प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश
०७ साउन २०७७
•
३ मिनेट पाठ
प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश
देउली प्रहरी चौकी नजिकै बैशाख २९ गते मृत भेटिएका प्रहरी जवान नरेन्द्र खड्का ।
पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ । सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत २७ वर्षीय प्रहरी जवान नरेन्द्र खड्का बैशाख २९ गते चौकीदेखि सात सय मिटर टाढा मृत भेटिएका थिए ।  




प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर आलेले प्रयोग गर्ने पेस्तोलसहित उनी मृत फेला परेका थिए । उनको दायाँ कन्चडमा गोली लागेको थियो । प्रहरी चौकीले ‘आत्महत्या’ भनेपनि मृतकका आफन्तहरुले कुटपिटपछि गोली हानेर सहकर्मीबाटै हत्या गरिएको आरोप लगाउँदै आएका छन् ।

मृतकका दाजु यामबहादुर खड्काले साउन दुई गते चौकी इन्चार्ज आले, हवल्दार रेशम विक, प्रहरी जवानहरु शुक्रराज अधिकारी र विनोद शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) अन्तर्गत किटानी जाहेरी दिएका थिए । प्रहरी कार्यालयले उक्त जाहेरी लिन नमानेपछि पीडित परिवारले जिल्ला सरकारी वकील कार्यालयमा निवेदन दिएका थिए ।

‘निवेदकको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयका नाममा आदेश दिएका छौं,’ सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाईले भनिन्, ‘निवेदकको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्छ ।’  

मृतकका दाई यामबहादुरले अघिल्लो दिन हराएको भन्दै भोलिपल्ट मात्रै परिवारलाई चौकीले जानकारी दिएको बताए । ‘जानकारी पाउनेबित्तिकै खोज्ने क्रममा चौकी नजिकै शव भेटायौं,’ उनले भने, ‘चौकीले हराएको एक दिनपछि जानकारी दिनु र नजिकै शव भेटिनुले भाईले आत्महत्या गरेको नभई कर्तव्य गरी हत्या गरिएको हाम्रो ठहर छ ।’

उनका अनुसार प्रहरी जवानको ऐंसेलुको झाङमुनि सुतेको अवस्थामा दाहिने हातमा पेस्तोल थियो । ढाडमा निलडाम हुनुका साथै बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाल रहेको पीडितका दाजुले बताए । ‘घटनास्थलमा हिलो नभए पनि जिउमा भने हिलो लागेको थियो,’ उनले भने, ‘आत्महत्या गरेको मान्छेको हातमा पेस्तोल कसरी रहन सक्छ ?’  

जाहेरीका शव भेटिएको अघिल्लो राति चौकीमा भाले काटेर चौकीका इन्चार्जसहित पाँचै जनाले रक्सी–मासु खाएको उल्लेख छ । राति करिब १० बजे पेस्तोल पड्केको आवाज स्थानीयबासीले सुनेको र घटनास्थल र लासको प्रकृति हेर्दा चौकी परिसरभित्रै गोली हानी हत्या गरेको जाहेरीमा उल्लेख छ । ‘घटनास्थलमा गएर हेर्दा भाईको पिठ्युभरी, कुममा निलडाम देखिनु, प्रसनी आलेको साथमा हुने पेस्तोल भाईको हातले समातेको भेटिनु, घटनास्थलमा गोलीको खोका नभेटिनु, छटपटाउँदा खोस्रीएको कुनै चिन्ह नदेखिनु, ड्युटीमा रहेको भनिएको भाई सादा पोशाकमा चप्पलसहित मृत फेला पर्नुले चौकीभित्रै मारेर उक्त घटनास्थलमा लिई राखेको देखिन्छ,’ मृतकका दाईले प्रहरी कार्यालयमा दिएको जाहेरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १७७ नम्वर बमोजिम अन्यायीहरुलाई पक्राउ गरी कारवाही गरिपाउँ ।’

सरकारी वकील कार्यालयको आदेशपछि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ताको विषयमा परामर्श गरिरहेको जनाएको छ । ‘सरकारी वकील कार्यालयले मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने, ‘हामी अनुसन्धान प्रक्रियामै छौं ।’ सरकारी वकील कार्यालयले मंगलबार पीडितको जाहेरी दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएपनि बुधबारसम्म प्रहरीले जाहेरी दर्ता गराएको छैन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान खड्काको मृत्युबारे एसएसपी राजेश बास्तोलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएपनि त्यसलाई सार्वजनिक गरिएको छैन। छानविन समितिका संयोजक बास्तोलाले आन्तरिक छानविन भएकाले सार्वजनिक नगरिएको बताए । ‘चौकीमा कार्यरत इन्चार्जसहित अन्यको गल्ती अनुसारको सजाय सिफारिस गरेका छौं,’ उनले भने, ‘आन्तरिक छानविन समिति भएकाले सबै कुरा भन्न मिल्दैन ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस