ताप्लेजुङमा गैर सरकारी संस्था दर्ता र नविकरण गर्ने दुबै घटेका छन्। अघिल्लो आव २०७६/७७ को एकवर्षे अवधिमा जम्मा १५ वटा संस्था मात्र दर्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार अघिल्लो आवमा १ सय वटा संस्थाको मात्र नविकरण भएको छ। नविकरण हुन बाँकी संस्थाको संख्या करिव २ सय ५० बढी रहेको छ।
देश संघीयतामा गएर गैर सरकारी संस्थामार्फत काम गर्नैपर्ने प्रावधान हटेका कारण संस्था दर्ता संख्यामा समेत निकै गिरावट आएको हुन सक्ने अनुमान गरिएको छ। अहिले गैर सरकारी संस्थाका अधिकांश कार्यक्रम समेत क्रमश कम हुँदै गएका छन्। केहि गैर सरकारी संस्था त कार्यक्रम नै नभएर समेत नविकरणको प्रकृयामा जना नसकीरहेको बताइन्छ।
अघिल्लो आवमा एउटा पत्रिका दर्ता भएको पाइएको छ भने ४३ वटा हातहतियारको नविकरण र ३ वटाको नामसारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। २३ वटा नाबालक परिचय पत्र वितरण भएका छन्।