कोरोनाका कारण कर्णालीमा थप एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचाररत सुर्खेतको चिंगाड गाउँपालिका–५ का ७३ वर्षीया वृद्धा महिलाको कोरोना संक्रमणका कारण बुधबार राति मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पुस ६ गते सास फेर्न गाह्रो हुनुका साथै शरीर सुनिएकाले परिवारले उनलाई प्रदेश अस्पतालमा उपचारका लागि लगेका थिए। सोही दिन उनको कोरोना परीक्षण गरिएको थियो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश अस्पतालको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो।
‘कोरोना संक्रमित बृद्ध महिलामा अक्सिजन स्याचुरेसन अत्यन्तै कम हुनुका साथै दीर्घ स्वास–प्रश्वास सम्वन्धी समस्या थियो,’ सामाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारकै क्रममा बुधबार राति ११ बजे मृत्यु भयो।’ कर्णालीमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।