सबैवडालाई गाउँपालिकाको केन्द्रसँग सहज रुपमा जोड्न गोरखाको भिमसेन थापा गाउँपालिकाले चक्रपथ निर्माण सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
भिमसेन थापा गाउँपालिका –६ अश्राङ, ७ को बोर्लाङ, ८ को ऐरिभञ्ज्याङ, ४ को इत्लापोखरी चौतारा भज्याङ, ३ को सिमलाफेदसम्म उक्त सडक जोडिनेछ । वडा नम्बर २, १ र ५ को क्षेत्र भने केही कालोपत्रे भएको छ । बाँकी खण्ड मध्यपहाडी लोकमार्गले निर्माण गरिरहेको छ ।
‘आर्थिक वर्ष २०७५÷७६ र ०७६÷७७ मा काम हुन सकेन,’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने ‘यो वर्ष विनियोजन गरेको बजेटबाट ठेक्का लागेर काम चलिरहेको छ ।’ अहिले ३.५ किलोमिटर दूरीको सडकको नाला र चौडा बनाउने तथा स्तरोन्नती गर्ने काम भईरहेको उनले बताए । ‘ठेक्काबाट बचेको तीन करोड रुपैयाँ भन्दा बढि रकमले फेरी थप बाटो स्तरोन्नति गर्ने गरी ठेक्का गर्छौ,’ अध्यक्ष पाण्डेले भने ‘यो वर्ष वडानम्बर ८ सम्मको सडक स्तरोन्नति गर्ने लक्ष्य छ ।’ यसअघि कच्ची सडकको ट्रयाकले वडा जोडिएको भएपनि स्तरीय सडक थिएन ।
गाउँपालिकाको योजना अनुसार निर्माण हुने चक्रपथको लम्बाई २६ किलोमिटर दूरीको हुनेछ । यसअघि बिस्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गर्दा २४ किलोमिटरसम्म उक्त चक्रपथ निर्माण गर्न ९३ करोड ३४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । दुईकिलोमिटर सडक थप भएको र पुरै खण्ड एकैवर्षमा निर्माण गर्न नसकिने भएकाले लागत एकअर्ब रुपैयाँ भन्दा बढि लाग्ने अध्यक्ष पाण्डेले बताए ।
‘गाउँपालिकाको एक आर्थिक वर्षको बजेट पुरै बजेट खर्चदा पनि सडक बन्दैन,’ उनले भने ‘हामीले सुरु मात्र गरेका हौं, दातृ निकाय, संघ र प्रदेश सरकारलाई योजना पठाएका छौं, सहयोगको आशा छ ।’ ठुला परियोजना संचालन गर्न माथिल्लो सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने उनी बताउँछन् ।
अहिले ठेक्का लागेको उक्त सडक कालोपत्रे गर्न लायक अवस्थाको बन्नेछ । पहिलो चरणको ठेक्का रायमािझ कन्ट्रक्सनले लिएर काम गरिरहेको छ । सर्वसाधारणलाई वडादेखि गाउँपालिका सम्म बाह«ैमास आउजाउ गर्न सजिलो हुने गरी योजना बनाइएको उनले बताए । लागतार तीनवर्ष गाउँसभाले चक्रपथका लागि बजेट बिनियोजन गरेको थियो । यसअघि दुईपटक दुई र तीन करोड रुपैयाँ बजेट बिनियोजन भएपनि काम हुन सकेन ।
सडक निर्माणका क्रममा समस्या आउन नदिन गाउँपालिकाले बजार क्षेत्रमा सहजिकरण समिति पनि गठन गरेको छ । झिंगटे र अश्राङ टाँठीमा दुईवटा समिति छन् । निर्माण र बिस्तारका क्रममा परेका समस्या समाधान गर्ने गरी समिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेले बताईन ।
चक्रपथ निर्माण पुरा भएपछि वडाबाट एक देखि दुई घण्टामा गाउँपालिकाको केन्द्रसम्म आउन सकिने अध्यक्ष इश्वर पाण्डे बताउँछन् । ‘कतिपय वडाबाट बर्खाको बेला गाउँपालिकासम्म आउन मुस्किल पर्छ,’ उनले भने ‘चक्रपथ निर्माण भएर कालोपत्रे गर्न सक्ने हो भने बढिमा दुई घण्टामा सबै वडा पुगिन्छ, त्यहाँबाट पनि आउन सकिन्छ ।’ गाउँको उत्पादान बजारसम्म पु¥याउन र एक अर्को वडालाई जोड्न चक्रपथको योजना बनाइएको उनले बताए । गाउँपालिकाले गौरबको योजनाका रुपमा चक्रपथ निर्माणलाई अघि बढाएको जनाएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भवन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ। अज्ञात व्यक्तिले चलाएको गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिसा थापा मगर घाइते भएकी छिन्।
उनको तिघ्रामा गोली लागेको मतदान अधिकृत बालकुमार नेपालीले बताए। ‘करिब चार बजेर ३५ मिनेट गएको थियो, म र मनिसा थापा सँगै थियौँ, उहाँ एक्कासी ढल्नुभयो, गोली लागेको रहेछ’ उनले भने ‘कसले गोली हान्यो भन्ने यकिन भएको छैन।’ त्यसयता मतदान प्रक्रिया रोकिएको छ। कर्मचारी र स्थानीय त्रासमा रहेको मतदान अधिकृत नेपालीले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...