भुल्केमा कोरोना नियन्त्रण, अन्यत्र फैलदै
२८ जेष्ठ २०७७
•
२ मिनेट पाठ
भुल्केमा कोरोना नियन्त्रण, अन्यत्र फैलदै
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के वैशाखभरी देशकै कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बन्न पुग्यो । वैशाख ५ देखि ९ गतेभित्र नुरी मस्जिद आसपास भुल्केमा संक्रमित संख्या ५ महिलासहित ३२ पुगे । तर, जेठ ३ गते भुल्के बाक्लो आउजाउ गर्ने एक पत्रकारमा संक्रमण देखिएयता अन्य कोही नयाँ संक्रमित नदेखिएपछि कोरोना नियन्त्रणमा आएसँगै जिल्लाका अन्य ठाउँमा पुनः संक्रमित भेटिन थालेका छन् ।




बुधबार उदयपुरगढी गाउँपालिकामा एक संक्रमित देखिएका छन् । सातादिनअघि संकलन गरिएको पिसिआर रिपोर्ट बुधबार आउँदा २२ वर्षीय युवामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । भारतबाट फर्केर गाउँपालिका केन्द्र उदयपुगढी  क्वारेन्टाईनमा बसेका ५ नं. वडाका २२ वर्षीय युवा संक्रमित पुष्टि भएको स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए । उनलाई बुधबारै कोरोना विशेष अस्पताल पठाउने तयारी भईरहेको छ ।  

गत २२ गते सुबेदी नेतृत्वको जिल्ला स्वास्थ्य टोली गाउँपालिकामै पुगेर ७९ जनाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाखा टेकु पठाएको थियो । जसको रिपोर्टमा एकमा संक्रमण र बाँकी ६८ जना नेगेटिभ देखिएका छन् । टोलीले ७९ मध्ये ८ भारतबाट फर्केका र बाँकी कर्मचारी, अग्रमोर्चामा खट्ने सामाजिक अभियन्ता तथा जनप्रतिनिधिको स्वाब लिएको थियो ।  

यसअघि गत आईतबार भारतको मेघालय (कोईला खानी) बाट आएर क्वारेन्टिनमा बसेका बेलका नगरपालिका ३ को एबिसी टप्पुका एक दम्पतिमा संक्रमण देखिएको थियो भने लकडाउनकै बेला काठमाडौं गएर फर्केका चौदण्डीगढी नगरपालिका ५ शिवाईका एक युवा संक्रमित पुष्टि भएका थिए । उदयपुरगढीमा पनि अन्य स्थानीयतहमा झैं भारतबाट आएकैमा संक्रमण देखिएको छ ।  

पछिल्लो संक्रमितसँगै उदयुरमा संक्रमितको संख्या ३७ पुगेको छ जसमध्ये ३३ जना निको भएर घर फर्किसकमेका छन् । ३ जनाको उपचार विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भईरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  

अन्य स्थानीय तह जस्तै उदयपुरगढीमा पनि भारतबाट आउनेको संख्या बाक्लो रहेको प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए । पहिलो पिसिआर भारतबाट आउनेहरु ८ जना मात्र परेका छन् । त्यसयता सातादिनभित्र थप दुई दर्जन हाराहारी भारतबाट गाउँपालिका प्रवेश गरिसकेको उनले बताए । भारतको बिभिन्न ठाउँमा मजुदरी गर्न गएकाहरु मंगलबार मात्र १८ जनाको समूह आईपुगेको छ भने दैनिक ३÷४ जनाका दरले आउने क्रम जारी रहेको सुबेदीले बताए ।

भारतबाट आउनेलाई सुरुदेखि नै क्वारेन्टिनमा राख्ने गरिएको छ । गाउँपालिका केन्द्र उदयपुगढी, ५ नं. वडाको नेपालटार, २ नं. को माङ्सिन्टार र ७ नं. को हाडेबास क्वारेन्टिनमा राख्ने गरेको अधिकृत सुबेदीले बताएका छन् । उनका अनुसार हाल २ महिलासहित २३ जना क्वारेन्टिनमा बसेका छन् ।    
अर्को समाचार
खाप टोलका १ सय १० परिवारलाई राहत
०३ असार २०७८
•
१ मिनेट पाठ
खाप टोलका १ सय १० परिवारलाई राहत
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ। नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो।  




कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

प्रत्येक परिवारलाई २५ किलो चामल, खाने तेल, पिठो, चिनीलगायतका खाद्यान्न सााग्री वितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन्। हामी युवाले आगामी दिनमा पनि कोरोना लगायतका महामारी र विभिन्न दैविविपत्तीबाट पीडित बनेका परिवारलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने कार्कीले बताइन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस