बालिका बलात्कार आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई बालात्कार गरेको आरोप लगाउँदै पिडित बालिकाको बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । अन्दाजी ४७ वर्षीय वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए । ‘हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ’ उनले भने, ‘अदालतबाट म्याद लिएर जवरजस्ती करणी मुद्धामा कारवाही अघि बढ्छ ।’
अर्को समाचार
बालिका बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ