पाँच हजारको चामल २० हजारमा किन्नुपर्ने बाध्यता
०४ मंसिर २०७७
•
३ मिनेट पाठ
पाँच हजारको चामल २० हजारमा किन्नुपर्ने बाध्यता
सुर्खेतस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदामबाट ट्रकमा खाद्यान्न लोड गरिदैं । तस्बिर : नगेन्द्र/नागरिक
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले दसैंअघि एक क्वीन्टल सोना मन्सुली चामल किन्न २० हजार रुपैयाँ खर्च गरे। त्यहीँ चामल अघिल्लो वर्षसम्म गाउँमा साढे पाँच हजारमा पाइन्थ्यो। सडकले नछोएको डोल्पोमुद्ध चीनसँग सीमा जोडिएको गाउँपालिका हो। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गाउँपालिकाको केन्द्र धोमै बिक्री डिपो छ। स्थानीयहरु ढुवानी अनुदानको चामल सस्तोमा पाउँथे। खाद्यको गोदाममा चामल नपाएपछि मात्रै स्थानीयहरु नजिकको चीनका बजार जान्थे। कोरोनाका कारण चीनसँगको सीमा अहिलेसम्म बन्द छन्।




चीनको बाटो हुँदै धो बिक्री केन्द्रसम्म आउने चामल अघिल्लो वर्षको साउनदेखि रोकिएको छ। छिमेकी जिल्ला जाजरकोट र सदरमुकाम दुनैबाट स्थलमार्गबाट गाउँसम्म पुग्ने खाद्यान्न स्थानीयले खरिद गर्दा महंगो पर्न जान्छ।

‘पैसा हुनेले महंगोमै भएपनि चामल किनेर भात खान्छन्, नहुनेहरु आलु र उवामा छाक टारिरहेका छन्’, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘संघ र प्रदेश सरकारलाई खाद्यको चामल पठाइदिन पटक–पटक अनुरोध गरेपनि सुनुवाई भएको छैन।’ उनले कोरोनाका कारण अघिल्लो वर्ष स्थानीयहरुले यार्सा टिप्न नपाउँदा थप समस्या भएको बताए। ‘यहाँका स्थानीयको मुख्य आम्दानी यार्सा हो, त्यो पनि यो कोरोनाले रोकियो’, उनले भने, ‘त्यसमाथि चीनसँगका नाका बन्द हुँदा उत्तरी क्षेत्रका नागरिक ठूलो समसयामा छन्।’ डोल्पोबुद्ध गाउँपालिकाको जनसंख्या २३ सय छ।  

अध्यक्ष गुरुङले सदरमुकाम दुनै आएर खाद्यान्न खरिद गर्न चार–पाँच दिन समय लाग्नुका साथै महंगो पर्ने भएकाले अनुदानको खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिदिन प्रदेश सरकारलाई पटक–पटक लिखित तथा मौखिक अनुरोध गरिएको बताए। ‘डिपोमा खाद्यान्न भइदिए जनताले सस्तोमा किनेर खान्थे’, उनले भने, ‘कोरोनाका कारण सरकारी अनुदानको चामल नआउँदा जनताले महंगोमा खाद्यान्न खरिद गर्नुपरेको छ।’

चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकाका पनि खाद्यान्न संकटमा छ। अध्यक्ष टसी तुन्डुप गुरुङले दैनिक उपभोग्यबस्तुको अभाव हुँदा जनता मारमा परेको बताए। ‘अघिल्लै वर्षको बाँकी रहेको खाद्यान्नले केही समय धान्यो, स्थानीय उत्पादन आलु र उवाँ चार महिनालाई मात्रै पुग्छ’, अध्यक्ष गुरुङले भने, ‘एक महिनादेखि यहाँ खाद्यान्न संकट छ।’  

शे–फोक्सुण्डो भुगोलका हिसावले सबैभन्दा ठूलो स्थानीय तह हो। यहाँको जनसंख्या ४२ सय छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि दुई हजार क्विन्टल खाद्यान्न शे–फोक्सुण्डोका लागि छुट्याएको थियो। डोल्पोबुद्धका लागि तिब्बतको मोरिम र र शे–फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो।

खाद्यान्न पठाउन बल्ल टेण्डर

चीनसँग सीमा जोडिएका डोल्पाका उत्तरी क्षेत्रमा खाद्यान्न अभाव भएपछि कम्पनीको कर्णाली प्रदेश कार्यालयले तीन हजार ७५ क्वीन्टल खाद्यान्न स्थलमार्गबाट पठाउनका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ। प्रदेश कार्यालयका माधव मिश्रले खाद्यान्न संकट भोगिरहेका डोल्पाका तीन वटा गाउँपालिकाका लागि खाद्यान्न पुर्‍याउन टेन्डर प्रक्रिया सुरु गरिएको बताए। उनले डोल्पोबुद्ध गाउँपालिकाको धो डिपोका लागि ८७५ क्वीन्टल, छकातोङ्खुक गाउँपालिकाको ढारगाउँका लागि सात सय क्वीन्टल र शेफोक्सुण्डो गाउँपालिकाको साल्दाङ डिपोका लागि एक हजार पाँच सय क्वीन्टल खाद्यान्न स्थलमार्गबाट पुर्‍याउनका लागि टेण्डर आव्हान गरिएको बताए।

प्रदेश कार्यालयले धो डिपोका लागि १० दिन, ढारगाउँ डीपोका लागि १२ दिन र साल्दाङ डिपोका लागि १५ दिनको समय राखेको छ। प्रदेश कार्यालय प्रमुख मिश्रले सदरमुकाम दुनैसम्म संघीय सरकार र त्यहाँबाट सम्वन्धित डीपोसम्म लाग्ने खर्च कर्णाली प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए। ‘उत्तरी क्षेत्रका यि डीपोहरुमा केन्द्रीय कार्यालयले चीन हुँदै पठाउने गरेकोमा कोरोनाका कारण सुर्खेतबाट पठाउन लागेका हौं’, उनले भने, ‘सदरमुकामसम्म संघीय सरकारको नियमित बजेटमार्फत र त्यहाँबाट सम्वन्धित डीपोसम्म प्रदेश सरकारको बजेटमार्फत पुर्‍याउने व्यवस्था मिलाएका छौं।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस