असुरक्षित बन्दै काँक्रेविहारका जनावर
०६ माघ २०७७
•
२ मिनेट पाठ
असुरक्षित बन्दै काँक्रेविहारका जनावर
सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्‍यो। वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्वार गर्न त सफल भयो तर जरायो बाँचेन। उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो।




पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ। यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन्। वीरेन्द्रनगर–९ लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाए। “काँक्रेविहारजस्तो संरक्षित वन क्षेत्रभित्रै जरायो, मृगलगायतका जनावर असुरक्षित बन्नुपर्ने अवस्थाप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन्”, उनले भने, “डिभिजन वन कार्यालयले यसको संरक्षणमा बेवास्ता गर्दा चोरी शिकारी बढ्यो, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन।”

एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ। यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ। चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन्। स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ। जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफैं बस्तीमा निस्कने गरेको बताए। “काँक्रेविहार वन क्षेत्रमा पानीका पोखरी छैनन्, पानी नपाउँदा प्यास मेट्न जनावर पानी खोज्दै बस्तीमा प्रवेश गर्छन्, त्यस्तो अवस्थामा स्थानीयवासीको आक्रमणमा पर्ने गरेको देखिएको छ”, उनले भने, “वन क्षेत्रमा क्षमताभन्दा बढी जनावर हुँदा चरिचरन क्षेत्रको कमी हुनपुग्यो, पानीपोखरी नहुँदा वन क्षेत्र बाहिर निस्कनुपर्ने बाध्यता आएको हो।”

लाटीकोइलीका युवाहरुले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए। स्थानीयवासी लालबहादुर चौधरीले चरिचरन क्षेत्र बढाउनुपर्ने, पोखरीको व्यवस्था गनुपर्ने, आसपासमा वनरक्षकले गस्ती बढाउनुपर्ने बताए। साथै वन कार्यालयले पनि काँक्रेविहार संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुनसकेका छैनन्। डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्वार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ। कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ। रासस
अर्को समाचार
खोइ नागरिक दायित्व ?
०३ वैशाख २०७८
•
३ मिनेट पाठ
खोइ नागरिक दायित्व ?
सुर्खेतस्थित बुलबुले तालमा सावधानी नअपनाएर आएका आन्तरिक पर्यटक । तस्बिरः गणेश/नागरिक
कोभिड–१९ को संक्रमणको दर बढ्दै गएका पश्चिमी सहर नेपालगन्ज, वीरेन्द्रनगर, दाङ, बुटवल, धनगढीमा सर्वसाधारणको बाक्लो चहलपहल छ । सुनसान बनेका यी सहर कोरोना भाइरसको पहिलो चरण सामान्य बनेपछि ह्वात्तै चहलपहल बढेको थियो । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि यी सहरको चहलपहलमा कमी देखिँदैन । कोरोना भाइरसबाट बच्न असुरक्षितरुपले बढेको यो भीडले कोरोना भाइरस न्यूनीकरणमा चुनौती मात्र दिएको छैन, यस्तो संकटमा नागरिकको भूमिका के त ? भन्ने प्रश्न पनि खडा गरेको छ ।




कोरोना भाइरसको संक्रमण फैलिन नदिन संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गर्न उनै नागरिक आफ्नो दायित्व निर्वाह गर्न नसकेका यत्रतत्र छरिएको भीडले प्रष्ट पार्छ । संक्रमण फैलिन नदिन सर्वप्रथम आफैँ सजग हुन अपरिहार्य छ तर सरकारलाई दोसारोपन देखाएर आफूले आफ्नो दायित्व भुल्दा कोरोना भाइरस जोखिम बढेको छ । कोरोना भाइरसको संकटमा आफू सजग रहने र सरकारलाई सुरक्षित रहेर सहयोग पुर्‍याउन नागरिक आफ्नो दायित्व निर्वाह गर्न नसकेको सुर्खेतका अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए । ‘यतिबेला नागरिक आफैँ सजग हुनुपर्छ,’ उनले भने, ‘सरकारले जागरुक मात्र गराउने हो । सरकारले बनाएको मापदण्ड नागरिकले नै पालना गर्नुपर्छ ।’ वीरेन्द्रनगरमा सरकारले निर्धारण गराएका मापदण्ड नागरिकले पूर्णरुपले पालना नगरेको उनी बताउँछन् ।

दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग, सार्वजनिक ठाउँमा मास्क प्रयोग गर्नुपर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानीलगायत सरकारले मापदण्ड निर्धारण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट पश्चिमका कैलाली, सुर्खेत, बाँके, दाङ र रुपन्देहीमा कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र बनेका छन् । यी जिल्लाका नागरिक कोरोना भाइरसबाट बच्न सजग हुनुपर्ने नेपालगन्जकी मुन्नीदेवी बानियाँले बताइन् । ‘यस्तो संकटमा नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भनिन्, ‘जसले गर्दा आफू पनि सुरक्षित भइन्छ भने सरकारलाई पनि सहयोग गरेको हुन्छ ।’ भीडभाड र सार्वजनिकस्थलमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएकाले आफ्नो र अरुको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनले पनि मात्र कोरोना भाइरसबाट बच्न सकिने सुर्खेतकी धनसरी दर्लामीले जनाइन् । ‘कोरोना भाइरसलाई सामान्यरुपमा नलिइ यसबाट बच्नुपर्छ,’ उनले भनिन्, ‘आफू बच्न र अरुलाई बचाउन अत्यावश्यक कामबाहेक अरुबेला बाहिर निस्किनु हुन्न । निस्के पनि मापदण्ड अपनाउन आवश्यक छ ।’ अहिले सहर बजारमा सपिङ मल, रेष्टुरेन्ट, स्विमिङ पनि खुला छन् । गर्मीको मौसम बढ्दै गएकाले स्विमिङ रोजाइमा पर्न थालेको छ । तर त्यहाँ सावधानी नअपनाइँदा जोखिम धेरै छ । यस्तोबेलामा स्विमिङ गर्न नहुने सुर्खेतकी रत्नकला सापकोटाले जनाइन् ।

‘यतिबेला नागरिकको भूमिका महत्वपूर्ण हुनुपर्छ,’ उनले भनिन्, ‘सचेत नागरिकको हिसाबले अनावश्यक घरभन्दा बाहिर ननिस्किँदा मात्र नागरिक दायित्व हुन्छ ।’ सबै नागरिकले आफ्नो दायित्व पूरा गरे कोरोना भाइरस संक्रमण न्यूनीकरण हुने भन्दै उनले भनिन्, ‘सरकारी मापदण्ड पूरा गरेर नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’ जसले गर्दा धनजन र ज्यान बच्न सक्ने उनी बताउँछिन् । खोक्दा/हाछ्युँ गर्दा नाक र मुख छोप्ने, पशुजन्य मासु/अण्डा राम्रोसँग पाकेको मात्र खाने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने र फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढै रहे पनि कोरोना भाइरसबाट बच्न सकिने स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

बजारमा हिँड्दा, किनमेल गर्दा र भीडभाडमा समेत नागरिकले मापदण्ड पूरा नगरेको देखिन्छ । जसले यतिबेला नागरिक आफ्नो दायित्व निर्वाह गर्न सकेको पाइँदैन । अत्यावश्यक कामबाहेक अरुबेला घरमै बस्दिँदा पनि कोरोना संक्रमण नफैलिन सहयोग पुग्ने हुँदा नागरिक अनावश्यक घरबार निस्किन नहुने स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत कँडेलले जनाए । कोरोना भाइरसलाई बेवास्ता गर्दै चोकचौतारा, पार्कलगायत नजिकका घुम्ने क्षेत्रमा भीड गर्न नहुने उनको सुझाव छ ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस