जिल्ला प्रहरी कार्यालय मोरङले १ लाख ९० हजार मूल्य बराबरको पटका नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईका अनुसार चाडबाडका वेला भारतबाट अवैध रुपमा भित्र्याइएका पटका बरामद गरि नष्ट गरिएको हो। खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरूले हरेक वर्ष ठूलो परिमाणमा सीमावर्ती भारतीय बजारबाट पटका, झिर्झिरे, आलु बमलगायतका पदार्थ खरिद गरी नेपाल ल्याउने गर्दछन्।