पाँच दिनअघि कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्को रुप लिदैं गएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा नं. २ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच भएको विवाद वडा कार्यालयमा तालावन्दीसम्म पुगेको छ ।
पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष रोकाया पक्षबीच झडप भएको थियो ।
झडपमा परि गाउँपालिका अध्यक्ष बमकी श्रीमति गोरीकला बमलगायतका घाइते भएका थिए । श्रीमती घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष रोकायाबिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र रोकायालाई बुधबार पक्राउ गरेपछि उनी पक्षका नेकपाका नेता कार्यकर्ताले वडा कार्यालयमा तालावन्दी गरेका छन् । भण्डारी र रोकाय पक्षकाले गाउँपालिका अध्यक्ष बमका विरुद्धमा चर्को नाराबाजी पनि गरेका छन् ।
कालो झण्डासहित वडा कार्यालयमा तालावन्दी गरिरहेका उनीहरुले अध्यक्ष बमले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलव नदिएको, अग्नीपीडितलगायतका लागि आएको पैसा हिनामिना गरेकोलगायतका आरोप लगाएका छन् । भण्डारी र रोकाय पक्षका स्थानीयले गाउँपालिकाका सबै वडा कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिएका छन् । गाउँपालिकाको वडा नम्वर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको नेकपाका स्थानीय नेता मनप्रसाद न्यौपानेले बताए ।