ताप्लेजुङमा ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ६ पुगेको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा जिल्ला अस्पतालले १३ जनाको कोरोना स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए।
यसअघि फुङ्लिङस्थित प्रभु बैंकका व्यवस्थापकलाई कोरोना संक्रमण भएको थियो। उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। उनी आफैंले कोरोना संक्रमण पुष्टि भएको भन्दै आफूसंग निकट रहेकालाई सतर्क रहन आग्रह गरेका थिए। संक्रमित मध्ये सबैभन्दा बढी प्रभु बैंकमा कार्यरत रहेको पाइएकोले सो बैंकलाई तिहार बिदापछि सिल गर्ने तयारी गरिएको प्रजिअ चापागाँइले जानकारी दिए। फुङ्लिङस्थित माछापुछ्रे बैंकमा कार्यरत कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि सो बैंकलाई पनि सिल गर्ने तयारी गरिएको छ।
संक्रमित १ जना ह्युमन प्राटिक्स फाउण्डेसनमा कार्यरत कर्मचारी समेत रहेका छन्। ह्युमन प्राक्टिस शिक्षा र स्वास्थ्यमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। कोरोना संक्रमित थपिएसंगै प्रमुख जिल्ला अधिकारी चापागाँइले पूर्णतया सावधानी अपनाउन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गर्न ताप्लेजुङका नागरिकलाई आग्रह गरेका छन्। उनले कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान समेत अनुरोध गरेका छन्।