वीरगन्जमा सीमापारीबाट अवैध रुपले कपडा ओसारीरहेका पोके तस्कर र सीमास्थित इनर्वा प्रहरी चौकीको गस्ती टोलीबीच झडप भएको छ। चोरी पैठारी कपडा भित्र्याइरहेकोमा त्यसलाई प्रहरीले रोक्न खोज्दा दिउँसो समान्य झडप भएको पर्साकी प्रहरी उपरीक्षक गँगा पन्तले बताइन्। उनका अनुसार भारतीय सहर रक्सोलबाट भन्सार राजस्व छलेर पोके तस्करहरुले कपडा भित्र्याउन खोजेका थिए।
घट्नापछि त्यसमा संलग्न रहेको आरोपमा एक जना पुरुष मुन्ना साफी र महिला मिना देवीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिइन्। अस्थायी प्रहरी चौकी इनर्वामा कार्यरत प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डे झडपमा घाइते भएका छन्। असई पाण्डेको नाकमा चोट लागेपछि नारायणी अस्पतालमा उपचार भएको थियो। आइतबार दिउँसो पैदलै स्वेटर र कपडाका पोका बोकेर आउने महिलाको समूहलाई दुईजना प्रहरीसहित असई पाण्डेले रोक्न प्रयास गरेका थिए। दिउँसो अन्दाजी साढे दुई बजेतिर झडप भएको हो।
पक्राउ परेकामध्ये महिला मिना देवीले प्रहरीले मागे अनुसारको रकम नदिदा बिवाद भएको र पोका खोसाखोसमा असई पाण्डेको नाकमा चोट लाग्न गएको प्रतिक्रिया दिएकी छिन्। असई पाण्डेले भने तस्कर समूहले गोली चलाउँदा नाकमा छर्राबाट घाउ लागेको दावी गरेका थिए। घट्नाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक पन्त र डिएसपी मनोजित कुँवरसहितको टोली प्रहरी बलसहित लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए।
प्रहरी उपरीक्षक पन्तले गोली नचलेको भन्ने संचारकर्मीहरुलाई प्रतिक्रिया दिइन्। चोरी पैठारी नियन्त्रणमा गर्न खोज्दा झडप भएको र सोही क्रममा चोट लागेको बुझिएको उनले बताइन्। घट्नापछि उक्त क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन बढाइएको थियो। केही समययता तस्करीका गतिबिधि बढेको स्थानीयले बताएका छन्।