका निर्णयहरु माग्न गएका थियौं,’ उनले भनिन्, ‘तिमीहरु सूचना माग्ने को हौं ? भन्दै जातीय विभेद हुने गाली गर्नुभयो ।’

कार्यपालिका सदस्य परियारले आफूहरुले गरेका निर्णयहरु माग्दा प्रशासकीय अधिकृतबाट भएको दुव्र्यवहारका विषयमा नगर प्रमुख भुपेन्द्रबहादुर चन्दलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताइन् । ‘सूचना माग्न गएका हामी दुवैजना कार्यपालिका सदस्य हौं,’ उनले भनिन्, ‘आफैँले गरेका निर्णयहरु माग्दा प्रमुख प्रशासकीय अधिकृतबाट भोग्नु परेको दुव्र्यवहारका बारेमा मेयरलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन् ।’

कार्यपालिका बैठकको उपस्थिति हाजिरीमा आफूहरुको नाम र हस्ताक्षर हुने गरे पनि निर्णयका बारेमा जानकारी नहुने गरेको कार्यपालिका सदस्य परियारले जानकारी दिइन् । ‘हामी उपस्थितिमा हस्ताक्षर गर्छौं, निर्णयपछि कम्प्यूटर प्रिन्ट गरेर टाँसिन्छ,’ उनले भनिन्, ‘आफैँले गरेका निर्णयहरु माग्दा प्रमुख प्रशासकीयबाट दुव्र्यवहार र जातीय विभेद भोग्नु प¥यो ।’ निर्णयहरु माग्दा सूचना नदिएपछि आफूहरुले सूचनाको हक प्रयोग गरेर कार्यपालिका बैठकका निर्णयहरु माग गरेको उनले जानकारी दिइन् ।  

भदौयता बसेका बैठकमा आफूहरु सहभागी भए पनि निर्णयबारे आफूहरु अनविज्ञ भएका उनीहरुको भनाइ छ । ‘बैठकमा त हामी बस्छौं,’ प्रतीक्षाले भनिन्, ‘तर निर्णय नभएको बैठक पुस्तिकामा हस्ताक्षर गराएर पछि निर्णय लेख्ने गरिएको छ ।’ भदौयता करिब आठवटा बैठक बसे पनि आफू ती बैठकका निर्णय पाउनबाट वञ्चित भएको प्रतीक्षाले जनाइन् । कार्यपालिका बैठकको निर्णयको प्रतिलिपी पाउने अधिकार भएको रमनाले बताइन् । ‘पहिलो निर्णय आउथ्यो भदौयता नआएकाले म निर्णय माग्न गएको थिए,’ उनले भनिन्, ‘निर्णयको प्रतिलिपी पाउने अधिकारबाट प्रमुख प्रशासकीय अधिकृत बस्नेतले वञ्चित गराउनु भयो ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१९ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस