राउटेले भनेः प्रधानमन्त्रीज्यू ! दशैं खर्च पठाईदिनुहोस्
१६ असोज २०७७
•
३ मिनेट पाठ
राउटेले भनेः प्रधानमन्त्रीज्यू ! दशैं खर्च पठाईदिनुहोस्
राउटे बस्तीमा खाद्यान्न वितरण गर्दै किमोलुङ फाउण्डेशनका अध्यक्ष भिक्षु वाङ्चुक राप्तेन लामा । तस्बिर : नगेन्द्र /नागरिक
कोरोना संक्रमण नभइदिएको भए नेपालको एक मात्रै फिरन्ते राउटे समुदायका मुखियाहरु अहिले संघीय राजधानी काठमाडौंमा हुन्थे। सरकार प्रमुख र राजनीतिक दलका प्रमुखहरुसँग भेटेर ‘जनता’का लागि दशैं खर्चको जोहो गर्थे। सरकार र दाताहरुको सहयोगले ४६ वटै पालका छाप्रामा दशैंका लागि खशी–बोका बाँधिएका हुन्थे। कोरोना संक्रमणका कारण राउटे समुदाय यो वर्ष संघीय राजधानी काठमाडौं मात्रै होइन प्रदेश राजधानी वीरेन्द्रनगरसमेत आउन पाएको छैन। दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती अहिले सुनसान छ।  




दशैं आउनु एक महिनाअघिदेखि नै राउटे समुदायको बस्तीमा छुट्टै रौनक हुन्थ्यो। जंगली सिकार (बाँदर) का साथै सरकार र दाताहरुको सहयोगबाट खरिद गरिएका खशी–बोकाले बस्ती भरिएको हुन्थ्यो। दिनदिनै बस्तीमा नाचगान चल्थ्यो। ‘कोरोनाले बस्ती सुनसान छ,’ मुखिया सुर्यनारायण शाहीले भने, ‘यो वर्ष दशैं कसरी मनाउने हो भन्ने चिन्तामा छौं।’  

कोरोनाका कारण यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटे मुखियाहरुको चाहना पूरा भएन। ‘प्रधानमन्त्रीलाई भेटेको भए दशैंका लागि खशी–बोका किन्ने खर्च आउँथ्यो, जनता खुशी हुन्थे,’ मुखिया सुर्यनारायणले भने, ‘कोरोनाले काठमाडौं जान नपाउँदा दशैं खर्च जुटाउन समस्या भइरहेको छ।’

राउटे समुदायले कोरोनाका कारण आफूहरु काठमाडौं आउन नपाएपनि दशै खर्च पठाइदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। मुखिया वीरबहादुर शाहीले खर्च अभावमा दशैं मनाउन नसकिने अवस्था आएकाले प्रधानमन्त्रीलाई दशैं खर्च पठाइदिन आग्रह गरे। ‘यो वर्ष कोरोनाका कारण जनताले राम्रोसँग दशैं मनाउन नपाउने भए,’ उनले भने, ‘प्रधानमन्त्रीले खर्च पठाइदिए सहज हुन्थ्यो।’

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि राउटे समुदायले साउनदेखि पाएको छैन। कोरोना संक्रमणका कारण चैतदेखि राउटे समुदायले जंगलमा गएर सिकार खेल्न पाएको छैन। राउटे समुदायको मुख्य पेशा काठका सामाग्री बनाउने हो। कोरोना संक्रमणका कारण अहिले यो पेशा बन्दजस्तै छ। ‘काठका भाँडाकुँडा बनाएर बजारमा बिक्री गर्दथ्यौं, यसले दैनिकी चलाउन सहज हुन्थ्यो,‘ मुखिया वीरबहादुरले भने, ‘जंगलमा गएर काठ काट्न नपाउँदा मुख्य पेशा नै संकटमा परेको छ।’

नेपालमा लकडाउन (बन्दाबन्दी) हुँदा राउटे समुदाय सुर्खेतको भेरीगंगा नगरपालिकामा थियो। त्यसयता राउटे समुदाय बस्ती सर्दैसर्दै अहिले दैलेखको गुराँस गाउँपालिकामा पुगेको छ। कोरोनाका कारण अन्य समुदायले राउटेलाई आफ्नो बस्तीमा प्रवेश गर्न दिँदैनन्। लकडाउनअघि बनाइएका काठका सामाग्री पनि उनीहरुले बिक्री गर्न पाएका छैनन्। दशैं राउटे समुदायको पनि ठूलो पर्व हो। प्रत्येक घरबाट दशैंमा खसीको बलि दिनुपर्ने मान्यता उनीहरुको समुदायमा छ। ‘दशैंमा बलि नदिए अनिष्ट हुन्छ, जनसंख्या घट्छ,’ वीरबहादुरले भने, ‘त्यसैले प्रत्येक घरबाट बलि दिनुपर्छ।’

राउटेलाई भिक्षुको सहयोग

बन्दाबन्दी (लकडाउन)का कारण खाद्यान्न संकटमा रहेका राउटे समुदायलाई भिक्षु वाङ्चुक राप्तेन लामाले एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन्। किमोलुङ फाउण्डेशनका अध्यक्षसमेत रहेका भिक्षु वाङ्चुक राप्तेनले राउटे समुदायको बस्तीमै पुगेर खाद्यान्न सहयोग गरेका हुन्। ‘कोरोना संक्रमणका कारण राउटे समुदायमा खाद्यान्न संकट उत्पन्न भएको जानकारी पाएपछि बस्तीमै आएर सहयोग गरेको हुँ,’ भिक्षु राप्तेनले भने, ‘लोपोन्मुख समुदाय साँच्चै संकटमा रहेछ।’

राउटे समुदायका ४६ घर छन्। प्रत्येक घरलाई फाउण्डेशनका तर्फबाट दुई–दुई बोरा चामल, दुई–दुई पोका नुन, खुर्सानी र पाँच वटा मादल हस्तान्तरण गरे। उनले परम्परागत काठका सामाग्री बिक्री गर्न नपाउँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिएको बताए। ‘कोरोना संक्रमणका कारण अहिले सहयोगी दाताहरु पनि बस्तीमा आउन सक्नु भएको रहेनछ,’ उनले भने, ‘दशैंको मुखमा खाद्यान्न ल्याएर आउँदा राउटे समुदाय धेरै खुशी भयो।’

छ वर्षअघि पहिलो पटक राउटे समुदायलाई सहयोग गरेका राप्तेनले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने बताए। उनले राउटे समुदाय मदिराको कुलतमा फसेको पाइएको बताए। ‘दाताले दिएको खाद्यान्न बिक्री गरेर राउटे समुदायले मदिरा सेवन गर्ने गरेको पाइयो,’ उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न नसकेमा सिंगो समुदायनै नरहने संभावना हुन्छ।’

राउटे समुदायलाई सहयोग गर्न भिक्षु बाङ्चुकसहित कोषाध्यक्ष भिक्षु साम्डुप लामा, चुम हिमालयन इन्टरनेशनल आर्ट एण्ड ह्याण्डीक्राफ्टका अध्यक्ष हेवाङ निटुप लामा, भिक्षु घेसे नावाङ साङ्गे, भूषण महर्जनलगायत बस्तीमा पुगेका थिए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस