पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी गराएका हुन्।
जसमध्ये महिला २ जना र पुरुष ७ जना रहेका छन्। मोरङका २ जना, झापा १, धनुषा १, पर्सा १, चितवन १, र काठमाडौंका ३ जना गरी जम्मा ९ जनाको मृत्यु भएको हो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ।
अहिलेसम्म आइसोलेसनमा १७ हजार २७ जना रहेका छन्, भने क्वारेन्टिनमा ४ हजार ७०३ जना रहेका छन्।