वीरगन्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जनाए अनुसार वीरगन्जमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।
गत साउन २७ गतेदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका वीरगन्ज महानगरपालिका–४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो। विर्ताका ८४ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको प्रसाशन कार्यालयले जनाएको छ।
यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो। उनी नेपाल टेलिकमको कर्मचारी रहेको बताइएको छ। नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको जानकारी प्रशासन कार्यालयले दिएको छ। पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालाबाट मंगलबार राति आएको रिपोर्टमा १ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये एक सय १२ जना पर्साका हुन् भने अन्य चार जना बारा र एक जना सप्तरीका छन्। ३५ महिलासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. नीरजकुमार सिंहले बताए।
पर्साको बहुदरमाई नगरपालिकाकाबाट मात्र ८९ जना नयाँ संक्रमित रहेको जनाइएको छ। गत साउन ३१ मा त्यहाँ स्वाब संकलन गरिएको थियो। बहुदरमाई–५ भौराटारमा ६४ जना, वडा नं २ बैरियाविर्ता पिप्रामा २० जना, नगरदाहामा ४ र गम्हरियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पर्साकै जिराभवानी गाउँपालिकाका ४ जनामा र छिपहरमाईका एक जनामा संक्रमण पुष्टि भएको छ। थपिएका अन्य संक्रमित वीरगन्ज महानगरपालिकाको मुर्ली, नगवा, घडीअर्वा, भिस्वा, रेसमकोठी, छपकैया, ताजपुर, बहुअरी, गण्डक, सुक्खा बन्दरगाह चौकका बासिन्दा हुन्।