जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाबाट ठेकेदारहरूले मापदण्ड बिपरित ढुगा बालुवा, गिट्टी र ग्रेभल उत्खन्न गरेको भन्दै जनहि एक एक लाख जरिवान तिराउने आइतबार निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको खोलाको अनुगमन समितिले ठेकेदारहरूबाट जरिवाना स्वरुप एक/एक लाख तिराउने निर्णय गरेको हो।
शनिबार बालगंगा, दुधौरा र पसाह खोलामा अनुगमन गर्न गएको टोलीले खोलालाई जभाभावी उत्खनन् गरिएको भेटिए पछि उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएको चार वटा स्काभेटर र एक दर्जन टिपरहरूलाई नियन्त्रणमा लिएका थिए।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख सिँहसँगै प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुख खोलामा पुगेका थिए।
मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती जोखिनमा पर्नुको साथै र नदीहरूले धार समेत परिवर्तन गर्ने डर भए पछि ठेकेदारहरूलाई नियम अनुसार नै खोलानालाबाट नदी जन्य पदार्थ उत्खनन् गर्न भनिए पनि उनीहरु अटेरी गरे पछि कारवाही गर्न तिर समिति लागेको जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले बताएका छन्।
अनुगमनको क्रममा बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको हेटौँडाको न्यु पाथीभारा सप्लार्यस, दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्स र पसाह खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको कलैयाको ओम सप्लार्यस गरि तीनवटै खोलामा मापदण्ड बिपरीत उत्खनन् गरिएको भेटिएपछि ठेकेदारलाई पहिलो चोटी एक/एक लाख जरिवाना जिल्ला समन्वय समितिको खातामा तिराउने निर्णय गरिएको समन्वय समिति प्रमुख सिँहले बताए।
तीनवटै खोलाको ठेकेदार मध्ये कसैले पुर्व–पश्चिम महेन्द्र राजमार्गको रहेको पुल नजिकै मापदण्ड बिपरीत उत्खनन् गरेको भेटिएको छ भने कुनैले नियम भन्दा बढी गरिहो उत्खनन् गरेको भेटिएकोले कारवाही गर्न बाध्य भएको सिँहले बताए।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोलाहरुमा मापडण्ड उत्खन्न गरेको देखिए पछि स्काभेटर र टिपरहरु गरेर १५ वटालाई नियन्त्रणमा लिएको बताएका थिए।
पहिलो पटक एक/एक लाख नगद ठेकेदारहरूबाट कारवाही गरि जरिवाना गराइए पछि ठेकेदारहरूले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदन अनुसार नै खोलाहरुबाट नदी जन्य पदार्थको उत्खन्न गराउने बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।
बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्नको हेटौँडाको न्यु पाथीभारा सप्लार्यसले तीन करोड ७९लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
दुधौरा खोलाबाट लगभर २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न सिमराको श्रेष्ठ बिल्डर्सले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
पसाह खोलाबाट लगभर ५४ लाख ४६ हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न कलैयाको ओम सप्लार्यसले ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
अदालतले अवैध उत्खनन् रोक्नु भन्दै दिएको आदेश अटेर गर्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन्। उच्च अदालत पोखराले अवैध उत्खनन् रोक्न आदेश दिएपनि ठेकेदारले अटेर गरेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने माछापुच्छ्रे गाउँपालिकाका नदी घाटबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् भईरहेको छ। स्थानिय ठेकेदारले निरन्तर रुपमा नदीबाट सामाग्री निकालिरहेका छन्।
नदीजन्य पदार्थ सामाग्री निकाल्ने गरि गाउँपालिका र स्थानीय ठेकेदारबीच ठेक्का सम्झौता भएपछि सो विरुद्धमा उच्च अदालत पोखरामा संरक्षणकर्मीले रिट दायर गरेका थिए। गाउँपालिका र उत्खनन्को ठेक्का पाएका ठेकेदारलाई विपक्षी बनाएर दिइएको रिटमा उच्च अदालत पोखराले पुस अन्तिम साता प्रारम्भिक सुनुवाई गर्दै माछापुच्छ्रे गाउँपालिका–१, २ र ३ अन्तर्गत सेती र सार्दिखोला नदी छेउका घाटबाट बालुवा, ढुंगा गिट्टी उत्खनन् र बिक्री नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो।
तर, अदालतको आदेश विपरित ठेकेदारहरुले नदीजन्य पदार्थ उत्खनन् जारी राखे। ठेकेदारको कामविरुद्ध आफूहरुले गाउँपालिका कार्यालयदेखि प्रशासनसम्मलाई गुहार्दा पनि अवैध उत्खनन् नरोकिएको स्थानीयले बताएका छन्। दैनिक रुपमा अवैध उत्खनन् भइरहँदा गाउँपालिका र प्रशासन भने मुकदर्शक बनेर बसेको उनीहरुको आरोप छ।
यसैबीच, अवैध उत्खनन् रोक्न खोज्दा स्थानीय युवामाथि कुटपिट भएको आरोप लागेको छ। अवैध उत्खनन् भइरहेको देखेपछि रोक्न खोज्दा आफुमाथि कुटपिट भएको माछापुच्छ्रे गाउँपालिका घाचोकका गोपाल पोखरेलले बताएका छन्। अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ लैजान लागेपछि ट्रक रोक्न खोज्दा ठेकेदार पानबहादुर क्षेत्रीले आफुमाथि कुटपिट गरेको पोखरेलको भनाई छ। कुटपिटबाट पोखरेलको अनुहारमा चोट लागेको छ।
‘अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ लैजान लागेको देखेपछि ट्रक रोक्न खोजे,’ उनले भने, ‘त्यसपछि म माथि कुटपिट भयो, मलाई ज्यान मार्ने धम्की समेत दिइयो।’
पोखरेलले कुटपिट गर्नेलाई कारवाहिको माग गर्दै स्थानीय घाचोक प्रहरी चौकीमा निवेदन दिएका छन्। तर प्रहरीले पीडक क्षेत्रीलाई कानूनी दायरामा नल्याएको र ल्याउने पहलसमेत नगरेको पीडित पोखरेलले गुनासो गरे।
कुटपिटको आरोप लागेका ठेकेदार पानबहादुर क्षेत्रीले भने सामान्य विवादमा धकेलाधकेल मात्र भएको प्रतिक्रिया दिए। आफुले नदीजन्य पदार्थको अवैध उत्खनन् नगरेको उनले बताए। बरु उल्टै आफु बाहेक अन्यले अवैध नदीजन्य सामग्री चोरी गर्ने गरेकोे उनको आरोप छ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नदीजन्य सामग्री चोरी निकासी बढेको गुनासाहरु आएपछि रोक्नका लागि प्रशासनलाई पत्राचार गरिएको बताए। तर, प्रशासनले रोक्ने तदारुकता नदेखाउँदा अवैध उत्खनन् रोक्न नसकिएको उनको भनाई छ।
अदालतले उत्खनन् नर्गनु नगराउनु भनेपछि ठेक्का सम्झौता भएपनि अदालतको आदेश पालना गर्न ठेकेदारलाई आग्रह गरिएको अध्यक्ष गुरुङले बताए। ‘स्वयं ठेक्का पाएका व्यक्ति समेत विपक्षी रहेका छन्। हामी आफैले रोक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले अवैध उत्खनन् रोक्नका लागि जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई फैसला कार्यान्वयका लागि पठाएका छौं।’ अध्यक्ष गुरुङले एउटा बाहेक सबै घाटबाट उत्खनन्का लागि कम्पनीसँग गाउँपालिकामा सम्झौता भएको र उनीहरुले रकम जम्मा गरेपनि अन्तिम फैसला नआउँदासम्म उत्खनन् नगर्न पत्र पठाइएको उल्लेख गरे।
गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले गाउँपालिका र निर्माण कम्पनीलाई मुद्धा परेकाले अन्तिम टुँगो नलाग्दा सम्म नदीजन्य सामग्री निकाल्नु अवैध र गैरकानूनी रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...