रुपन्देहीमा मंगलबार अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा जिल्लामा ७ सय ९७ जना नयाँ संक्रमित थपिएका छन । एकै दिन थपिएका नयाँ संक्रमितको यो संख्या अहिले सम्मकै धेरै हो । जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार ४ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ७६ पुगेको छ । मंगलबार २२२ जना संक्रमण मुक्त भएको पनि कार्यालयले जनाएको छ । संक्रमणबाट जिल्लामा अहिले सम्म २२० जनाको मृत्यु भइसकेको छ ।
मंगलबार थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका ३५२ जना छन । तिलोत्तमा नगरपालिकाका १५८, सिद्धार्थनगर नगरपालिकाका १४८, देवदह नगरपालिकामा ४२ जना संक्रमित थपिएका छन । सैनामैना नगरपालिकामा ३५ जना,सुद्धोधन गाँउपालिकामा ५७ जना,ओमसतिया गाँउपालिकामा २२ ,रोहीणी गाँउपालिकामा १९ जनामा संक्रमण पुष्टि भएको छ । सियारी गाँउपालिकामा ८ ,कञ्चनमा ६,मायादेवि गाँउपालिकामा ५,गैडहवा गाँउपालिकामा ३, मर्चवारी गाँउपालिकामा १ र लुुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जनामा आज संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संंक्रमितको संख्या थपिने क्रम संगै गम्भिर लक्षण सहितका संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । सिकस्त भएर अस्पताल आउने संंक्रमितको सख्या बढेसंगै अस्पतालहरुमा बेड अभाव भएको छ । बुटवलको कोरोना असपताल, लुम्बिनी प्रादेसिक अस्पतालको फिबर क्लिनीक र भिम अस्पतालका आइसीयु,भेन्टिलेर र एचडियु बेडहरु भरीभराउ छन ।
सिकस्तै भएका संक्रमितहरुले समेत अस्पतालमा भर्ना हुन पालो कुर्नु पर्ने अवस्थाले कतिपय बिरामीले उपचारै नपाइ ज्यान गुमाइ रहेका छन । स्थिती भयावह हुँदै गएको भन्दै चिकित्सहरुले सचेत हुन, घरबाट बाहिर ननिसक्न, मास्क,सेनिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छन । ज्वरो रुघाखोकी, शरीर दुख्ने जस्ता समस्या देखिए तत्काल स्वास्थ्य उपचारकालागि जान पनि चिकित्सकहरुले आग्रह गरेका छन ।
२१ वैशाख २०७८
•
२ मिनेट पाठ