ताप्लेजुङमा दशैँको अवधिमा दुईजना बालिकामाथि करणी कसुरसहित आधा दर्जन बढी मुद्दा प्रहरीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जबरजस्ती करणी, अभद्र व्यवहार, बहुविवाह लगायतका मुद्दा दर्ता भएका हुन्। दशैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ। दशैँको महानवमीको दिन नाताले काका पर्ने १८ वर्षीय सेते भनिने आइन्द्रहाङ लिङ्देन लिम्बूले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित पक्षको जाहेरीका आधारमा लिम्बूलाई बिहीबार पक्राउ गरी अनुसन्धान गरिँदै आएको छ। यस्तै आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने सोही गाउँपालिका वडा नं. ३ का २५ वर्षीय बालकृष्ण माबोहाङ लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार लिम्बूले बालिकालाई ललाइ–फकाई गत बैशाख १ गते नयाँ वर्षको दिन जबरजस्ती करणी गरेका थिए। पीडितले बिहीबार जाहेरी दिएपछि लिम्बू पक्राउ परेका छन् भने बालिका गर्भवती रहेको प्रहरीले जनाएको छ। बालिकामाथि सात महिना अघि जबरजस्ती करणी भएको भए पनि पेटमा गर्भ रहेको थाहा पाएपछि मात्र अभिभावकले प्रहरीमा जाहेरी दिएका ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रनाउ श्रेष्ठका अनुसार यस अवधिमा बहुविवाह गर्ने दुई जोडी पनि पक्राउ परेका छन्।
यता, घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै दोस्रो विवाह गर्ने सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका २० वर्षीय बीरेन बर्देवा र २० वर्षीया मनु राई पक्राउ परेका हुन्। जेठी श्रीमती सपना सुजीले जाहेरी दिएपछि बर्देवा र राईलाई गएको बुधबार पक्राउ गरिएको हो। त्यस्तै फुङ्लिङ नगरपालिका–३ का २७ वर्षीय दिलकुमार भनिने खेमनाथ भुजेल र कान्छी श्रीमती २० वर्षीया मुना लिम्बू पनि बहुविवाह गरेको आरोपमा पक्राउ परेका छन्। भुजेलकी जेठी श्रीमती २३ वर्षीया रेनुका माझीले दिएको जाहेरीको आधारमा उनीहरु शुक्रबार पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जोडीलाई बहुविवाहको मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दशैँकै अवधिमा सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा २८ वर्षीय दीपक गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ भने मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा ३९ वर्षीया खिमादेवी लिम्बूको लडेर मृत्यु भएको छ। यता मिक्वाखोला गाउँपालिका–४ खोक्लिङमा कुटपिटसहित अभद्र व्यवहारको घटना भएको छ। स्थानीय महिला ३९ वर्षीया लीला लिम्बूलाई कुटपिट गरी घाइते बनाएको र घटनाका आरोपी २० वर्षीय अनिल लिम्बू फरार रहेका छन्। सामान्य झगडाजस्ता अन्य पनि केही घटना दशैँको अवधिमा भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।