बराहताल गाउँपालिका–१ तेलपानीका टोपबहादुर कठायतले आलु, अदुवा र बेसार बिक्री गरेर यो वर्ष १० लाख बढी बचत गर्न सफल भए। उच्च मूल्यका कृषि बस्तुको प्रसस्त सम्भावना भएपनि सडक नहुँदा केही वर्षअघिसम्म यहाँका जमिन बाँझै हुन्थे। अघिल्लो वर्षसम्म यहाँ यातायातको सुविधा थिएन। आलुलगायत अदुवा, बेसार प्रसस्त उब्जनी हुने भएपनि बजार नहुँदा त्यसै खेर जान्थ्यो। कृषकहरु खेतीपाती गर्न छोडेर कालापहाड (भारत) जान्थे।
यसै वर्षको सुरुमा बर्दियाको भुरिगाउँ हुँदै निकुञ्जको बाटो भएर बडपानीसम्म सडक पुगेको छ। बडपानीबाट तेलपानी पुग्न दुई घण्टाको पैदल यात्रा गर्नुपर्छ। ‘अहिले नजिकै सडक आएकाले उत्पादित बस्तु बजारसम्म पुर्याउन केही सहज भएको छ,’ वलीले भने, ‘कालापहाड जानेहरुको संख्या पनि घट्दै गएको छ।’
टोपबहादुरले यो वर्ष तीन लाख बढीको ५५ क्वीन्टल आलु बिक्री गरे। अदुवा र बेसार एक सय २० क्विन्टल बिक्री भयो। ‘जमिन प्रसस्त छ, उब्जनी पनि राम्रो हुन्छ,’ टोपबहादुरले भने, ‘अहिले नजिकै सडक पुगेकाले यहाँका सबै कृषकहरु उच्च मूल्यका कृषि बस्तु उत्पादनमा लागेका छौं।’
तेलपानी सुर्खेतको भुगोल हो। तर, यहाँ पुग्न बर्दिया राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गर्नुपर्छ। अघिल्लो वर्षसम्म यहाँका कृषकले उत्पादन गरेका कृषि बस्तु बर्दियाको भुरिगाउँसम्म मानिसबाटै ढुवानी गर्नुपर्ने बाध्यता थियो। तेलपानीबाट भुरिगाउँसम्म मानिसबाट ढुवानी गर्दा किलोको २० रुपैयाँ तिर्नुपर्दथ्यो। ‘फाइदा जति ढुवानीमै सकिन्थ्यो, उब्जनीको दुःख मात्रै हुन्थ्यो,’ उनले भने, ‘त्यसैले यहाँका हरेक घरका युवाहरु कमाउन कालापहाड जानुपर्ने बाध्यता थियो।’
तेलपानीकै दिलबहादुर वलीले यो वर्ष २० क्वीन्टल आलुको बीउ उत्पादन गरे। प्रतिकिलो एक सय ४० रुपैयाँका दरले दुई लाख ८० हजार रुपैयाँ उनले आम्दानी गरे। ‘नजिकै सडक आएकाले सुरुमा उत्पादन भएको आलुलाई बाँकेको कोहलपुरमा पुर्याएर कोल्ड स्टोर्समा राख्यौं,’ उनले भने, ‘अहिले वीउका रुपमा बिक्री गर्दा राम्रो मूल्य पाइयो।’
उनले यो वर्ष सात लाखको अदुवा र एक लाखको बेसार बिक्री गरे। ‘नजिकै सडक पुगेपछि यहाँका सबै कृषकहरुले स्थानीय जातको आलु, बेसार र अदुवाको व्यवसायिक खेती सुरु गरेका छन्,’ उनले भने, ‘भारत जान मात्रै रोकिएको छैन, आम्दानी पनि बढ्दै गएको छ।’
बराहताल गाउँपालिका–१ को तेलपानीमा ८० र वडा नं.–३ को हर्रेकाँडामा ३३ घरधुरी छन्। यहाँका हरेक कृषकले अहिले व्यवसायिक रुपम उच्च मूल्यका कृषिबस्तुहरुको उत्पादन गरिरहेका छन्। गाउँमै सडक पुगेको भए कृषकहरुको आम्दानीमा थप बृद्धि हुने अवस्था छ। ‘तेलपानी हुँदै आफ्नै जिल्लाको बाटो भएर प्रदेश राजधानी वीरेन्द्रनगर आउन पैदलयात्राबाट एक दिनको समय लाग्छ। यहाँका सबै नागरिकहरुको नजिकको बजार महेन्द्र राजमार्गसँग जोडिएको बर्दियाको भुरिगाउँ हो।
बडपानीसम्म पुगेको सडकलाई तेलपानी हुँदै हर्रेकाँडासम्म पु¥याई दिन स्थानीयहरुले माग गर्दै आएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगर–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरिगाउँ जोड्ने सडक वर्षौदेखि बन्न सकेको छैन। यो सडक बने यहाँका स्थानीय मात्रै होइन कर्णाली प्रदेश राजधानीबाट बर्दियाको दूरी पनि छोट्टिन्थ्यो।
तेलपानी र हर्रेकाँडा ‘आलु ब्लक’
कर्णाली प्रदेश सरकारले सुर्खेतको तेलपानी र हर्रेकाँडालाई आलु वीउको ब्लक बनाउने भएको छ। स्थानीय जातको आलुको लागि प्रख्यात यि दुई ठाउँलाई ‘आलु ब्लक’का रुपमा विकास गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए। सरकारी टोली बस्तीमै पुगेर तेलपानी र हर्रेकाँडाका एक सय १३ घरघुरीलाई ४० क्वीन्टल आलुको वीउ वितरण गरेको छ।
स्थानीय जातको आलु लोप हुँदै गएकाले यसको संरक्षण, संवद्र्धन र बजारिकरणका लागि कृषकहरुलाई वीउ वितरण गरिएको रोकायले जानकारी दिए। ‘आलु धेरै उत्पादन हुने तेलपानी र हर्रेकाँडालाई आलुको वीउको स्रोत केन्द्र बनाउने उद्देश्यले यहाँका सबै घरधूरीलाई वीउ वितरण गरेका हौं,’ निर्देशनालयका प्रमुख रोकायले भने, ‘उहाँ उत्पादन भएको वीउ कार्यालयले खरिद गरेर अन्य ठाउँमा वितरण गर्छ।’ उनले रैथाने आलुको संरक्षण र जगेर्ना गर्दै बजारीकरणका लागि कार्यालयले सघाउने बताए।
कार्यालयका बागबानी विकास अधिकृत भक्तिराम शर्माले कृषकहरुलाई आलु लगाउने प्रविधिको बारेमा जानकारी गराएका थिए। उनले स्थानीय जातको आलुको माग अत्याधिक भएकाले तेलपानी र हर्रेकाँडालाई आलुको बीउको स्रोत केन्द्र बनाउन लागिएको बताए।
तेलपानी र हर्रेकाँडा आलुका लागि प्रशिद्ध भएकाले यो क्षेत्रलाई आलुको स्रोत केन्द्र बनाउने गरेर कार्यालयले कार्यक्रम ल्याएको उनको भनाई छ। पहिलो पटक घर नजिकै आएर अनुदानको आलु पाउँदा कृषकहरु हर्षित भएका छन्। स्थानीय दिलबहादुर वलीले पहिलो पटक आफूले राज्यको सुविधा उपयोग गरेको बताए। उनले यातायातको सुविधा भए तेलपानी र हर्रेकाँडाका जनताको आर्थिक अवस्थामा उल्लेख्य सुधार आउने बताए।