ताप्लेजुङको फुङ्लिङस्थित प्राइम बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहीबार रातीबाट बीरेन्द्रचौकस्थित प्राइम बैंक आसपासको बजार तथा पसल समेत सिल गरिएको छ।
प्रहरीले प्राइम बैंक नजिक बीरेन्द्र चौकका बजार तथा पसल बन्द गरी सावधानीपूर्वक होम आइसोलेसनमा बस्न आह्वान गरेको छ। माइकिङ गर्दै प्रहरीले संक्रमित व्यक्ति बढी आउजाउ हुने क्षेत्रका पसल बन्द गर्न आग्रह गरेको हो। प्राइम बैंक सिल गरिएको छ भने सो घरमा बस्ने सबैलाई कम्तिमा १४ दिन होम आइसोलेनमा बस्न आग्रह गरिएको छ।
संक्रमित बैंकका कर्मचारी र नोबेल मेडिकल कलेजमा बिराटनगर तथा झापाको कन्काइ अस्पतालमा उपचार गराई फर्किएका फक्ताङ्लुङ गाउँपालिकाका संक्रमित वृद्धा २ जनालाई ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। बैंकमा कार्यरत संक्रमित कर्मचारी केहि दिनअघि मात्र आफ्नो घर बिराटनगर पुगेर फर्किएका थिए।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले सावधानी अपनाउन, संक्रमित जिल्लाबाट फर्किएकाहरुले कम्तिमा १४ दिन कडाई पूर्वक होम आइसोलेसनमा बस्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन्।