विकास निर्माणमा कसले ‘जस’ लिने? धेरैतिर यसलाई विवादको विषय बनाइन्छ। यतिबेला तनहुँमा यो विवाद चर्कदो छ। विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेवल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु। त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो।
तनहुँको ब्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–३ जोड्नेगरि सोंढेमा सेती नदीमाथि बनेको पक्कि मोटरेवल पुल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार उद्घाटन गरेपछि विवाद सुरु भएको थियो। त्यो विवाद चर्कदै गइरहेको बेला बुधबार फेरि सदरमुकामभित्रैकै अर्काे पुल पौडेलले नै उद्घाटन गर्न खोज्दा विवादले झनै उग्ररुप लिएको थियो। पौडेलले मंगलबार सोंढेमाथि बनेको एक सय मिटर लामो पक्कि मोटरेवल पुल उद्घाटन गरेका थिए। तनहुँका दुईवटा निर्वाचन क्षेत्रलाई जोड्नेगरि १० करोड रुपैयाँ लागतमा त्यो पुल बनेको थियो।
पौडेलले पुल उद्घाटन गर्न थालेको विषयलाई लिएर नेकपाले सुरुदेखि नै विरोध जनाइरहेको थियो। आफ्ना दलका नेता तथा मन्त्री ल्याएर उद्घाटन गराउने योजनामा रहँदा पौडेलले उद्घाटन गरिदिएपछि नेकपा रुष्ट बनेको थियो। दलका नेताहरु भने पुल निर्माणका लागि आफ्नो दलले पहल गरेकोले उद्घाटनको अधिकार पनि आफ्नै दललाई रहेको बताउँछन्। एकअर्का दलको अधिकार क्षेत्र हनन हुनेगरि पूर्वाधार उद्घाटन गरिएको उनीहरुको भनाइ छ।
कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने भन्छन्, ‘वरिष्ठ नेता पौडेलको पहलमा ती पुल बनेका हुन्। सुँढेको पुल त पौडेलले नै शिलान्यास गरेका थिए। पौडेलले पुल शिलान्यास मात्र गरेनन् की त्यो पुललाई पूर्णता दिन निकै नै मेहेनत पनि गरेका थिए। त्यही भएर उद्घाटनमा पनि पौडेलको चाँसो हुनु स्वभाविक हो।’ नेकपाले आफ्ना सांसदले पुल उद्घाटन गर्न पाउनु पर्छ भनेर बखेडा निकालेको न्यौपानेले बताए। ब्यास नगरपालिकाका मेयर समेत रहेका न्यौपानेले कानुनको आडमा सर्वसत्तावाद लाद्न खोजिएको बताए।
‘निर्वाचन जितेको मान्छेले मात्र पुल उद्घाटन गर्न पाउनुपर्छ भन्ने नेकपाको नमिल्दो तर्क छ,’ उनले भने, ‘हामीले कसैको अधिकार क्षेत्र हनन गरेका छैनौ।’ पौडेलको पहलमा यी दुवै पुल बनेकोले उद्घाटनको अधिकार पनि पौडेललाई रहेको उनले बताए। न्यौपानेका अनुसार पौडेलको विरोध गर्नेमा नेकपा भित्रकै पनि माधव नेपाल टोली भने सहभागी छैन। ‘हिजो ग्रामिण क्षेत्रमा पुगेर उद्घाटन गर्न खोज्दा नेकपाले विरोध गर्न सकेन। आज सहज ठाउँ पाउँदा विरोधका शैली देखाएको छ,’ उनले भने।
नेकपा ब्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की भने संघीय सरकारले नै पुलका लागि बजेट दिएकोले अहिलेका सांसद वा मन्त्रीलाई मात्र पुल उद्घाटनको अधिकार रहेको बताउँछन्। ‘शिलान्यास पौडेलले गरेका हुन, त्यो साँचो हो। तर, अहिले उद्घाटन गरेर गर्नै नहुने काम पौडेलले गरेका छन्,’ कार्कीले भने, ‘निर्वाचन जितेका सांसदलाई जनतामाझ जाने आधार भनेको विकास निर्माण हुन्। तर त्यो आधार कांग्रेसले खोस्न खोज्दा यो विवाद निस्केको हो।’ कांग्रेसले अनावश्यक रुपमा पुल निर्माणमा जस लिन खोजेको उनले बताए।
‘विकासका पूर्वाधार सबैका साझा हुन्छन्। तर, पूर्वाधार बनेका ठाउँबाट निर्वाचन जितेका सांसदलाई पनि जनताबीच काम गरेको देखाउने आधार रहन्थ्यो। त्यो चाहना निर्वाचित भएका सांसदको पनि हो,’ कार्कीले भने, ‘तर कांग्रेसले अनावश्यक जस लिन खोजेको छ।’ विकास निर्माणमा सिधा बाटो जानुपर्नेमा चोरबाटो अपनाउनु हुँदैन भन्ने नेकपाको भनाइ रहेको उनले बताए। ‘हिजो गरेका कामको जस अब लिनु भएन। मैले सपना देखेको भनेर हुँदैन,’ कार्कीले भने, ‘आज जो सरकारमा छ, उसैलाई अधिकार छाड्नुपर्छ।’
पुल निर्माण सकिएपनि सडक डिभिजन कार्यालयले अहिले उद्घाटन नगर्ने भनेको र स्थानीय प्रशासनले पनि अहिले उद्घाटन नगर्न भनिरहँदा सत्तासिन दलसँग सहमति नगरि नगरपालिका र गाउँपालिका मिलेर पौडेललाई उद्घाटन गर्न लगाइएको कार्कीको भनाइ छ। त्यही विरोध गर्न प्रशासनमा पुग्दा प्रहरीले युवा संघमाथि हमला गरेको कार्कीले बताए। मंगलबार पुल उद्घाटन गरेपछि विरोध भएको बारे वरिष्ठ नेता पौडेलले बुधबार बिहान आफ्नो पहलमा पुल बनेकोले उद्घाटनको अधिकार पनि आफूलाई रहेको पत्रकारसँगको भेटघाटमा बताएका थिए।

–कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्दा नेकपालाई टाउको दुखाईत्यस्तै बुधबार ब्यास नगरपालिका–१ लाई वडा नम्बर १० र १० सँग जोड्नेगरि तालघरेको अर्काे पुल उद्घाटन गर्ने पौडेलको योजनालाई असफल बनाउन नेकपा कस्सिएर लागेको थियो। कांग्रेसले पौडेलबाट पुल उद्घाटन गराउन चाहेको र नेकपाले भने आफ्नै दलका सांसद तथा मन्त्रीबाट ती पुल उद्घाटन गराउन खोज्दा दुवै दलबीच विवाद चर्केको थियो। विवाद चर्कदै जाँदा झडपको स्थिति आउने सम्भावना बढेको भन्दै स्थानीय प्रशासनले सदरमुकामका केही क्षेत्रमा दिनभर निषेधाज्ञा नै लगाएको थियो।
–दलहरुको हानथापले विवाद बढ्दा तनहुँको दमौलीमा बुधबार दिनभर निषेधाज्ञा