भक्तपुरको जगातीमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं. ८ जगातीचोकमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने वर्ष २९ को सुमन श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । च्यामासिंहबाट जगातीचोकतर्फ जादै गरेको बा १९ च ३३८४ नं. को जिप र विपरित दिशातर्फबाट आउदै गरेको बा ६६ प २८१० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएको सुमनलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप र गाडी चालक रामेछाप सुनापती गाउँपालिका ७ खनियापानी घर भई हाल काठमाडौ शंखमुल बस्ने वर्ष २१ को नारायणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।