ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकी
१८ असोज २०७७
•
२ मिनेट पाठ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकी
मिक्वाखोला गाउँपालिकाका प्रहरी चौकी उद्घाटन गरिदैं । तस्बिर : खगेन्द्र
प्रहरी चौकी र बैंक पुग्न नसकेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकीको औपचारिक उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएपछि अब त्यहाँ चाँडै बैंकिङ सेवा समेत सुरु हुने भएको छ ।  




गाउँपालिका अध्यक्ष रामकुमार साँवा,प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ र ताप्लेजुङ प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले मिक्वाखोलामा स्थापित प्रहरी चौकीको औपचारिक उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष साँवाले प्रहरी चौकी स्थापना हुँदा आम नागरिकले शान्ति सुरक्षा र अमन चयनका लागि कोसेढुङ्गा बन्ने बिश्वास लिएको बताए । 

शान्ति सुरक्षाका लागि आफुहरु प्रहरीसंग सहकार्य गर्न र प्रहरीलाइ सहयोग गर्न तयार गरेको अध्यक्ष साँवाको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी चापागाँईले नागरिक र प्रहरी बीच सहकार्य हुन सकेमा मात्र प्रहरीले शान्ति सुरक्षाका लागि बनाएको योजना कार्यान्वयन गर्न सक्ने बताए । थोरै जनशक्ति रहेको प्रहरीको एक्लो प्रयासले मात्र समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकोले नागरिक–प्रहरी बीचमा सहकार्य अनिवार्य भएको चापागाँइको भनाइ थियो । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले प्रहरी समाजको सम्पति भएको स्मरण गर्दै सम्पतिको संरक्षण र व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका बलियो हुने बताए । 

प्रहरी समाजको ‘साथी’ नै भएकोले साथीसंगको सहकार्य,सकारात्ममक सुझाव र परामर्शका आधारमा प्रहरीमा काम गर्ने उर्जा भर्न सकिने श्रेष्ठले बताए । प्रहरीले आम नागरिकलाइ बिना पूर्वाग्रह सेवा दिने बिषयमा कञ्जुस्याँइ नगर्ने बभन श्रेष्ठका थियो । उनले मातहतका सबै प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाइ जनप्रेमी र जनमैत्री भएर काम गर्न तथा आम नागरिकको शान्ति सुरक्षालाइ प्रमुख प्राथमिकतामा राख्न निर्देशन समेत दिएका छन् ।  

मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सुरक्षा चुनौतीका कारण कर्मचारी समेत नबस्ने तथा आउन नमान्ने बिगतको समस्या अब हल भएको बताए । उनले प्रहरी चौकी व्यवस्थापन र प्रहरी कर्मचारीको सहयोगका लागि गाउँपालिका प्रशासन हरदम तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष रुद्रकुमारी साँवा,आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नाम,मेरिङ्देन गाउँपालिकाका डम्बरबहादुर आङ्देम्बे,पाथीभरा याङ्वरक गाउँपालिकाका लोकप्रसाद फागो,उद्योग अधिकृत देउप्रकाश तामाङ सहितको उपस्थिति रहेको थियो । गाउँपालिकाले तत्कालका लागि सामुदायिक भवनमा राखेर प्रहरी चौकी व्यवस्थापन गरेको छ ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस