क्यान्सर पीडित बालकलाई एक लाख सहयोग
०४ जेष्ठ २०७७
•
१० मिनेट पाठ
क्यान्सर पीडित बालकलाई एक लाख सहयोग
पीडित परिवारलाई सहयोग रकम प्रदान गर्दै वडाध्यक्ष सुरेश मानन्धरलगायत । तस्बिर : नगेन्द्र/नागरिक
सुर्खेत- क्यान्सर पीडित वीरेन्द्रनगर–९ पातालगंगाका चार वर्षीय बालकको उपचारका लागि रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । रोजगारीका लागि दक्षिण कोरियामा रहेका पालातगंगाका युवा राजु चौधरीको पहलमा संकलित एक लाख एक हजार ११३ रुपैयाँ वडाध्यक्ष सुरेश मानन्धरले बालका हजुरआमा रामप्यारी चौधरीलाई प्रदान गरे ।  




रामप्यारीले नातीको उपचारमा हालसम्म छ लाख रुपैयाँ खर्च भएको बताइन् । ‘अहिलेसम्म ऋण गरेर उपचार गरिरहेका छौं,’ उनले भनिन्, ‘ट्युमरको उपचार गर्न अझै धेरै पैसा लाग्ने डाक्टरहरुले बताएका छन् ।’ बालकको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

रामप्यारीको परिवार जमिनदारकोमा खेती गरेर गुजारा चलाउँदै आएको छ । नाती ज्वेल चौधरी जन्मेको चार महिनामै ट्युमर पत्ता लाग्यो । ‘सुरुमा ऋण गरेर उपचार गर्‍यौं, अव त ऋण पनि सकैले पत्याउँदैन,’ उनले भनिन्, ‘डाक्टरले चाँडो अप्रेशन गर्नुपर्छ भन्नु भएको छ, हामीसँग पैसा छैन ।’

सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष मानन्धरले आर्थिक अवस्था कमजोर रहेकाले बालकको उपचारमा समस्या भएको बताए । उनले वडा कार्यालयकोतर्फबाट पनि सक्दो सहयोग गर्ने बाचा गरे । ‘स्थानीय सरकारकातर्फबाट पनि हामी सहयोग गछौं,’ उनले भने, ‘अर्काको खेत जोतेर गुजारा चलाउने परिवारलाई आइपरेको संकट टार्न सबैको सहयोगको खाँचो छ ।’

सुर्खेत समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकालले दक्षिण कोरियामा कार्यरत विभिन्न ४५ जना व्यक्तिहरुले गरेको सहयोग बालकका परिवारलाई प्रदान गरिएको बताए । ‘रोजगारीका लागि कोरियामा रहेका साथीहरुले कमाईको केही भाग सहयोग गर्नुभएको हो,’ उनले भने, ‘उक्त सहयोग सुर्खेत समाज दक्षिण कोरियामार्फत हामीले पीडित परिवारलाई प्रदान गरेका हौं ।’

पूर्व अध्यक्ष गणेश अधिकारीले बालकको उपचारमा थप सहयोग जुटाउन पहल गर्ने बताए । ‘परिवारको अवस्था देखेपछि अझै सहयोगको खाँचो रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘थप सहयोगका लागि विदेशमा रहेका साथीहरुसँग पहल गछौं ।’
अर्को समाचार
‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग
०७ माघ २०८०
•
१ मिनेट पाठ
‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग
‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ।




धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो।

उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरे।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिए। उनले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताए। क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै धन्यवाद दिइन्।

यसअघि उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि रु ५० हजार, निर्माण धमलाको उपचारका लागि रु एक लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि रु ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि रु एक लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि रु ६० हजार र विपना गिरीको उपचारका लागि रु २४ हजार सहयोग गरिसकेको छ। रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस