ताप्लेजुङमा बुधबार एकै दिन ७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ। १ जना कोरोना संक्रमित भने निको भएका छन्। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ अस्पतालले गत कात्तिक १ गते ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएको थियो। ५० जनाको स्बाव परीक्षणका लागि पठाउँदा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यसअघि संक्रमित २० वर्षे एक युवाको पछिल्लो परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। उनको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको थियो। तेस्रो पटकको रिपोर्ट नेगेटिभ आएको हो। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासन कार्यालय सिल गरी यहाँ कार्यरत कर्मचारी, क्वारेन्टिनमा रहेका, उच्च ज्वरोसहितको समस्याका कारण अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका सहित ५० जनाको पीसीआर परीक्षणका लागि पठाइएको थियो।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत १ कर्मचारीमा मात्र कोरोना पोजेटिभ देखिएको छ। प्रजिअ चापागाँइको स्वाब भने केहि दिनपछि संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको छ। ५० मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २ जनालाई पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले निगरानीमा राखेको छ।